बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति
याम्बु -बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा नेकपा माओवादी केन्द्र संसदीय दलको उपनेता कुमारी मोक्तान तामाङले जिम्मेवारी पाएकी छिन् | बिहीबार नयाँ मन्त्रीमण्डल गठनमा गठबन्धनले सो जिम्मेवारी दिएको हो ।
बिहीबार मुख्यमन्त्री राजेन्द्र पाण्डेको मन्त्रिपरिषद्मा माओवादी केन्द्रबाट कुमारी मोक्तान सामाजिक विकास मन्त्रालय, नेपाली काङ्ग्रेसबाट बनेका कृष्णलाल भँडेल भौतिक पूर्वाधार र नेकपा एकीकृत समाजवादी (एस) बाट कृष्ण खनाल आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन् ।
बिहिबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
कुमारीका पति दावा तामाङ यसअघि केपी शर्मा ओलीको सरकारमा सङ्घीय युवा तथा खेलकुद मन्त्री भएका थिए | प्रदेशमा तामाङ समुदायबाट उनि पहिलो तामाङ महिला मन्त्रि भएकी हुन् |