हेडलाईन

नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)         इजरायलमा मणि पूजा तथा प्रवचन कार्यक्रम हुदै         डिभी लटरी आजबाट खुल्यो         नेपाली काँग्रेसका १४ औँ महाधिवेशनअन्तर्गत जिल्ला सभापतिमा तामाङद्वय निर्वाचित         नेपाल तामाङ कलाकार संघको अध्यक्षमा बिश्व दोङ निर्वाचित         इजरायलमा नेपाली चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम हुदै         जसपा नेपालको प्रबास विशेष प्रदेश समितिले संगठन सुदृढीकरण तथा जनजागरण अभियान अभिमुखीकरण कार्यक्रम गर्ने         नेवा: खल: इजरायलले चोथा: पूजा तथा हरितालिका तीजको शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         आज तामाङ पहिचान तथा ज्ञान दिवस (गोने ङ्ञा)         इजरायल घेदुङले तामाङ पहिचान र ज्ञान दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गर्दै         नेपाली समाज इजरायलको प्रथम अधिवेशनबाट अध्यक्षतामा अनिला तामाङ चयन         इजरायलमा २७ औं विश्व आदिवासी दिवस अनलाइन भर्चुअल मार्फत मनाउने         इजरायलमा भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा फुटसल प्रतियोगिता हुने        

नेपाली काँग्रेसका १४ औँ महाधिवेशनअन्तर्गत जिल्ला सभापतिमा तामाङद्वय निर्वाचित

याम्बु – नेपाली काँग्रेसका १४ औँ महाधिवेशनअन्तर्गत जिल्ला सभापतिमा तामाङहरु पनि निर्वाचित भएका छन् |रामेछाप जिल्लाको सभापतिमा पूर्णबहादुर तामाङ (कान्छाराम तामाङ) निर्वाचित भएका छन् । तामाङ सभापति शेरबहादुर देउवानिकटका हुन् |

आइतबार भएको अधिवेशनबाट तामाङले ६६८ मत ल्याएका थिए भने लवश्री न्यौपानेले ३५६ र कृष्ण महतले ३२८ मत ल्याएका थिए। तीनै जना मध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि फेरि निर्वाचनमा जाने तयारी थिए ।

सोमबार दोस्रो धेरै मत ल्याएका न्यौपानेले तामाङलाई समर्थन गरेपछि तामाङ निर्वाचित भएका हुन् ।

यसैगरी दोलखा जिल्लाको सभापतिमा बर्मा लामा निर्वाचित भएका छन् | नेपाली काङ्ग्रेस दोलखाको जारी १४ औं जिल्ला अधिवेशनले सभापतिमा वर्मा लामालाई निर्वाचित गरेको छ ।

सोमबार भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धि तारा कुमार खड्कालाई ३ सय ९२ मत अन्तरले पराजित गर्दै लामा ८ सय ७७ मतसहित नेपाली काङ्ग्रेस दोलखाको सभापतिमा विजयी हुनुभएको मतदान अधिकृत शम्भू गौतमले जानकारी दिनुभयो । नेतृत्व चयनका लागि शनिबार र आईतबार दुईदिन मतदान भएकोमा सभापतिका कुनै पनि उम्मेद्वारले ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टीमा विधान बमोजिम सोमबार दोश्रो पटक निर्वाचन भएको हो । निर्वाचन १ हजार ३ सय ७२ मत खसेकोमा १० मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

पहिलो चरणको निर्वाचनमा लामाले पहिलो मत अर्थात सबैभन्दा बढी ६ सय ४३ मत प्राप्त गर्नुभएको थियो भने अर्का उम्मेद्वार ताराकुमार खड्काले ३ सय ९७ मत अर्थात दोश्रो मत प्राप्त गर्नुभएको थियो । विधान बमोजिम सोमबार पहिलो मत ल्याउने लामा र दोश्रो मत ल्याउने खड्काबिच प्रतिस्पर्धा भएको थियो ।






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution