नेपाल तामाङ कलाकार संघको अध्यक्षमा बिश्व दोङ निर्वाचित
याम्बु – नेपाल तामाङ कलाकार संघको सातौं अधिवेशन तथा १४ औं वार्षिकोत्सव सम्पन्न भएको छ |अधिवेशनबाट कलाकार विश्व दोङ अध्यक्षमा निर्वाचित भएको छ |
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा शशिकला मोक्तान, उपाध्यक्षमा विशाल काल्तान, महासचिव रोशन फ्युुबा, सचिव, सुुवास मोक्तान, कोषाध्यक्ष खेम मोक्तान र सदस्यहरुमा बुद्ध लामा, निर्मला घिसिङ, मिङ्स लामा, योगेश लामा, बैरागी मोक्तान, कुमार स्याङ्बा, जितुु लोप्चन, जीबन बम्जन, आस्मान लोप्चन, अनिल वाईबा, रेश्मा बम्जन, अशोक वाईबा तामाङ, लक्ष्मी स्याङ्तान, अञ्जुु थोकर र रमित लामा निर्वाचित गरेका छन् ।
२१ सदस्यीय कार्यसमितिमा खुुल्ला ८ सदस्यका लागि सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट सदस्यहरुको छनौंट गरिएको थियो ।
तीन सदस्यीय निर्वाचन मण्डलमा अध्यक्ष काजीमान तामाङ, सदस्यद्वय प्रतिक ङेसुर र दिपेन्द्र दोङ रहेका थिए ।