एनआरएनए इजरायलको अध्यक्षमा पुन: गणेश गिरी निर्वाचित
तेलअविव – गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलको अध्यक्षमा गणेश गिरी सर्वसम्मत निर्वाचित भएका छन् । यसपटक सबै पदहरुमा उम्मेदवारी परेका उमेदवारहरु विच सहमति भएपछि निर्वाचन समितिले माग गरिएका पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् |
निर्वाचित पदाधिकारीहरुमा आइसिसी सदस्य विशाल ज्ञवाली,अध्यक्ष : गणेश गिरी , ब. उपाध्यक्ष: सुमी थापा,उपाध्यक्ष : भृकुटी बानियाँ (शुसिला बस्नेत),महिला उपाध्यक्ष: सुनिता गुरुङ,महासचिब: श्रीकृष्ण भण्डारी,सचिब: अलि महमत मिया,कोषाध्यक्ष:दिलिप सुन्दास,महिला प्रतिनिधि: शुनित आम्बोग (लमु शेर्पा),सदस्यहरुमा पुजा (रुवी) चौधरी,कोपिला भट्टराई,खिमा पुन,कमला भुसाल,राम बहादुर बिष्ट,तैज बहादुर गुरुङ र रण कुमारी गल्देन तामाङ रहेका छन् |