हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

तामाङ चिकित्सक समाजलाई आर्थिक सहयोग हस्तान्तरण

याम्बु – तामाङ चिकित्सक समाजलाई “कोरोना स्वास्थ्य अभियान”को लागि नेपाल तामाङ घेदुङ प्रवास बिभागको समन्वयमा सङ्कलित र विभिन्न सहयोगी मनहरुद्धारा सहयोग रकम तीन पटक गरि ६ लाख ७७ हजार २१ रुपैयाँ तामाङ चिकित्सक समाजलाई हस्तान्तरण गरिएको छ । तामाङ चिकित्सक समाज , नेपाल तामाङ घेदुङ र वोधिसत्व बिहारको सहकार्यमा  “कोरोना स्वास्थ्य अभियान” संचालन गरि सेवा प्रदान गरि गरेको छ |

कोरोना महामारीमा स्वास्थ्य सामग्री सहयोगका स्वास्थ्य साथै चेक जाँच, होम आइसोलेसनमा रहेकाहरुलाई स्वास्थ्य परामर्श, कोभिड एन्टिजेन टेस्टिङ र उपचारमा समेत सघाउ पुर्याउँदै आएका आएका तामाङ चिकित्सक समाजलाई आइतबार नेपाल तामाङ घेदुङको संघीय कार्यालयमा पत्रकार सम्मेलन गरि उक्त रकम हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण गरिएको रकमहरुमा तामाङ समाज क्यानाडाबाट १ लाख ३६ हजार ५ सय, तामाङ समाज जापानबाट १ लाख ५ हजार , नेपाल तामाङ घेदुङ संघीय सचिवालयबाट १ लाख,नेपाल तामाङ घेदुङ इजरायलबाट ९२ हजार ४ सय,नेपाल तामाङ घेदुङ दक्षिण कोरियाबाट ८१ हजार ९ सय २१ , नेपाल तामाङ घेदुङ कतार ३० हजार , नेपाल तामाङ घेदुङ साइप्रस २५ हजार , नेपाल तामाङ घेदुङ बहराइन २० हजार , नेपाल तामाङ घेदुङ मलेसिया १५ हजार , तामाङ समाज युएईबाट १० हजार , नेपाल तामाङ घेदुङ इजरायल संरक्षक बी बी लामा तामाङबाट १६ हजार , समाजसेवी कुमार थोकरबाट १५ हजार, गोले समाज महासचिव डि. बि गोलेबाट १५ हजार ,तामाङ समाज युएईका पुर्वअध्यक्ष महेश मोक्तानबाट १० हजार  र तामाङ समाज जापानका पुर्वउपाध्यक्ष सरोज थिङ तामाङबाट ५ हजार सहयोग उपलब्ध भएको थियोे ।

प्राप्त रकम नेपाल तामाङ घेदुङको संघीय अध्यक्ष मोहन गोले , घेदुङका प्रबास प्रमुख तथा अन्तर्राष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टासी लामाले नेपाल तामाङ चिकित्सक समाजका केन्द्रीय अध्यक्ष डा. दिल बहादुर थोकरलाई  उक्त रकम हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय उपाध्यक्ष कुमार घिसिङ, घेदुङको महासचिव बाबु घिसिङ , घेदुङका कोषाध्यक्ष रुप बहादुर योन्जन, तामाङ समाज जापानको पुर्व उपाध्यक्ष सरोज तामाङ, गोले समाजका महासचिव डि.बि गोले र पत्रकारहरुको उपस्तिथि रहेको थियोे ।

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution