हेडलाईन

इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै         बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति         इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै         प्रवासी सृजनशील महिला समूह इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै         जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)        

तामाङ सोसाईटी अफ अमेरिकाको विशेष अधिवेसन सम्पन्न

याम्बु – अमेरिका रहेको दुई तामाङ  संस्थाहरुको एकता पश्चात तामाङ सोसाईटी अफ अमेरिका (तामाङ समाज अमेरिका) को विशेष अधिवेसन  जुन २६, २०२१ शनिवार सम्पन्न भएको छ ।

विशेष अधिवशनले संस्थाको कार्यसमितिको पुनर्गठन गरेको छ । पुनर्गठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष -१, सचिव-१ सहित वोर्ड अफ डाईरेक्टर-६ जना थपि कूल २१ सदस्य रहेको छ।

जसअनुसार पुनर्गठित कार्यसमितिको पदाधिकारीहरुमा अध्यक्ष  छेमाङ तामाङ, वरिष्ठ उपाध्यक्ष बुद्दिमान तामाङ, उपाध्यक्ष कुन्साङ लामा (बिजय) , महासचिव प्रवीण मोक्तान, सचिवद्वय राम गोले र रोज ब. घिसिङ, कोषाध्यक्ष निमा ल्हमु लामा, सह-कोषाध्यक्ष मनोज तामाङ, वोर्ड अफ डाईरेक्टरहरुमा सोनम लामा, सुनिता तामाङनी, चन्द्र बज्यू,पासाङ लामा, अनिता लामा, सानु मोक्तान,धावा तामाङ, तुल ब.तामाङ,सुरेन्द्र तामाङ, चन्द्र तामाङ, फुरु तामाङ, कुङ्गा ग्यात्सो लामा,दिपेन्सा लामा र न्यूजर्सी संयोजकमा टासी पाख्रिन रहेका छन् |

तामाङ समाज अमेरिकाका अध्यक्ष श्री सानुमाया लामा र तामाङ सोसाईटी अफ अमेरिकाका अध्यक्ष छेमाङ तामाङको संयुक्त अध्यक्षतामा सम्पन्न उदघाटन सत्र बौद्ध धर्मगुरु श्री आचार्य यल्मोपा सहित द्वय अध्यक्षहरु र संस्थाका पूर्व अध्यक्षहरुद्वारा दिप प्रज्वलन गरि संयुक्तरुपमा उदघाटन गर्नुभएको थियो । संस्थाका महासचिव प्रवीण मोक्तानले सञ्चालन गर्नु भएको सभामा बौद्ध धर्म गुरु आचार्य यल्मोपाद्वारा मन्त्रपाठ गर्नु भएको थियो भने संस्थाका पूर्व अध्यक्षहरु ईन्द्र तामाङ, सुवास लामा, सुर्य पाख्रिन, राम तामाङ, गोमा योञ्जन र  सानुमाया तामाङ, वरिष्ठ उपाध्यक्ष बुद्दिमान तामाङ तथा सल्लाहकार बिनोद घिसिङले मन्तव्य तथा शुभकामना सन्देश राख्नु भएको थियो ।

यसै गरि तामाङ सोसाईटी अफ नर्थ अमेरिकाका उपाध्यक्ष मोहन वाईवा, विधान संशोधन कमिटिका संयोजक श्री वि.आर. लामा, हामी नेपाली ग्लोवलका केन्द्रिय अध्यक्ष नायक अमृत लामा, अग्रज रतन लामा, पूर्व महासचिव दिपेन्द्र लामा र सक्रिय युवा व्यक्तित्व छिरिङ योञ्जनले मन्तव्य तथा शुभकामना राख्नु भएको थियो ।

तत्पश्चात शुरु भएको बन्दशत्रमा विधान संशोधन कमिटिका संयोजक वि. आर. लामाले सशोधनको लागि प्रस्ताव गर्नु भएको विधान सर्वसम्मतले पारित गरेका थिए  । विधान पारित लगतै संस्थाको नवनियुक्त पदाधिकारीहरुलाई अध्यक्ष  छेमाङ तामाङले सपथग्रहण गराउनु भएको थियो ।

अधिवेसन समारोहमा धर्म गुरु आचार्य यल्मोपाले संस्थाको संस्कृति तथा बौद्ध भवन निर्माण कोषको लागि आर्थिक सहयोग $१०१५ (एक हजार पन्द्र डलर) रकम कोषको संयोजक ईन्द्र तामाङलाई हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा युवा व्यक्तित्व द्वय दिपेन्द्र लामा र डोल्मा लामा (फुर्साङ) लाई संस्थाका अध्यक्ष छेमाङ तामाङले खादा ओढाएर सम्मान गरेका थिए ।

यसै गरि तत्कालिन तामाङ समाजका सह-कोषाध्यक्ष सजुन थोकर, सदस्यहरु विष्णु तामाङ, अरुणा तामाङ, रेणु तामाङ, युनिसा लामा, राजु ब्लोन तामाङ, दिलमाया तामाङ र सान्त बहादुर तामाङलाई अध्यक्ष द्वयले प्रशंसा पत्र प्रदान गरेका थिए |

कार्यक्रममा तत्कालिन दुबै संस्थाहरुको कार्यसमितिका पदाधिकारीहरु, सल्लाहकारहरु, पूर्व पदाधिकारीहरु, प्रवुध्द वर्ग, तामाङ सोसाईटी अफ नर्थ अमेरिकाका सहकोषाध्यक्ष  उमा तामाङ लगायत दुबै संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो ।






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution