हेडलाईन

इजरायलमा भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा फुटसल प्रतियोगिता हुने         इजरायलमा रोजगारीको लागि आवेदन खुल्यो ,अनलाइनबाट यसरी भर्नुहोस्         एनआरएनए इजरायलको अध्यक्षमा पुन: गणेश गिरी निर्वाचित         तामाङ समाज क्यानाडाको दोश्रो साधारणसभा सम्पन्न,अध्यक्षमा विनु लामा थिङ तामाङ         तमू समाज इजरायलको नवौं अधिबेशनबाट अध्यक्षमा खुशी क्ल्हे तमूस्यो चयन         जनसम्पर्क समिति इजरायलको सभापतिमा दिपीका भुसाल चयन         एनआरएनए स्वीट्जरल्याण्डको अध्यक्षमा शुभ एल्मर लामा निर्विरोध निर्वाचित         इजरायलबाट कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री आइपुग्यो         नेपाली समाज इजरायलको ऐतिहासिक प्रथम अधिवेशन हुदै         तामाङ चिकित्सक समाजलाई आर्थिक सहयोग हस्तान्तरण         जनसम्पर्क समिती इजरायलको तेस्रो राष्ट्रिय अधिवेशन हुने         नमस्ते नेपाल हातेमालो सामाजिक संस्था समन्वय समिति इजरायलको सातौ अधिवेशन हुदै         तमू समाज इजरायलको नवौ अधिबेशन हुदै         तामाङ सोसाईटी अफ अमेरिकाको विशेष अधिवेसन सम्पन्न         तामाङ समाज अमेरिकाको दोश्रो अधिवेशनबाट अध्यक्षमा विनिता तामाङ चयन        

नेफिन इजरायलको अध्यक्षमा मिङमार शेर्पा चयन

इजरायल – विश्वका आदिवासी जनजाति एक हौं, आफ्नो भेषभुषा, भाषा, कला, संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गरौं भन्ने मुल नाराका साथ  नेपाल आदिवासी जनजाति महासंघ इजरायलको नवौ वार्षिकोत्सब तथा साधारण सभा एवं स्मारिका बिमोचन कार्यक्रम गत शुक्रबार (१८ जुन २०१२) तेलअविवमा सम्पन्न भएको छ |

नेफिन इजरायलका निबर्तमान अध्यक्ष  पेम्बा डोल्मा ह्योल्मोको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि इजरायलका महामहिम राजदुत डा. अन्जान शाक्यको अनुपस्थितमा नेफिन इजरायलका संस्थापक अध्यक्ष तेन्जिङ शेर्पा प्रमुख अतिथि, विशिष्ट अतिथि संस्थाका संस्थापक महासचिव सुन्दर सिंह लामा तामाङ, बिशेष अतिथिहरुमा एनआरएनए इजरायलका अध्यक्ष गणेश गिरी,नेफिन इजरायलका संरक्षक समितिका सदस्यहरु लगायतका रहेका थिए भने अतिथिहरुमा विभिन्न संघसंस्था अध्यक्ष तथा प्रतिनिधिहरु उपस्थित रहेका थिए |

साधारण सभाबाट २०२१/२०२२  कार्यकालको लागि मिङमार शेर्पाको नेतृत्वमा १६ सदस्यीय नव कार्यसमिति चयन गरेको छ | जसअनुसार अध्यक्ष- मिङमार शेर्पा,वरिष्ठ उपाध्यक्ष- नानिमाया योन्जन तामाङ,उपाध्यक्षहरुमा – कशिस बान्तवा राई,आश माया तमुस्यो,आइन्द्र योङया लिम्बु,उपाध्यक्ष – सुर्य ब. राना मगर,ल्हाक्पा डोल्मा ज्याबा ह्योल्मो,महासचिव – राजकुमारी श्रेष्ठ,प्रथम सचिब – रेखा तमुस्यो,सचिबहरुमा उपेन्द्र राई,इन्दु लावती लिम्बू,जमुना थापा मगर,ज्योति प्रधान,पेमा शेर्पा,कोषाध्याक्ष – मदन नेगी तामाङ,सह- कोषाध्यक्ष – पासाङ नुर्बु श्याङबा ह्योल्मो रहनु भएको छ |

यसैगरी सल्लाहकारहरुमा पेम्बा डोल्मा श्याङबा ह्योल्मो,डम्बर गुरुङ,मनु श्रेष्ठ,सिता कुमारी घिसिङ तामाङ,कुमार आङदेम्बे लिम्बू,लिला थापा मगर,चन्द्रकला कोयु राई,ल्हेमी शेर्पा रहनु भएको छ |

यसैगरी संरक्षक परिषद सदस्यहरुमा तेन्जिङ शेर्पा,सुन्दरसिंह योञ्जन तामाङ,डोमा शेर्पा,निर्मला गुरुङ,नयन इम्सोङ लिम्बु,नरेश कुमार श्रेष्ठ
र तारा काउचा मगर रहेका छन् |

कार्यक्रममा नेफिन इजरायलको स्थापना काल (सन् २०१२) देखी नवौं बर्ष सम्म आईपुग्दाको इतिहासलाई समेटेर स्मारिका तयार पारिएको  स्मारिका बिमोचन गरिएको थियो |

कार्यक्रम सफलताको कामना सहित नेफिन  केन्द्रका अध्यक्ष जगत बरामले शुभकामना सन्देश पठाउनु भएको थियो |

नेफिन केन्द्र द्वारा संचालित कोभिड- १९  महामारी तथा प्राकृतिक प्रकोप राहत कोषका लागि केन्द्र्ले गरेको सहयोग आह्वान अनुसार  नेफिन इजरायलमा अवाद्ध  ८ वटा राष्ट्रिय समुदायका तर्फबाट सयुक्त रुपमा नेपाली रुपियाँ पन्ध्र लाख चौधहजार आठ सय आठ(१५,१४,८०८)  नेपाल पठाउने  घोषण गरेका थिए |

 






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution