ह्योल्मो समाज इजरायलले नयाँ कार्यसमिति चयन,अध्यक्षमा छिरिङ म्हेन्दो श्याङ्बा ह्योल्मो
तेलअविव – ह्योल्मो समाज इजरायलको १५ औं बार्षिकोत्सव तथा शुभकामना आदानप्रदान सहित साधारण सभाबाट सर्वसम्मत छिरिङ म्हेन्दो श्याङ्बा ह्योल्मो अध्यक्षतामा निर्विरोध ०८ सदस्यीय कार्यसमिति गठन गरेको छ |
ह्योल्मो समाज इजरायलको २०२१/२०२२ को कार्यसमितिका लागि अध्यक्ष- छिरिङ म्हेन्दो श्याङ्बा ह्योल्मो,बरिष्ठ उपाध्यक्ष -पासाङ नोर्बु श्याङ्बा ह्योल्मो,उपाध्यक्ष – ल्हाक्पा डोल्मा ज्याबा ह्योल्मो,उपाध्यक्ष -फुर्पु श्याङ्बा ह्योल्मो,महासचिव-खेन्दो ओमु ह्योल्मो,सचिव-सोनु श्याङ्बा ह्योल्मो,कोषाध्यक्ष -कर्मु ओमु ह्योल्मो र सह- कोषाध्यक्ष -छेवाङ डोल्मा श्याडबा ह्योल्मो चयन हुनु भएको छ |
संरक्षक परिषद, सल्लाहकारहरुमा लामा छिरिङ डेटुप ह्योल्मो,लोप्साङ एवा ह्योल्मो,पेम्बा डोल्मा श्याङ्बा ह्योल्मो,दावा सोनाम दोङ्बा ह्योल्मो
र समिर श्याङ्बा ह्योल्मो रहेका छन् |
“ह्योल्मो हाम्रो पहिचान, ह्योल्मो हाम्रो अधिकार”भन्ने मुल नाराका साथ ह्योल्मो समुदायको भाषा , भेषभुषा , धर्म , लिपि , कला , साहित्य , संस्कार, सस्कृति, परम्परा , रीति – रिवाज एवं सभ्यताको संरक्षण र सम्वर्धन गर्ने उदेश्यका साथ प्रवासि भुमि इजरायलमा सन् २००६ मा स्थापना भएको थियो ।