अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

याम्बु -आज बुद्ध जयन्तीको दिन अमेरिकाको न्युयोर्कस्थित तामाङ समुदायको दुई तामाङ संस्थाबिच आज एकता हुने भएको छ। तामाङ समाज अमेरिका र तामाङ सोसाइटी अफ अमेरिकाबीच एकता हुने भएको छ ।
छेमाङ तामाङको अध्यक्षतामा रहेको तामाङ सोसाइटी अफ अमेरिका र सानुमाया तामाङको अध्यक्षतामा रहेको तामाङ सामाज अमेरिका र बीच एकता हुन लागेको हो।
न्युयोर्कको मुस्ताङ थकाली किचेनमा स्थानीय समयअनुसार ६ बजे एकता घोषणा कार्यक्रम हुने तय गरिएको छ। तामाङ समुदायको हितका लागि क्रियाशील रहेको दुई संस्थाबीच यसअघि पनि एकताको प्रयास भएको थियो।
सानुमाया तामाङको अध्यक्षतामा रहेको तामाङ सामाज अमेरिका र छेमाङ तामाङको अध्यक्षतामा रहेको तामाङ सोसाइटी अफ अमेरिकाबीच एकता हुन लागेको हो।
ऐतिहासिक एकता घोषणा सभामा उपस्थित हुन सबैलाई निमन्त्रणा गरेका छन्।