एमालेले माधव नेपाल झलनाथ खनालसहित ११ निवर्तमान सांसदलाई पार्टीबाट निष्काशन
याम्बु – एमालेले माधव नेपाल झलनाथ खनालसहित ११ निवर्तमान सांसदलाई पार्टीबाट निष्काशन गरेको छ । सोमबार बसेको स्थायी समिति बैठकले नेताहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठकले यसअघि शनिबारको बैठकमा स्पष्टीकरण सोधिएका ११ जनालाई निष्काशन गरेको हो ।पार्टीबाट निष्काशनमा पर्ने निम्नानुसार रहेका छन् ।
१.माधवकुमार नेपाल
२. झलनाथ खनाल
३. भीमबहादुर रावल
४. मुकुन्द न्यौपाने
५.रामकुमारी झाँक्री
६.सरला यादव
७.पुष्पाकुमारी कर्ण
८.कलिला खान
९.निरादेवी जैरु
१०.लक्ष्मीकुमारी चौधरी
११. कल्याणीकुमारी खड्का