किराँत याक्थुङ चुम्लुङ इजरायलको अध्यक्षमा नुमा काङभा लिम्बु चयन

तेलअविव – किराँत याक्थुङ चुम्लुङ इजरायलको आठौं वार्षिकोत्सब तथा छैटौं साधारणसभा जुम अनलाइन भर्चुअल मार्फत सफलतापुर्वक सम्पन्न गरेको छ |
साधारणसभाले सर्वसम्मत नुमा काङ्भा लिम्बुको अध्यक्षतामा दुई बर्षे कार्यकालको लागि १५ सदस्यीय कार्यसमिति र्विरोध चयन गरेको छन् |
निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुमा अध्यक्ष – नुमा काङभा लिम्बु,वरिष्ठ उपाध्यक्ष-राज लिम्बु,उपाध्यक्षहरुमा कन्चन काङभा लिम्बु,खुमा लिम्बु,वसन वनेम लिम्बु,महासचिव-सुदिप आङबुहाङ,सचिव – तुलसा तुम्बाहाङफे,काेष अध्यक्ष- कमला सेनेहाङ,सह कोषाध्यक्ष – संगीता आङथुपाे,सदस्यहरुमा सोमना लिम्बु,यमुना लावती,दिपा लिम्बु,दुर्गापूजा मेयाङबाे,सकुन राई थक्लुङ र चारूहाङ याेङहाङ रहेका छन् |
सभाले प्रमुख सल्लाहाकारमा कुमार आङदेम्बे (अबि) र सल्लाहाकारमा जया चेम्जाेङलाई चयन गरेका छन् |
निवर्तमान अध्यक्ष अबि कुमार आङ्देम्बेको सभापतित्वमा सम्पन्न भएको आठौं वार्षिकोत्सब तथा छैटौं साधारणसभामा प्रमुख अतिथिमा नेपाली राजदुतावास इजरायलकी महामहिम डा. अन्जान शाक्य,बिशिस्ट अतिथि केन्द्रीय अध्यक्ष योगराज वनेम,नेपाल आदिवासी जनजाती महासंघ इजरायलका महासचिव सुर्य रानामगर,विभिन्न देशबाट कियाचुका अध्यक्षहरु,इजरायल स्थित संघसंस्थाका अध्यक्षहरुले शुभकामना मन्तव्य राखेका थिए |