नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान बल तामाङ नियुक्त
याम्बू – साहित्य र चलचित्र निर्देशनमा समेत सक्रिय फूलमान बल नेपाल टेलिभिजनको महाप्रबन्धकमा नियुक्त भएका छन् । पत्रकारितासँगै विभिन्न विधामा सक्रिय बल महाप्रबन्धकमा नियुक्त भएका हुन् ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले बललाई चार वर्षका लागि महाप्रबन्धकमा नियुक्त गरेको हो ।
टेलिभिजनका महाप्रबन्धक गोविन्द रोक्काको कार्यकाल सकिएपछि सञ्चार मन्त्रालयले नयाँ नियुक्तिका लागि खुल्ला दरखास्त आह्वान गरेको थियो । सोही प्रक्रियामार्फत बल नियुक्त भएका हुन् ।
तामाङ वृत्तचित्र सेलफोन , नेपाली चलचित्र “निरफूल” को लेखन तथा निर्देशन समेत गर्नु भएको वलको चर्चित “महाभारतको मैच्याङ” लगायत कयौ साहित्य कृतिहरू प्रकाशित भइसकेका छन् ।
काभ्रेका बल नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी आवद्ध व्यक्ति हुन् ।