दक्षिण कोरियामा नेपाल तामाङ घेदुङको उदय
याम्बु – तामाङ संघ दक्षिण कोरियाको दशौ अधिबेशन तथा दुई संस्था तामाङ संघ दक्षिण कोरिया र तामाङ समाज ख्याङ्साङ बुसानको ऐतिहासिक एकता जुम भर्चुअल अनलाईन मार्फत 2021 फेब्रुअरी 28 का दिन सम्पन्न भएको छ |
दुई संस्थाको एकता अधिवेशनपछि संस्थाको नाम ‘नेपाल तामाङ घेदुङ दक्षिण कोरिया’ भएको छ |
अधिबेशनको बन्दसत्रबाट आधिकारिक तथा संस्थागत रुपमा नेपाल तामाङ घेदुङ केन्द्रिय कार्यलय काठमाडौंको प्रवास शाखाको रुपमा नेपाल तामाङ घेदुङ दक्षिण कोरिया सउल ( केन्द्र) र नेपाल तामाङ घेदुङ ख्याङ्साङ बुसान (शाखा) को वैधानिक रुपमा स्थापित भएको छ ।
नेपाल तामाङ घेदुङ दक्षिण कोरिया सउल ( केन्द्र) दशौं अधिवेशनबाट रवि लामा तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।जसअनुसार अध्यक्ष रवि लामा तामाङ,ब.उपाध्यक्ष राज कुमार स्याङ्तान तामाङ,उपाध्यक्ष राम ब्लोन तामाङ,महासचिव शुभराज भाेम्जन तामाङ,सचिवद्वय प्रीति वाइबा तामाङ, वि.वि. स्याङतान तामाङ,कोषध्यक्ष सुरेश थोकर तामाङ,सह-कोषध्यक्ष युनिका माम्बा तामाङ र सदस्यहरुमा दावा फेन्जु तामाङ,तारा बहादुर तामाङ, पुर्णमान तामाङ र सुवास पाख्रीन तामाङ रहेका छन् |