हेडलाईन

राष्ट्रिय नेवा: खल: इजरायलको दशौं अधिवेशन तथा साधारण सभा हुदै         तामाङ घेदुङ ख्यङ्साङ बुसान शाखाको तेश्रो अधिबेसनबाट अध्यक्षमा धनराज तामाङ चयन         ह्योल्मो समाज इजरायलले नयाँ कार्यसमिति चयन,अध्यक्षमा छिरिङ म्हेन्दो श्याङ्बा ह्योल्मो         नेफिन इजरायलको नवौं बार्षिकोत्सव तथा साधारण सभा हुदै         तामाङ घेदुङले कोरोना स्वास्थ्य अभियानको लागि एक लाख रुपियाँ आर्थिक सहयोग हस्तान्तरण         प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बाेधनका बहाना गर्दै पढे सरकारकाे नीति तथा कार्यक्रम         तामाङ समाज अमेरिकाको कार्यसमिति पुनर्गठन,संयोजकमा सन्त बहादुर तामाङ         अमेरिकामा दुई तामाङ संस्थाहरु बीच ऐतिहासिक एकता घोषणा सम्पन्न         अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने         एमालेले माधव नेपाल झलनाथ खनालसहित ११ निवर्तमान सांसदलाई पार्टीबाट निष्काशन         मध्यरातमा प्रतिनिधिसभा भंग, कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव         ११ दिन पछि इजरायल र गाजाबीच युद्धविराम         नेपाली दुतावास इजरायलले २५६५ औं बुद्ध जयन्ती अनलाइन भर्चुअल मार्फत मनाउने         घेदुङ इजरायलले तामाङ मातृभाषा तथा संस्कृति बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न         किराँत याक्थुङ चुम्लुङ इजरायलको अध्यक्षमा नुमा काङभा लिम्बु चयन        

गृहमन्त्री थापाले स्वकीय सचिवबाट तामाङलाई हटाए,प्रचण्ड–नेपाल समूहलाई सूचना चुहाएको आरोप

याम्बु –  गृहमन्त्री रामबहादुर थापाले आफ्नो स्वकीय सचिव बीरु तामाङलाई हटाएका छन्।आइतबार गृहमन्त्री थापाले तामाङलाई आफ्नो सचिवालयबाट हटाएको मन्त्री थापानिकट स्रोतले बतायो। मन्त्री थापाले उनलाई ३० माघबाट लागू हुने गरी हटाएका हुन्।प्रचण्ड–नेपाल समूहलाई गोप्य सूचना दिएको र युवासंघको भेला बहिष्कार गरेको कारण हटाइएको स्रोतले बतायो।

 

‘सचिवालयमा बसेर मन्त्रालयका कामभन्दा बढी प्रचण्ड–नेपाल समूहलाई सूचना दिने काम गर्नुभयो, सल्लाहविना युवासंघको भेला बहिष्कार गर्नुभयो, त्यसकारण उहाँलाई पदबाट हटाइएको हो’, मन्त्रीनिकट स्रोतले बताए |

यता मन्त्री थापाले हटाएको भनिएका तामाङ आफूले एक महिना अगाडिदेखि नै मन्त्रालय नगएको बताएका छन्। उनले आफूले औपचारिक रुपमा राजीनामा नदिएको भए पनि मन्त्रालय नआउने जानकारी दिएको बताए।

‘म एक महिनादेखि थापाको सचिवालयमा गएको छैन, उहाँलाई राजनीतिक रुपमा असर नपरोस् भनेर राजीनामा नदिए पनि सचिवालयमा छैन’, तामाङले  भने, ‘एक महिना अगाडि नै छाडेको मान्छेलाई के काे कारबाही?’

नेकपा विभाजनपछि गृहमन्त्री थापासँगै तामाङ पनि ओली समूहमा लागेका थिए। तर, माघको २५ र २६ गते बसेको युवा संघको राष्ट्रिय भेलामा ओली पक्षले एकलौटी रुपमा पुनर्गठन गरेपछि तामाङलगायतका पूर्व माओवादीका युवाहरुले भेला बहिष्कार गरेका थिए।

त्यसपछि नेतृत्वले एकलौटी गरिएको युवा संघको नेतृत्व पुनर्गठनलाई सच्याउने बताए पनि कुनै कदम नचालेपछि उनी निष्कृय बसेको नेपालखबरमा समचार छ |






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रिय नेवा: खल: इजरायलको दशौँ अधिबेशनबाट अध्यक्षमा स्वस्तिका श्रेष्ठ चयन

तेलअविव - राष्ट्रिय नेवा: खल: ईजरायलरको दशौँ अधिबेशन  जुम भर्चुअल अनलाइन मार्फत सम्पन्न भएको छ | निवर्तमान अध्यक्ष... बाँकी यता

tamang online / June 11, 2021

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution