तामाङ समाज ओमानको अधिवेशन सम्पन्न,अध्यक्षमा अनिता घिसिङ तामाङ चयन

याम्बु – बौद्धमार्गी तामाङ समुदायको महान नेपाली राष्ट्रिय पर्व मन्जुश्री संवत् २८५७ लाङ,म्हे ल्हो अर्थात (गाई वर्ग) सोनाम ल्होछारको अवसरपारि नेपाल तामाङ समाज ओमान द्वारा “राष्ट्रिय जनगणना २०७८ मा तामाङ जाती,तामाङ भाषा र बौद्ध धर्म लेखाऔं । कोबिड १९ को महामारीमा सोनाम ल्होछार भब्य रुपले घर-घरमा मनाऔं । तामाङ भाषा,भेषभुषा,धर्म,कला,संस्कार र संस्कृतिको संरक्षण गरौं ।ताम्सलिङ प्राप्तिको लागि एक जुट हौं ” भन्ने मुल नाराका साथ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ |
निबर्तमान अध्यक्ष तेजबहादुर तामाङको अध्यक्षता, लामा गुरु दावा सांगबु लामा योन्जन तामाङ र वरिष्ठ सल्लाहकार फुर्बा रूम्बा तामाङको संयोजकमा तेश्रो अधिवेशन सप्पन्न गरिएको छ |
अधिवेशनबाट समाजको अध्यक्षमा अनिता घिसिङ तामाङ चयन हुनुभएकी छिन् |अन्य पदाधिकारिहरूमा बरिष्ठ उपाध्यक्ष- पासांग मोक्तान तामाङ,उपाध्यक्ष -रिना योन्जन तामाङ,महासचिव -राजु लामा पख्रिन तामाङ,सचिव- चक्रमान मोक्तान तामाङ,कोषाध्यक्ष- दावा सांगबु लामा योन्जन तामाङ,सह-कोषाध्यक्ष- वि पी दोंग तामाङ,महिला संयोजक- सिता पाख्रिन तामाङ,सांस्कृतिक बिभाग-सिता थोकर तामाङ,सदस्यहरूमा राम दोंग तामाङ,हरी कुमार थिंङ तामाङ,उमेश घिसिंङ तामाङ,एक्का घलान तामाङ,जीवन योन्जन तामाङ,चमेली रूम्बा तामाङ,सुनिला पाख्रिनतामाङ,उर्मिला वाईबातामाङ,स्हेना गोले तामाङ,माया बोम्जन तामाङ,संगिता दोंग तामाङ,डोल्मा स्यांग्बो तामाङ,कान्छी माया घिसिंङ तामाङ र रिता मोक्तान तामाङ रहेका छन् |
यसैगरी संरक्षक-निबर्तमानअध्यक्ष तेज बहादुर तामाङ,वरिष्ठ सल्लाहकार संयोजक-फूर्वा रूम्बा तामाङ र सल्लाहकार-विनोद बल तामाङ चयन भएका छन् |
तामाङ समुदायको मौलिक जातीय, धर्म,भाषा,भेषभुषा, कला, संस्कार र संस्कृतिको बिकास र उत्थानको लागि टेवा पुर्याउन एकाअर्कालाई भाइचारा साझेदारी हातोमालो गर्दै अघि बढ्न र बढाउन आवश्यक रहेकोले साथ सहयोग र समर्थनका लागि सदैव तत्पर रहने प्रतिबद्धता जनाउदै एकआपसमा आईपरेको कार्यहरुमा सहकार्य गर्दै अघि बढ्न तल्लीन रहेको नेपाल तामाङ समाज ओमानले प्रतिबद्धता जाहेर गरेको छ |