झापाली समाज इजरायलकाे चाैथाै अधिवेशन सम्पन्न ,अध्यक्षमा माला योन्जन तामाङ

तेलअविव – कोभिड -१९ का कारण झापाली समाज इजरायलकाे चाैथाै अधिवेशन प्रत्यक्ष हुन नसके पनि जुम भर्चुअल मार्फत भव्य रूपमा सम्पन्न भएकाे छ ।
संस्थाका निवर्तमान अध्यक्ष सन्दिप भन्डारीको सभापतित्व संचालन भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुतवास इजरायलका महामहिम राजदुत डा. अन्जान शाक्य,विशिष्ट अतिथिमा अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष छत्र सुब्बा, इजरयलमा रहेका विभिन्न संघ सस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
सस्थाकी निबर्तमान सचिव मुना अधिकारीले स्वागत गीत मार्फत उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो । संस्थाको आर्थिक गतिविधि लगायत विगतकाे कार्यकालमा झापा मात्र नभएर नेपालका बिभिन्न ठाँउमा गरिएकाे सामाजिक तथा पराेपकारी कार्यहरूकाे बारेमा सस्थाकी निबर्तमान कोषाध्यक्ष निर्मला दाहाल पौडेलले बिस्तृत जानकारी गराउनु भएको थियो ।
“समग्र झापाकाे विकासकाे लागि हामी झापाली” भन्ने मुल नाराका साथ स्थापना भएकाे यस संस्थाले झापामा मात्र नभएर नेपालकाे अन्य विभिन्न ठाउँहरूमा दुखि गरिब असहाय, बिरामी पिडित मानिसहरूलाइ सहयाेग गर्दै आइरहेकाे कुराको बयान गर्दै उपस्थित सबैले प्रशंसा गरेका थिए। इजरायलका विभिन्न राजनैतिक, सामाजिक, धार्मिक,जातीय संघ सस्था,कला तथा साहित्यतिक मिडिया, नेपाली संघ संस्थाहरूकाे पदाधिकारीहरूकाे बाक्लाे उपस्थितिले कार्यक्रम निकै भब्य बनेको थियो ।
झापाली समाज इजरायलकाे चौथो अधिवेशनबाट निर्बिरोध माला योन्जन तामाङ अध्यक्ष पदमा सर्व-सहमत चयन हुनुभएको छ । अन्य पदहरुमा वरिष्ठ उपाध्यक्ष- सावित्रा लुइँटेल घिमिरे,उपाध्यक्षहरुमा नम्रता उप्रेती,निर्मला दाहाल पौडेल,मुना अधिकारी,देबि खरेल पाण्डे, महासचिव- सुन्दर नेपाल,सचीव-पबित्रा बजगाई क्षेत्री,कोषाध्यक्ष- पबित्रा चापागाई,सह कोषाध्यक्ष-बिष्णु उप्रेती,महिला बिभाग सयोजक- रमा बुढाथोकी,सदस्य- दुर्गा चापागाई,सदस्यहरुमा -कुशल शर्मा,प्रज्ञा कार्की,आइन्द्र लिम्बू,संखर क्षेत्री,गोपाल घिमिरे,राज भट्टराई,राजेन्द्र उप्रेती,मायु खड्का र मिना संग्रौला सेढाई रहेका छन् |
निर्वाचित अध्यक्ष माला योन्जन तामाङले आउने दिनहरूमा सबैसंग सहकार्य गर्दै, संस्थालाइ अझै क्रियाशिल रूपमा सामाजीक दायित्वहरू बाेध गर्दै, अगाडि बढाउँदै लाने प्रतिबद्धता जनाँउनु भएकाे भयो ।
प्रमुख अतिथि इजरायल स्थित नेपाली राजदुतवासका महामहिम राजदुत डा. अन्जान शाक्यले पुरानाे कार्यसमितिलाई धन्यवाद दिदै, नवनिर्वाचित २०२१–२०२३ कार्यसमिति लाइ बधाई तथा कार्यकाल सफलताकाे शुभकामना दिनुभएकाे थियाे, मन्तव्यकाे क्रममा यस संस्थाले नेपाल र नेपाली प्रति गरेकाे सहयाेगकाे उच्च मूल्याङन गर्दै गरेको अबगत गराउनु भएको थियो र नेपाली राजदुतवास आउने दिनहरूमा यस संस्था संग नजिकमा रहि सहकार्य गर्दै, हर किसिमकाे सहयाेग गर्न तत्पर रहेकाे प्रतिबद्धता जनाँउनु भएकाे थियाे ।
अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष क्षत्र सुब्बाले झापाली समाज इजरायलले बिगतमा गरेको राम्रा काम हरुको खुलेर प्रशंसा गर्दै भोलिका दिनहरुमा पनि अझै यस्तै काम हरु गर्दै जाओस भनेर शुभकामना सहित अन्तर्राष्ट्रिय झापाली समाजको पनि उत्तिकै साथ रहने कुरा बताउनु भयो।
शुभकामना मन्तव्य कै क्रममा गैर आवासीय नेपाली संघ समन्यव परिषद इजरायलका अध्यक्ष गणेश गिरि ज्यु लगायत सबै संघ सस्थाका प्रतिनिधिले खुलेर झापाली समाज इजरायलको प्रसंसा गर्दै, शुभकामना दिनु भएको थियो| अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष तथा झापाली समाज इजरायलका निवर्तमान प्रमुख सल्लाहकार तथा 21-23 का निर्वाचन समितिका सँयोजक दीपक प्रसाद ओलिले सदैव झापाली समाज इजरायललाई हरेक तवर बाट सकेको साथ दिने वचन दिनु भयो।
उपस्थित सबैलाई सभापति सन्दिप भण्डारीले धन्यवाद वयक्त कार्यक्रमको अन्त्य गर्नु भएको थियो । कार्यक्रमको संयोजक सस्थाकी निबर्तमान वरिष्ठ उपाध्यक्ष माला योन्जन तामाङले गर्नु भएको थियो भने सस्थाकी निवर्तमान उपाध्यक्ष साबित्रा लुइँटेल घिमिरेले कार्यक्रम संचालन गर्नु भएको थियो ।