तामाङ घेदुङ इजरायलको सोनाम ल्होछार भर्चुअल शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

तेलअविव -नेपाल तामाङ घेदुङ इजरायलद्वारा ‘राष्ट्रिय जनगणना २०७८ मा तामाङ जाती, तामाङ भाषा र बौद्ध धर्म लेखाऔं ।कोभिड १९ को महामारीमा सोनाम ल्होछार घरघरमा भव्य रुपले मनाऔं,तामाङ भाषा,भेषभुषा,धर्म, कला, संस्कार र संस्कृतिको संरक्षण गरौं,ताम्सालिङ प्राप्तिको लागि एक जुट हौं भन्ने मुल नाराका साथ २०२१ फेब्रुअरी १३ तारिख शनिबारका दिन बौद्ध महायान आदिवासी तामाङ समुदायको धार्मिक तथा साँस्कृतिक महान नेपाली राष्ट्रिय पर्व मन्जुश्री संवत २८५७ सोनाम ल्होछार लाङ/म्हे ल्हो अर्थात (गाई वर्ग )को अवसरमा अन्तराष्ट्रिय स्तरको अनलाइन जुम भर्चुअल शुभकामना प्रदान कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेको छ |
घेदुङ इजरायलकी अध्यक्ष सीता कुमारी घिसिङ तामाङको सभापतित्वमा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल तामाङ घेदुङ, केन्द्रका संघीय अध्यक्ष मोहन गोले तामाङ,बिशिष्ट अतिथिहरुमा अन्तर्राष्ट्रिय तामाङ परिषदका अध्यक्ष काजिमान तितुङ तामाङ,नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष पेम्बा डोल्मा ह्योल्मो , धर्मगुरु लामा थुप्तेन योन्जन तामाङ, बिशेष अतिथिहरुमा एनआरएनए इजरायलका अध्यक्ष गणेश गिरी, नेपाल तामाङ घेदुङ,केन्द्रका प्रवास बिभाग प्रमुख एवं अन्तराष्ट्रिय तामाङ परिषदका वरिष्ट उपाध्यक्ष टासी लामा तामाङ,संस्थाका अग्रज तथा पुर्वअध्यक्ष एवं संरक्षक परिषद सदस्य बी बी लामा योन्जन तामाङ,सुन्दर सिंह योन्जन तामाङ,उर्मिला लामा पाख्रिन तामाङ,कल्पना मोक्तान तामाङ,दिप्मा मोक्तान तामाङ,अनिता तामाङ,अनिला मोक्तान तामाङ,प्रवासमा भएका तामाङ संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु,अतिथिहरुमा इजरायल स्थित राजनीतिक संगठनका अध्यक्षहरु,नेपाल आदिवासी जनजाती महासंघ इजरायल सँग आबद्ध ७ वटै जातिय संस्थाका अध्यक्ष एंव प्रतिनिधिहरु,स्थित धार्मिक,सामाजिक संघ संस्थाका अध्यक्ष एवम प्रतिनिधिहरु, अनलाइन डट कमका सम्पादक बी बी लामा योन्जन तामाङ, होलिडे खबर डट कमका सम्पादक नयन इम्सोङ लिम्बू , पि टि अनलाइन डट कमका सम्पादक डि बि तामाङ रहेका थिए |
धर्मगुरु लामा थुप्तेन योन्जन तामाङले बौद्धधर्म अनुसार पाढ़पुजा र ल्होछार सम्बन्धि प्रस्ट पर्नु हुदै सुरु भएको कार्यक्रममा उपस्थित अतिथि पाहुनाहरुलाई स्वागत गर्दै स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष गीता घिसिङ तामाङले राख्नु भएकी थिइन् भने संस्थाकी सल्लाहकार सारा लामा तामाङले ल्होछार स्वागत गित प्रस्तुत गरेकी थिइन् |
ल्होछार अनलाइन भर्चुअल शुभकामना आदानप्रदान र अन्तर्राष्ट्रिय तामाङ पुरुष भेष भुषा फोटो प्रतियोगिताबारे संस्थाकी वरिष्ट उपाध्यक्ष तथा कार्यक्रम संयोजक पेमा लामा पाख्रिन तामाङले प्रकास पारेकी थिईन् |
कार्यक्रममा प्रमुख अतिथि मोहन गोले तामाङले ल्होछारको शुभकामना व्यक्त गर्नु हुदै सफलतापुर्वकअन्तर्राष्ट्रिय तामाङ पुरुष भेषभुषा फोटो प्रतियोगिता सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गर्नु भएको थियो |
कार्यक्रममा विशिष्ट अतिथि नेफिन इजरायलका अध्यक्ष पेम्बा डोल्मा ह्योल्मो,घेदुङ इजरायलका अग्रज तथा पुर्वअध्यक्ष एवं संरक्षक परिषदका सदस्यहरु,विभिन्न देशका तामाङसंघसंस्थाका अध्यक्षहरु लगायतले शुभकामना व्यक्त गरेका थिए |
कार्यक्रममा नेपाल तामाङ घेदुङ इजरायलको स्थापना कालदेखि विभिन्न पदमा आसिन रहि तामाङ भाषा,लिपि,भेषभुषा,धर्म, कला, संस्कार र संस्कृतिको संरक्षण गर्ने कार्यमा भौतिक,आर्थिक,नैतिक रुपमा सहयोग र अमुल्य योगदान दिनु भएकी संस्थाका पुर्वअध्यक्ष एवं संरक्षक परिषद सदस्य अनिता तामाङलाई दोसल्ला सहित सम्मान पत्र प्रदान गरि सम्मानित गरेको थियो | यसैगरी संस्थाकी सल्लाहकार सारा लामा तामाङलाई सम्मान पत्र र प्राविधिकमा साथ र सहयोग दिनुहुने पुर्व संचारबिभाग प्रमुख सुरेन कुमार योन्जन तामाङ कदर पत्र प्रदान गरि सम्मान गरेका थिए |
कार्यक्रममा अन्तर्राष्ट्रिय तामाङ पुरुष भेषभुषा फोटो प्रतियोगिताको नतिजा घोषणा गरेका थिए |
अन्तमा संस्थाकी अध्यक्ष तथा कार्यक्रमको सभापति सिता कुमारी घिसिङ तामाङले ल्होछारको शुभकामना व्यक्त गर्नु हुदै कार्यक्रमलाई सफल पार्न अहोरात्र खट्नु हुने संस्थाका अग्रजहरु, पदाधिकारीहरु,कार्यक्रममा आर्थिक,भौतिक,नैतिक रुपमा सहयोग गर्नुहुने संघसंस्थाहरु, लगायत तामाङ ज्योज्यो, आले, नाना, आङहरु लगायत ल्होछार कार्यक्रमको लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सहयोगि मनहरु सबैलाई हार्दिक धन्यवाद व्यक्त गरेकी थिइन् |
कार्यक्रमको लागि अपार्टमेन्टको व्यवस्था सहित खाना,खाजा पानी,जुस,चिसो तातो पेय संस्थाकी पुर्वसल्लाहकार सुमित्रा मोक्तान तामाङले उपलब्ध गर्नु भएको थियो |
कार्यक्रम संस्थाका महासचिव शम्भु घिसिङ तामाङ(निङमा घिसिङ तामाङ)कुशलतापुर्वक संचालन गरेका थिए |