हेडलाईन

नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)         इजरायलमा मणि पूजा तथा प्रवचन कार्यक्रम हुदै         डिभी लटरी आजबाट खुल्यो         नेपाली काँग्रेसका १४ औँ महाधिवेशनअन्तर्गत जिल्ला सभापतिमा तामाङद्वय निर्वाचित         नेपाल तामाङ कलाकार संघको अध्यक्षमा बिश्व दोङ निर्वाचित         इजरायलमा नेपाली चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम हुदै         जसपा नेपालको प्रबास विशेष प्रदेश समितिले संगठन सुदृढीकरण तथा जनजागरण अभियान अभिमुखीकरण कार्यक्रम गर्ने         नेवा: खल: इजरायलले चोथा: पूजा तथा हरितालिका तीजको शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         आज तामाङ पहिचान तथा ज्ञान दिवस (गोने ङ्ञा)         इजरायल घेदुङले तामाङ पहिचान र ज्ञान दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गर्दै         नेपाली समाज इजरायलको प्रथम अधिवेशनबाट अध्यक्षतामा अनिला तामाङ चयन         इजरायलमा २७ औं विश्व आदिवासी दिवस अनलाइन भर्चुअल मार्फत मनाउने         इजरायलमा भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा फुटसल प्रतियोगिता हुने        

अन्तर्राष्ट्रिय तामाङ पुरुष भेषभुषा फोटो प्रतियोगिताको नतिजा घोषणा 

तेलअविव – नेपाल तामाङ घेदुङ इजरायलद्वारा तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक महान राष्ट्रिय नेपाली पर्व मन्जुश्री संवत् २८५७ सोनाम ल्होछारम्हे, लाङ ल्हो अर्थात गाई बर्गको पावन अवसरमा आयोजित अन्तर्राष्ट्रिय तामाङ पुरुष भेषभुषा फोटो प्रतियोगिता २०२१ को नतिजा घोषणा  गरेको छ |

संस्थाद्वारा अनलाइन भर्चुअल मार्फत आयोजित सोनाम ल्होछार शुभकामनाको आदानप्रदान कार्यक्रम मार्फत अन्तर्राष्ट्रिय तामाङ पुरुष भेषभुषा फोटो प्रतियोगिताका संयोजक नानीमाया योन्जन तामाङले  सार्वजनिक गरिएको नतिजा अनुसार बिजेताहरुमा  प्रथम  प्रतियोगी नं. (३ ) संम्राट जंग कुँवर राणा (काठमाडौं बौद्ध ) द्धितीयमा  प्रतियोगी नं. (१३) रुपक घलान ।तामाङ ( मरिण गाउँपालिका – ३ बरुण (सिन्धुली) र तृतीयमा प्रतियोगी नं.(५) तेन्जिङ मिक्मार तामाङ (काठमाडौं बौद्ध ) ,सान्त्वनामा प्रतियोगी नं.(६) सोनाम लामा तामाङ (जयगाउँ – पश्चिम बगाल भारत )  र प्रतियोगी नं. (८) गायक तथा संगीतकार जीवन बोम्जन तामाङ ( ओखलढुंगा ,पोकली -६ हाल काठमाडौं जोरपाटी ) रहेका छन् |

बिजयी प्रतियोगीहरुको पुरस्कार र प्रमाण पत्र साथै सहभागी सबै  प्रतियोगिहरुको प्रशंसा पत्र अनलाइनको माध्यमबाट प्रदान गरिने अन्तर्राष्ट्रिय तामाङ पुरुष भेषभुषा फोटो प्रतियोगिताका संयोजक तथा नेपाल तामाङ घेदुङ इजरायलका भाषा तथा साहित्य विभाग प्रमुख नानीमाया योन्जन तामाङले जानकारी दिनु भयो |

प्रथम पुरस्कार प्रायोजन  संस्थाकी अध्यक्ष सीता कुमारी घिसिङ तामाङ, दोस्रो पुरस्कार प्रायोजन  तामाङ अनलाइन डट कमका सम्पादक बी बी योन्जन तामाङ  र तृतिय पुरस्कार प्रायोजन संस्थाकी सदस्य मिना माम्बा तामाङले गर्नु भएको गर्नु भएको थियो |

तामाङ पहिचान पुरुष भेषभुषालाई प्रचारप्रसार,प्रवर्द्धन सम्बर्द्धन र संरक्षणको साथै एकरुपता दिने / बनाउने उद्धेश्यको लिएर नेपाल तामाङ घेदुङ केन्द्रले तामाङ भेषभुषा निर्धारण सम्बन्धि निर्णय बमोजिम घेदुङ केन्द्रको समन्वय र सहयोगमा प्रतियोगिता सम्पन्न गरेको घेदुङ इजरायलले बताएको छ |

अन्तर्राष्ट्रिय तामाङ पुरुष भेषभुषा फोटो प्रतियोगिताका संयोजक नानीमाया योन्जन तामाङ,सदस्यहरुमा छत्र गोले तामाङ,सुनिल रुम्बा तामाङ,हिरामाया तितुङ तामाङ र मदन नेगि तामाङ रहेका थिए |






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution