तामाङ समाज जापानले ल्होछारको अबसरमा तामाङ पहिरन फोटो प्रतियोगिता गर्दै
याम्बु – नेपाल तामाङ समाज जापानले सोनाम ल्होछारको अवसरमा तामाङ् पहिरन फोटो प्रतियोगिता गर्ने भएको छ ।
२८५७ सोनाम ल्होछार घर घरमै मनाऔं ! आफ्नो मौलिक संस्कृतिको संरक्षण र सम्वर्धन गरौँ भन्ने मुल नाराका साथ तामाङ् समुदायको मौलिक संस्कृति बोकेको तामाङ् भेषभुषाको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता कार्यक्रम गर्न लागिएको समाजका महासचिव बलराम थिङ तामाङले जानकारी दिनुभयो ।
ल्होछारको अवसरमा प्रत्येक वर्ष सांस्कृतिक कार्यक्रम गर्दै आईरहेको तामाङ् समाज जापानले यस पटकको मंजुश्री सम्बत २८५७ म्हे लाङ ल्हो गाई बर्ष सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम कोरोना महामारीको प्रभाबको कारण गर्न नसकिने भएकाले फोटो प्रतियोगिता कार्यक्रममै सिमित हुनुपरेको जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई ४० हजार येन दोश्रोलाई २० हजार येन तेश्रोलाई १० हजार येन र अन्य तिनजनालाई सान्त्वना पुरस्कार र सम्मान-पत्रको व्यवस्था गरिएको अध्यक्ष रूबीना तामाङले बताउनु भयो ।
प्रतियोगीताको नियमहरु:-
१) अनिवार्य रूपमा तामाङ पहिरनमा सजिएको Full Size को फोटो हुनुपर्नेछ |
२) प्रतियोगीले नेपाल तामाङ समाज जापानको फेसबुक पेज LIKE र Share (https://www.facebook.com/tamang.society.japan) अनिवार्य गरेको हुनुपर्ने छ |
३) बिश्वको जुनसुकै ठाउँमा रहनुभएका तामाङ तथा गैर तामाङ महिला तथा पुरुष एकल वा जोडी यस प्रतियोगीतामा भाग लिन सक्नुहुनेछ |
४) नतिजा LIKE को आधारमा प्रकाशित हुनेछ, LIKE को लागि Tag, mention, Share र Comment सबै खाले रियाक्टलाई समान मान्यता दिइनेछ । अटो लाइक मान्य हुने छैन, अटो लाईक गरेको पाईएमा बिना सूचना प्रतिस्पर्धाबाट निस्काशित गरिने छ | LIKE 2021-02-05 नेपाली समय 8:45 AM सम्मको मात्र मान्यता हुनेछ |
५) फोटो, नाम र ठेगाना नेपाल तामाङ समाज जापानको फेसबुक पेज (https://www.facebook.com/tamang.society.japan/) मा पठाउनु पर्नेछ |
६) प्रतियोगिताको मिति 2021-01-20 तारिख नेपाली समय 6:45 AM देखि 2021-02-05 तारिख नेपाली समय 8:45 AM सम्म हुनेछ |
माथि उल्लेखित शर्तहरु अनिबार्य लागु हुनेछ |
@ matrisandesh