हेडलाईन

नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको अधिवेशन सम्पन्न,अध्यक्षमा श्याम मम्बा तामाङ चयन         नेपाल तामाङ घेदुङ कुर्दिस्तानको दोस्रो अधिवेशन हुदै         आजदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ खुल्यो         तामाङहरूको मौलिक कला तथा संस्कृति बिषयक भर्चुअल संवाद तथा अन्तरक्रिया कार्यक्रम हुदै         आदिवासी जनजाति साहित्यकार महासंघ गठन,संयोजकमा राजन मुकारुङ         घेदुङ इजरायलद्वारा तामाङ पुरूष भेषभुषा प्रतियोगितामा भाग लिन आव्हान         यसपाली माघ १ गते सार्वजनिक बिदा हुने         नेपाल आदिवासी जनजाति महासंघ कतारको अध्यक्षमा पुरुषोत्तम सुनुवार चयन         तामाङ घेदुङ इजरायलले जुमअनलाइन मार्फत सोनाम ल्होछार २८५७ को शुभकामना आदानप्रदान गर्ने         इजरायलमा माघ्या सकराटी पर्व जुम अनलाइन मार्फत शुभकामना आदानप्रदान सहित मनाउदै         संघीयता:नेपालकोबाट संसार भर फैलियो         आज तमु ल्होसार,तमु ह्यल छोंजधिले जुम मार्फत शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         य:मरी पुन्हि अले मतिना पारु         नेकपा प्रवास संगठनका केन्द्रिय ‘अध्यक्ष र सचिव’ प्रचण्ड-नेपाल समुहमा         नेकपा प्रवास संगठन नेताहरु कुन देशबाट को कता ? नामावली सहित        

घेदुङ इजरायलद्वारा तामाङ पुरूष भेषभुषा प्रतियोगितामा भाग लिन आव्हान

तेलअविव – नेपाल तामाङ घेदुङ,इजरायलले तामाङ समुदायको महान राष्ट्रिय पर्व मन्जुश्री संवत् “२८५७ ‘’ म्हे, लाङ ल्हो अर्थात (गाई बर्ग ) सोनाम ल्होछार कार्यक्रमको पावन अवसरमा अनलाइन जुम भर्चुअल मार्फत शुभकामना कार्यक्रम संगै अन्तर्राष्ट्रिय तामाङ मौलिक पुरुष भेषभुषा फोटो प्रतियोगिता २०२१ को आयोजना गरेको छ |

तामाङ समुदायको आफ्नो मौलिक पुरुष भेषभुषालाई विभिन्न खालको डिजाइन बनाएर पहिरिदै आएको हुँदा आफ्नो मौलिक पहिचानलाई लोपोन्मुख हुनबाट बचाउन र तामाङ पुरूष भेषभुषालाई एकरूपता गराउने उद्धेश्यले नेपाल तामाङ घेदुङ केन्द्रको संस्कार निर्देशिका २०५८ बाट जारी निर्णय बमोजिम ‘तामाङ गोइलो पुरुष भेषभुषा’लाई प्रचारप्रसार गरि आफ्नो मौलिकताको बिकास , प्रबर्द्धन र सम्बर्धन गर्ने मुख्य लक्ष्य र उद्देश्यका साथ अन्तर्राष्ट्रिय तामाङ मौलिक पुरुष भेषभुषा फोटो प्रतियोगिता २०२१ को आयोजना गर्न लागेको घेदुङ इजरायलले जानकारी दिएको छ |

विश्वका सम्पुर्ण नेपाली तामाङ ज्योज्यो-आलेहरू लगायत समस्त तामाङ गोइलो प्रेमी नेपाली दाजुभाईहरुलाई यस प्रतियोगितामा भाग लिनु भई पुरूष भेषभुषा फोटो प्रतियोगिता कार्यक्रम भव्य रुपमा सफल बनाई दिनुहुनका लागि नेपाल तामाङ घेदुङ इजरायलद्वारा हार्दिक आव्हान गरेको छ |

अन्तर्राष्ट्रिय तामाङ मौलिक पुरुष भेषभुषा फोटो प्रतियोगिता – २०२१

पुरस्कार :-

१) प्रथम पुरस्कार नगद रू = २०,००० (बिस हजार सहित प्रमाण पत्र)
२) दोस्रो पुरस्कार नगद रू = १०,००० (दश हजार सहित प्रमाण पत्र)
३) तेस्रो पुरस्कार नगद रू = ५,००० (पाँच हजार सहित प्रमाण पत्र)
४) सान्त्वना पुरस्कार = २५०० ( पच्चिस सय सहित प्रमाण पत्र)
५) सान्त्वना पुरस्कार = २५०० ( पच्चिस सय सहित प्रमाण पत्र )

६) प्रतियोगिहरूलाई प्रशंसा पत्र द्वारा सम्मान गरिनेछ ।

प्रायोजकहरू :-

सीता कुमारी घिसिङ तामाङ (प्रथम पुरस्कार)

बी बी लामा तामाङ – तामाङ अनलाइन डटकम  (दोस्रो पुरस्कार)

मीना माया माम्बा तामाङ(तेस्रो पुरस्कार)

नानीमाया योन्जन तामाङ(सान्त्वना पुरस्कार)

प्रतियोगिताका नियमहरू:-

प्रतियोगितामा सहभागिता हुनको निमित्त निम्न बमोजिमको नियमहरु पालना गर्नुपर्नेछ ।
१) सहभागिताहरुले अनिवार्य रुपमा “नेपाल तामाङ घेदुङ, ईजरायलको पेज लाईक गर्नु पर्नेछ ।
२) नेपाल तामाङ घेदुङ ,केन्द्रले निर्धारित गरेको तामाङ समुदायको मौलिक पहिचान पुरूष भेषभुषा अनुसार हुनु पर्नेछ।
क) सुर्काअी (लुकुनी) छोटो बाहुला र किनारामा तामाङको परम्परागत बुट्टा भएको तल लामो घुँडा भन्दा माथिसम्म ठाँउ अनुसारको कपडा सादामा हुनु पर्नेछ।
ख) तामाङ पहिचान स्योदे /कुलागी/ तागी/(टोपी):- टोपीमा दोर्जेग्याडम , डम्फु , कोकोम्हेन्दो ,पन्च रंगको बोडर भएको हुनुपर्नेछ ।
३) फोटो नेपाल तामाङ घेदुङ,केन्द्रले निर्धारित गरेको पुरूष भेषभुषाको मापदण्ड अनुसार हालसालै खिचेको फुल फोटो ( Full Size ) र एकल (Single) भएको हुनुपर्नेछ ।
४) फोटो सहित आफ्नो पुरा ठेगाना र फोन नम्बर पठाउनु पर्नेछ । फोन नम्बर गोप्य रहनेछ ।
५) फोटो ५ तारिख फेब्रुअरी २०२१ (शुक्रबार) ईजरायलको समय बेलुका १०:०० बजे भित्र पठाइसक्नु पर्नेछ ।
६) फोटो ६ तारिख फेब्रुअरी २०२१(शनिबार) नेपाल तामाङ घेदुङ, ईजरायलको पेजबाट भोटिङको लागि सार्बजानीक गरिनेछ।
७) फोटो नेपाल तामाङ घेदुङ, ईजरायल पेजको इनबक्स र नेपाल तामाङ घेदुङ , इजरायल संस्थाको इनबक्स वा संयोजक समिति सदस्यहरूको इनबक्समा पठाउनु पर्नेछ।
viber , WhatsApp बाट पनि उपलब्ध गराउन सक्नु हुनेछ।
सम्पर्क नम्बर :- ०५४८१७१५३२/ ०५४३३२९२७०/०५०२१६२२७९/ ०५४९९३९५५३/०५४३४२०३६६
८) पेज ( Like )लाईक र फोटोको लाईक (Like) लाई मात्र मान्यता दिईनेछ । Like को option मा भएको रिएक्ट Love 😍 Wow 😯 care 🥰 लाई पनि भोटमा गनिनेछ ।
९) अटो लाईक Like लाई मान्यता दिईने छैन ।
१०) फोटोमा mention/comments,share गर्न सक्नेछ ।फोटोमा LIke र share गरेको १० तारिख फ्रेबुअरी (२०२१) बुधबार ईजरायलको समय बेलुकी १०:०० बजे सम्मलाई मात्र मान्यता दिइनेछ ।
११) बिजेताको घोषणा नेपाल तामाङ घेदुङ,इजरायलद्वारा आयोजित मन्जुश्री संवत् २८५७ लाङ, म्हे ल्हो (गाई बर्ग) सोनाम ल्होछार कार्यक्रम १३ फेब्रुअरि २०२१ शनिबार घोषणा हुनेछ ।
सम्पुर्ण प्रतियोगीहरुलाइ बिजेताको अग्रिम शुभकामना 💐।

अन्तर्राष्ट्रिय तामाङ पुरुष भेषभुषा प्रतियोगिता २०२१ 

संयोजक : नानीमाया योन्जन तामाङ
संयोजक सदस्यहरु
छत्र गोले तामाङ
सुनिल रुम्बा तामाङ
हिरामाया तितुङ तामाङ
मदन नेगि तामाङ

आयोजक :- नेपाल तामाङ घेदुङ , इजरायल ।






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution