यसपाली माघ १ गते सार्वजनिक बिदा हुने

याम्बु – सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वका अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो |
सोही बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गर्न पनि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
प्रकाशित : २०७७ पौष २६ गते