हेडलाईन

नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको अधिवेशन सम्पन्न,अध्यक्षमा श्याम मम्बा तामाङ चयन         नेपाल तामाङ घेदुङ कुर्दिस्तानको दोस्रो अधिवेशन हुदै         आजदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ खुल्यो         तामाङहरूको मौलिक कला तथा संस्कृति बिषयक भर्चुअल संवाद तथा अन्तरक्रिया कार्यक्रम हुदै         आदिवासी जनजाति साहित्यकार महासंघ गठन,संयोजकमा राजन मुकारुङ         घेदुङ इजरायलद्वारा तामाङ पुरूष भेषभुषा प्रतियोगितामा भाग लिन आव्हान         यसपाली माघ १ गते सार्वजनिक बिदा हुने         नेपाल आदिवासी जनजाति महासंघ कतारको अध्यक्षमा पुरुषोत्तम सुनुवार चयन         तामाङ घेदुङ इजरायलले जुमअनलाइन मार्फत सोनाम ल्होछार २८५७ को शुभकामना आदानप्रदान गर्ने         इजरायलमा माघ्या सकराटी पर्व जुम अनलाइन मार्फत शुभकामना आदानप्रदान सहित मनाउदै         संघीयता:नेपालकोबाट संसार भर फैलियो         आज तमु ल्होसार,तमु ह्यल छोंजधिले जुम मार्फत शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         य:मरी पुन्हि अले मतिना पारु         नेकपा प्रवास संगठनका केन्द्रिय ‘अध्यक्ष र सचिव’ प्रचण्ड-नेपाल समुहमा         नेकपा प्रवास संगठन नेताहरु कुन देशबाट को कता ? नामावली सहित        

तामाङ घेदुङ इजरायलले जुमअनलाइन मार्फत सोनाम ल्होछार २८५७ को शुभकामना आदानप्रदान गर्ने

तेलअविव – नेपाल तामाङ घेदुङ इजरायलले तामाङ समुदायको महान नेपाली राष्ट्रिय पर्व मंजुश्री संवत २८५७ लाङ / म्हे ल्हो , अर्थात ( गाई वर्ग ) सोनाम ल्होछार जुम अनलाइन मार्फतआगामी २०२१ फेब्रुअरी १३ तारिख शनिबार इजरायलको समय अनुसार बिहान ११ बजे देखि सोनाम ल्होछार- २८५७ शुभकामना आदानप्रदान सहित मनाउने संस्थाका महासचिव  शम्भु घिसिङ तामाङ ( निङमा)ले जानकारी दिनु भएको छ |

ल्होछार पर्वको अवसरमा नेपाली अन्तराष्ट्रिय तामाङ पुरुष भेषभुषा प्रतियोगिता – २८५७ समेत गर्ने भएको छ | तामाङ पुरुषहरुले लगाउने पहिरनमा एकरुपताको लागि नेपाल तामाङ घेदुङ केन्द्रले निर्धारण गरेको मापदण्ड अनुसार तामाङ पुरुषहरुले लगाउने भेषभुषालाई  सम्वर्द्धन,बिकास र प्रचारप्रसार गरी तामाङ पहिचान र भेषभुषालाई विश्व भरि चिनाउने उद्धेश्य रहेको अन्तराष्ट्रिय तामाङ पुरुष भेषभुषा प्रतियोगिताका संयोजक नानीमाया योन्जन तामाङले बताउनु भएको छ |

प्रवासमा रहेर पनि आफ्नो धर्म, भाषा, लिपी, कला, साहित्य, संस्कार, संस्कृति,चाड, पर्व, भेषभुषा, रिमठिम परम्परा आदिको संरक्षण सम्बर्द्धन र बिकासको मुल उदेश्य लिएर बिगतका बर्षहरुमा जस्तै यो बर्ष प्रत्यक्ष रुपमा धुमधाम कार्यक्रम गर्न असम्भव रहेको कारण संसार नै तहसनहस बनाई कोरोना भाइरसले अग्रस्थान ओगटी रहेको अबस्थामा  संचार माध्याम जुम मार्फत आफ्नो मौलिक पर्व अन्तराष्ट्रिय रुपमा शुभकामना आदानप्रदान गर्दै सोनाम ल्होछार मनाउने हेतुले नेपाल तामाङ घेदुङ,केन्द्रको प्रमुख अतिथिमा , प्रवासमा रहेको तामाङ संघसंस्थाहरु सबैलाई आमन्त्रण गरि कार्यक्रम गर्ने भएको छ | साथै इजरायलमा रहेको स्थानीय धार्मिक, सामाजिक, राजनीतिक र  संघसंस्थाहरुको उपस्थितिमा ” सोनाम ल्होछार-२८५७  ” शुभकामना आदान-प्रदान कार्यक्रम गर्ने लागेको घेदुङ इजरायलले जानकारी दिएको छ |

स्वदेश तथा बिदेशमा छरिएर रहनुहुने समस्त तामाङ ज्योज्योआले नानाआङा तथा इजरायलवासी तामाङ ज्योज्यो, आले नाना, आङाहरु साथै  नेपाली दाजुभाई तथा दिदिबहिनीहरु सम्पूर्णमा गरिमामय उपस्थितिको निमित्त नेपाल तामाङ घेदुङ, इजरायल द्वारा हार्दिक निमन्त्रणा गरेको छ |






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution