इजरायलमा माघ्या सकराटी पर्व जुम अनलाइन मार्फत शुभकामना आदानप्रदान सहित मनाउदै

तेलअविव – नेपाल मगर संघ शाखा इजरायलले ‘भेषभुषा ,भाषा ,धर्म संस्कृतीको संरक्षण एवम बिश्व भरिका मगरहरुको एकता अहिलेको आवश्यकता”भन्ने नाराका साथ आउँदै गरेको राष्ट्रिय पर्व माघ्या सकराटी -५०१४ ( २०७७ ) जुम भर्चुअल मार्फत “माघ्या सकराटी”पर्व मनाउने भएको छ।
नेपाली राजदुताबासबाट महामहिम राजदुत डा अन्जान शाक्यको प्रमुख अतिथ्य तथा नेपाल मगर संघ केन्द्रका अध्यक्ष नबिन रोक्का मगरको बिशेस अतिथ्यमा माघे सक्रान्ति “माघ्या सकराटी”पर्व शुभकामना आदान प्रदान कार्यक्रम गर्दै मनाउने भएको जानकारी संघका महासचिव बिबश आले मगरले जानकारी दिनु भएको छ।
नेपाल मगर संघ शाखा इजरायलले स्थापना भए ( सन् २०१३ साल) यता प्रत्येक बर्ष मगर समुदायको पहिचानका चाड पर्वहरु भब्य रुपले मनाउदै आइरहेको छ।
जुम भर्चुअलमा सहभागी हुनको लागि इजरायलमा स्थापित सम्पुर्ण संघ ,संस्थाहरु ,मिडियाकर्मी त्यसैगरि नेपाल मगर संघ केन्द्र र केन्द्रको मातहतमा रहेका सम्पुर्ण भातृसंस्थाहरु ,बैदेशिक संगठनहरु ,बुद्धिजीवी ,अग्रजहरु , लगायत देश विदेशमा छरिएर रहनु भएका सम्पुर्ण नेपालीभाषी दिदीबहिनी ,दाजुभाईहरुलाई नेपाल मगर संघ शाखा इजरायलले हार्दिक अनुरोध गरेको छ।