संघीयता:नेपालकोबाट संसार भर फैलियो

-नरेश नेवा
तत्कालीन मल्ल कालिन नेपाल काठमाण्डौं भक्तपुर ललितपुर लगायत धेरै राज्यहरूमा छूटाछूटै राजाहरू थिए उनीहरुको आ आफ्नै सघिय स्वायत सासन र कानूनहरू थिए | यी सबै नेपाल देशको छूटाछूटै राजतंत्रात्मक स्वायत संघ राज्यहरू थिए | नेपाल देश भित्रको यि छूटाछूटै स्वायत संघ राज्यहरू तत्कालीन समयमा बिश्व मैं अब्बल राज्यहरु थिए |
य: यल: ख्वप (काठमांनदौ ललितपुर भक्तपुर ) त्यस्तै भोत: किपुलु ( बनेपा, कीर्तिपुर ) थिमि ,द्वालखा , पन्ति ( पनौती ) धौख्य (धुलिखेल ) साक्व नाला नक्व ( नुवाकोट) तिस्तुङ्ग पालुङ्ग, थसी, थैब ,तोखा, खोना, बुंग: ईत्यादि नेपाल देशको छूटाछूटै राजतंत्र सहितको स्वायत संघीय राज्यहरू हुन |
यसरी छुटाछुटै स्वायत संघीय राज्य भएर पनि यी राज्यहरु बिच भाषा लिपि संबत मठ मन्दिर बहि ( बिहार )गीत साहित्य बिहाबारी मुद्रा लगायत सामाजिक धार्मिक सास्कृतिक सवालहरुमा नियम कानुनहरु अन्तर सम्बद्ध छन |
साथै राज्य कर व्यवस्था देखि देखि हरेक कुरामा एक रुपता हुनुले यी राज्यहरु बिच चेन्ज अफ कमान्ड अन्तर सामुहिक निर्णय र समन्वय हुनुले यी राज्यहरु विच साझा महासघ वा केन्द्र सघ थियो भने अनुमान लगाउन गाह्रो हुँदैन |
ल्हासा सिकिम बनारस काश्मीर बर्मा लगायत अन्तराष्ट्रिय क्षेत्रहरु सग व्यापारिक सम्बधहरुमा समेत सबै यी राज्यहरू बिच एउटै ब्यापार नीति र मुद्रा कायम हुनुले पनि यी राज्यहरु बिच समन्वय गर्ने केन्द्र सघ छन भने प्रष्ट हुन्छ |
यी सबै उदाहरणहरु किन दिई रहेका छौ भने मल्ल काल सम्म नेपाल सघियतामा आधारित छुटाछुटै स्वायत राज्यहरु मिलेर नेपाल देश स्थापना भएको भने जो कोहिले अनुमान लगाउन सकिन्छ | अहिले मानिसहरुले भने झै सघियता भर्खरै बिदेस बाट आएको भने कुरा माथिको तथ्यहरुले गलत साबित गर्छ |
गोरखा राज्यका साह राजा पृथ्बी नारायण साहले साना साना सघिय राज्यहरुमा विभाजित नेपाल देशलाई एकीकरण गरेको भने अर्थले पनि यो प्रस्ट हुन्छ की यी राज्यहरु नेपाल देश कै छुटाछुटै संघीय स्वायत सघ राज्यहरु थिए | पृथ्बी नारायण साहले कुनै बिदेशी भुमि सग लडेर बिदेशी भुमी नेपालमा गाभिएको जितेको भने पक्कै हैन | बरु नेपाल कै साना साना सघिय राज्यहरुलाई एकात्मक सासनमा गाभिने काम गरेका मात्र हुन | एउटै देशको साना साना राज्यहरु भनुको अर्थ नै त्यो बेला देखि नेपाल बिभिन्न सघियता सघ राज्यहरुमा नेपाल स्थापित थियो भने अर्थ लाग्छ |
पश्चिम नेपालमा बिसाल खस राज्य खस राजाहरु , मगर राज्य मगर राजाहरु, तमु राज्य राजाहरु, थारु राज्य, नेपाल राज्य मल्ल राजाहरु, काठमाण्डौ वरिपरी तामाङ राज्यका राजाहरु, पुर्बमा लिम्बुहरुको राज्य र नेपाल राज्यमा पनि मल्ल राजाहरुको छुटाछुटै राज्यहरु हुनु सघियता कैं उदाहरणहरु हुन |
नेपालमा गणतन्त्र आउने बेला सम्म बझांगी राजा जय पृथ्बी बहादुर सिहको राज अधिकारलाई स्विकार गरि पछी सम्म बिभिन्न सुबिधा दिनुले पनि नेपाल मल्ल काल सम्म सघिय ढाचामा बिभिन्न स्वायत राज्यहरु सहितको सघियता स्थापित सघ राज्यहरुको सयुक्त नेपाल भने प्रष्ट अर्थ लाग्छ |
तत्कालिन नेपाल राज्यमा सरन लिई हुर्के बढेका गोरखा राज्यका साह राजा पृथ्बी नारां साहले नेपाल राज्यको समृद्ध र बैभव माथि आँखा गादे र उ आफै त्यहि सम्पन्न राज्यको राजा हुने महत्वाकाछी सोचले नेपाल देशका यी सघिय राज्यहरु माथी आक्रमण सुरु गरिएको थियो जस्लाई एकीकरण भनियो |
गोरखा राज्यको बिजय र बिस्तार सगै सघिय राज्यहरु सघियता बाट एकात्मक ढाचामा शासन स्थापना भयो | भुमि एकीकरण सम्मलाई सबैले स्वीकार गरे पनि बिबिध राष्ट्रियताहरुको बहुराष्ट्रियता ( राष्ट्रिय समुदायहरु ) बहुभाषीय बहु सास्कृतिक बहुधार्मिक सम्रचना सहितको सघिय नेपाललाई एकल नश्लिय एक जातीय एकल भाषिय एकल धार्मिक एकल सास्कृतिक एकल भेषभुषाको नीति अबलम्बन गरि नेपाल नाम नै सदर गरि एकात्मक गोर्खा राज्यको उदय भयो |
गोरखा राज्यका साह राजा पृथ्बी नारा साहले कुनै बिदेशी भुमि नेपालमा गाभिएको नभई सघिय राज्यहरु बिघटन गरि एकल जातीय राज्य संरचनामा देशलाई लगेको थियो |
यी तथ्यहरुले के प्रस्ट हुन्छ भने तत्कालिन नेपाल मल्ल काल सम्म संघीयता भएको देश भने प्रष्ट हुन्छ भने पृथ्बी नारा साहको उदय पछि संघीयतामा आधारित राज्यहरु विघटन भयो र एकात्मक केंद्रीकृत सासन उदय भयो |
यहि मल्ल कालिन नेपालको सघियताको अवधारण बाट सिकेर पछी अमेरिका लगायत युरोपका धेरै देसहरु सघिय सम्रचनामा गएको देखिन्छ | त्यस कारण मानिसहरुले भने झैँ सघियता बिदेस बाट नेपालमा आएको भने गलत हो बरु सघियता नेपाल बाट अन्य देशहरुमा सरेको देखिन्छ |
सुभाय