नेकपा प्रवास संगठनका केन्द्रिय ‘अध्यक्ष र सचिव’ प्रचण्ड-नेपाल समुहमा
याम्बु – नेकपा प्रवास संगठन प्रबासी नेपाली एकता मञ्चका केन्द्रिय अध्यक्ष युवराज चौलागाई र सचिव श्रीप्रसाद साह क. प्रचण्ड र क. माधव नेपाल अध्यक्ष रहेको आधिकारिक नेकपामा रहेका छन् |
प्रबासी नेपाली एकता मञ्च र मञ्चमा संगठित सबै तहका सदस्यहरुलाई क. प्रचण्ड र क. माधव नेपाल अध्यक्ष रहेको आधिकारिक नेकपामा गोलबद्ध हुन, पार्टी बाहिर र भित्रका ग़लत प्रबृती बिरुद्ध एकताबद्ध भएर संघर्ष गर्न र बिगतमा झैं नेपालका हरेक मोडहरुमा सक्रियतापूर्बक सहभागी हुन हार्दिक अनुरोध भन्दै वहाँहरु दुवै जनाको हस्ताक्षर सहित अपिल गर्नुभएको छ |