हेडलाईन

‘हिटलर र यहुदी’ मा मानव चेतना         ६० लाख यहुदीको नरसंहार गरेका हिटलर र यहुदी बालिकाबीच मित्रताको त्यो कथा         तामाङ घेदुङको नवौं महाधिवेशन दोश्रोपटक स्थगित         नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान बल तामाङ नियुक्त         सागका दोहोरो स्वर्ण  उपाधि जित्न सुवास तामाङ सफल         दिल्लीस्थित इजरायलको दुतावास नजिकै बम विस्फोट         शेर्पा संघ इजरायलले अनलाइन मार्फत ग्याल्पो ल्होसारको शुभकामना आदानप्रदान गर्ने         नेपाल र इजरायल बीच अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न         नेपाल–इजरायलबीच अस्थायी रोजगारी सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने         तामाङ समाज जापानले ल्होछारको अबसरमा तामाङ पहिरन फोटो प्रतियोगिता गर्दै         नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको अधिवेशन सम्पन्न,अध्यक्षमा श्याम मम्बा तामाङ चयन         नेपाल तामाङ घेदुङ कुर्दिस्तानको दोस्रो अधिवेशन हुदै         आजदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ खुल्यो         तामाङहरूको मौलिक कला तथा संस्कृति बिषयक भर्चुअल संवाद तथा अन्तरक्रिया कार्यक्रम हुदै         आदिवासी जनजाति साहित्यकार महासंघ गठन,संयोजकमा राजन मुकारुङ        

नेकपा प्रवास संगठन नेताहरु कुन देशबाट को कता ? नामावली सहित

तेलअविव – नेकपाको केन्द्रको विभाजनको प्रभाव प्रवास संगठनमा परेको छ | प्रम ओली समुह र प्रचन्ड-नेपाल समुह गरि दुई भागमा विभाजित भएको छ | हालको लागि संगठनको नामको दावी दुवै समुहले गरेको छ | दुवै समुहले बिज्ञप्ति जारि गरेर आफ्नो समुहको नामवली सार्वजानिक गरेका छन् |

प्रवास संगठनमा अध्यक्ष र सचिव रहेकोले उनीहरुको नाम सहित आ-आफ्नो समुहको विभाजन भएको उल्लेख गरेका छन् | दुवै समुहमा को को छन् | बिज्ञप्ति सहित नामवली यसप्रकार रहेका छन् |

प्रवासी नेपाली एकता मञ्च(प्रचन्ड-नेपाल) समुह   

२१ डिसेम्बर २०२०
प्रेस वक्तव्यको पूर्णपाठ:

प्रधानमन्त्री के पी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संसद् विघटन गर्न गरेको निर्णयबाट हामी स्तब्ध भएका छौं । प्रधानमन्त्रीको यो कदम असंवैधानिक रहेको र जनताको चाहना विपरित रहेको हाम्रो ठहर छ ।

देश कोरोनाको कहरबाट गुज्रिरहेको बेला जनताको पीडामा मल्हम लगाउनु पर्ने बेलामा सरकारको यो निर्णय गलत छ । तीन वर्ष अघि जनताको म्यान्डेटबाट आएको झन्डै दुइ तिहाई बहुमत प्राप्त सरकारले देशको मुहार फेर्न क्रान्तिकारी र प्रगतिशील कदमहरु उठाउने आम जनताको आशा थियो । तर, सरकारले शुरु देखि नै त्यस दिशामा काम गर्न सकेन । पार्टी भित्रबाट सच्चिन बारम्बार सल्लाह दिंदा प्रधान मंत्री र उहाँका निकटहरुले त्यसलाई दबाबका रुपमा लिनु भयो ।

समझदारी र संवादको माध्यमबाट तार्किक निष्कर्षमा पुग्ने सम्भावना बांकी रहंदा रहंदै पनि संसद विघटन गर्ने सरकारको यो निर्णय गलत छ भन्ने हाम्रो मान्यता छ । यदि कुनै किसिमले सच्याउन सम्भव भए यो कदमलाई सच्याएर वार्ता र छलफलबाट अहिलेको संकटलाई निकास दिन हामी आग्रह गर्दछौं । सरकारकै बहुसंख्यक मन्त्रीहरु, प्रतिपक्ष लगायत सबैले विरोध गरिरहेको यो कदमले देशलाई अस्थिरताको बाटोमा लग्ने भएकाले तत्काल सच्याउन पनि हामी माग गर्दछौं ।

प्रवासी नेपाली एकता मञ्चहरुको तर्फबाट 

राजेन्द्र पुडासैनी – अध्यक्ष

सुरेश गौतम- सचिब

२. पोर्चुगल

डोलराज भण्डारी – सचिब

३. साइप्रस

रमिला राई: अध्यक्ष

केसव ठकुरी -सचिव

४. बहराईन

नारायण रपाल बिस्वकर्मा, सचिव

५. युएई,

बाबुराम बिश्वकर्मा-अध्यक्ष

६. ओमान-

उमेश बि.क. अध्यक्ष

७. ईजरायल

अनिरुद्र जोशी सुवेदी – सचिब

८. जर्मनी

चन्द्रकान्त आचार्य- अधक्ष्य

सागर पोखरेल- सचिव

९. स्वीजरल्याण्ड

अचुतप्रसाद फुयाल- अध्यक्ष

१०.जापान:

हवल चन्द्र लामा- अघ्यक्ष

११. अस्ट्रिया

धर्मराज खतिवडा – अध्यक्ष

रबिचन्द्र भट्टराई- सचिव

१२. डेनमार्क

अध्यक्ष: उदयराज गौतम

सचिव: कृष्ण धानुक

१३. कतार

मोहन कार्की- सचिब

१४. साउदी अरब

शिवराज जैसी- अध्यक्ष

राजु खनाल- सचिब

१५. आयरल्याण्ड

सुकमान लामा – अध्यक्ष

१६. कोरिया

दिलिप धिताल- अध्यक्ष

१७. बेल्जियम

जितबहादुर लामा- अध्यक्ष

१८. नेदरल्याण्ड

थानेश्वर गौतम- सचिव

१९. स्पेन

अशोक किरण न्यौपाने – सचिव

२०. अस्ट्रेलिया

प्रवीण कंडेल- सचिव

२१. मकाउ

मनोजकुमार धामी -सचिव

२२. अमेरिका

प्रकाश अधिकारी -सचिव

२३. हङकङ

जे बी ओख्रबु -अध्यक्ष

२४. स्वीडेन

मदन ढकाल -अध्यक्ष

२५. कुबेत

मुनु भुजेल-सचिब

२६. मलेसिया

रमेश प्रसाद तिवारी – अध्यक्ष

दयाराम कुमाल- सचिव

२७. फ्रान्स

सुमन पौडेल -सचिव

२८. रसिया

डा. मन मुर्ति भुर्तेल – अध्यक्ष

इन्द्रप्रसाद भुसाल – सचिव

२९. इटाली

हरिभक्त काराखेती – सचिव, इटाली

३०. नर्वे

सचिव- सन्तोष भण्डारी

*****

प्रवासी नेपाली एकता मञ्च (ओली समुह)को अपील |

वक्तव्य पूर्णपाठ :

मिति २०७७ साल पुस ५ गते तदनुसार २०२० डिसेम्वर २० का दिन नेपालका सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली सरकारको सिफारिसमा महामहिम राष्ट्रपति विद्यादेवी भण्डारी ज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरुको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनता समक्ष जान मिति २०७८ साल वैशाख १७ र २७ गते अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको घोषणा गरेको कुरा स्वागतयोग्य छ ।

तीन वर्ष पहिलेको आमनिर्वाचनबाट नेपाली जनताले राजनीतिक स्थिरता, शान्ति, विकास र समृद्धिको लागि अत्याधिक बहुमत सहितको जनमत यस सरकारलाई दिएको हो । तर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको अस्वभाविक अन्तरपार्टी विग्रहले अत्याधिक जनमतद्वारा गठित यस लोकप्रिय सरकारलाई अनेकौं बाधाव्यवधान खडा गरी हलचल गर्नै नदिने अवस्थामा पुर्याईएको हो । यति मात्र होईन, आगामी पार्टी महाधिवेशनबाट पार्टी अध्यक्ष छोड्ने र आगामी आम निर्वाचनबाट सरकारको नेतृत्वबाट विदा लिने लिखित प्रतिबद्धता गरेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई दिनहुँ जसो अत्तो थापी सरकार र पार्टीलाई चल्नै नदिने अवस्थामा पुर्याएको कुरा हामी सबैलाई जानकारी छ । भर्खरै मात्र संवैधानिक परिषदको बैठकमा संवैधानिक दायित्वमा रहेको सभामुखलाई पार्टी गुटको निर्देशन अनुसार अनुपस्थित गराई अढाई वर्षदेखि रिक्त रहेको संवैधानिक निकायहरुलाई निकम्मा नै बनाई छाड्ने काम समेत गरेको कुरा घाम जति नै छर्लङ्ग छ । पार्टीलाई व्यवस्थित र एकताबद्ध बनाई सरकारले गरेका हरेक जनप्रिय कामहरुको पक्षमा जनमाहौल सृजना गरी तिनीहरुको प्रभावकारी कार्यान्वयनमा जनपरिचालन गर्नुको सट्टा पार्टीमा गुटबन्दिपूर्ण अवस्था बनाईएको छ । पार्टीको सम्माननीय प्रधानमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव तयार पार्ने र महामहिम राष्ट्रपतिज्यू विरुद्ध महाअभियोगको तयारी गर्ने मात्रै नभई पार्टीका आफ्नै कमरेडहरुलाई चोर, मानसिक रोगी, पागल, गुटवाज, भ्रष्ट, अलोकतान्त्रिक, अधिनायकवादी जस्ता अत्यन्तै घिनलाग्दा अराजनीतिक आरोपहरु लगाउनुका साथै सम्मानित प्रधानमन्त्री र राष्ट्रपतिलाई मानसिक रोगी, उखाने, भ्रष्ट, अधिनायकवादी, महारानी जस्ता अत्यन्तै घृणित लान्छनाहरु लगाई पार्टीभित्र अराजक र शत्रुतापूर्ण अवस्था बनाएकोले नै आजको यो अवस्था बनेको हो ।

यस विषम परिस्थितिको जिम्मेवारी पार्टीका अर्का अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालयका वरिष्ठ नेता कमरेड माधवकुमार नेपाल सहितले लिनुपर्दछ । वर्तमान संसदको केही वर्षको अवधि बाँकी छँदै आम निर्वाचनमा जाने अवस्था बन्नु अवश्य पनि सुखद होईन । तथापी, यस विषम परिस्थितिको एक मात्र उपयुक्त विकल्प जनताको ताजा जनादेश लिनु नै हो । जनताले गर्ने फैसलाबाट नै देश अघि बढनुपर्दछ । यसर्थ, प्रवासमा संसारभरि छरिएर रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थित हामी प्रवासी नपाली एकता मञ्च नेपाल सरकारको सिफारिसमा महामहिम राष्ट्रपति ज्यूबाट घोषणा भएको आम निर्वाचनलाई हार्दिक स्वागत गर्दछौं । लोकतन्त्रमा जनता जहिले पनि न्यायाधीश हुने भएकोले नेपाली जनताको ताजा जनादेश लिन निर्वाचनमा सहभागी हुन आम नेपाली जनसमुदायमा हार्दिक अपील गर्दछौं ।

प्रवासी नेपाली एकता मञ्चहरूका तर्फबाट :

संपूर्ण प्रवासी नेपाली एकता मंचहरूका तर्फबाटः
क्र.स नाम देश पद
१ प्रभु थापा अमेरिका अध्यक्ष
२ रमेश पाण्डे अस्ट्रेलिया अध्यक्ष
३ चानक पोखरेल कतार अध्यक्ष
४ रमेश थापा क्यानडा अध्यक्ष
५ लोकनाथ भण्डारी भारत अध्यक्ष
६ तिर्थ गौतम इजरायल अध्यक्ष
७ गोविन्द पौडेल पोर्चुगल अध्यक्ष
८ भक्त वाग्ले फ्रान्स अध्यक्ष
९ बिश्वास बजगाइ नर्बे अध्यक्ष
१० हेम शेर्पा स्पेन अध्यक्ष
११ टंक कटुवाल पोल्याण्ड अध्यक्ष
१२ उत्तम आचार्य चेक रिपब्लिक अध्यक्ष
१३ धर्म राज पाण्डे इटाली अध्यक्ष
१४ कोमल पौडेल फिनल्याण्ड अध्यक्ष
१५ शालिग्राम पन्त बहराईन अध्यक्ष
१६ आत्मा राम खनाल न्युजिल्याण्ड अध्यक्ष
१७ चन्द्र कान्त आचार्य जर्मनि अध्यक्ष
१८ डा. मन मूर्ति भुर्तेल रसिया अध्यक्ष
१९ शिब थापा मकाउ अध्यक्ष
२० प्रेम काजि गुरुङ नेदरलाण्ड अध्यक्ष
२१ पर्शुराम सापकोटा द. कोरिया अध्यक्ष
२२ राज कुमार थापा कुवेत अध्यक्ष
२३ बिक्रम के सि स्विजरलाण्ड सचिव
२४ बोध राज पौडेल बेल्जियम सचिव
२५ गंगा घिमिरे स्वीडेन सचिव
२६ चन्द्रकला निरौला आएरलेण्ड सचिव
२७ श्याम राज पाठक युएई सचिब
२८ दयाराम कुमाल मलेसिया सचिब
२९ यदु राम पन्थि चेक रिपब्लिक सचिव
३० मनोज भुसाल फिनल्याण्ड सचिव
३१ मिलन जी सि न्युजिल्याण्ड सचिव
३२ महेश प्रसाद न्यौपाने ओमन सचिव
३३ विनोद कुमार आचार्य पोल्याण्ड सचिव

धन्यबाद |

 






Related Posts

शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution