नेफिन इजरायलको जुमभर्चुअल अन्तरसंवाद कार्यक्रम,वक्तामा मोहन गोले तामाङ

तेलअविव – नेपाल आदिवासी जनजाती महासंघ इजरायल”द्वारा १९ डिसेम्बर २०२० शनिवार इजरायलको समयानुसार दिउँसो १ बजे ‘आदिबासी जनजाति आन्दोलन अवस्था , भावी रणनीति र हाम्रो भुमिका’ बिषयक तेस्रो चरणको जुम भर्चुअल अन्तर संवादको कार्यक्रम भएको छ |
प्रमुख वक्ता ‘नेपाल आदिवासी जनजाति महासंघ केन्द्र , वक्ताहरुमा महासंघमा आवद्ध संगठनसंस्था नेपाल मगर संघका अध्यक्ष नबिन रोका मगर र नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन कुमार गोले तामाङ र नेफिन प्रवास संगठनका अध्यक्षहरुको सहभागितामा संवाद कार्यक्रम गर्ने भएको छ |
बिषयसंग सम्बन्धित या मुद्दा प्रती बुझ्न चाहनुहुने संसारका सम्पुर्ण आदिवासी दाजुभाइ दिदिबहिनीहरु साथै गैरआदिवासीहरु सबैमा हार्दिक निमन्त्रणा गरेको छ ।