एनआरएनए इजरायलले नेपाली कामदारहरुको हक अधिकार,नेपाली राजदूतावासको सरोकारबारे अन्तरक्रिया गर्ने

तेलअविव -गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलले संस्थाको स्थापना १३औ बार्षिकोत्सवको पुनित अवसरमा इजरायल तथा साइप्रसमा रहेका नेपाली कामदारहरुको हक अधिकार, नेपाली राजदूतावासको सरोकार” शिर्षकमा अन्तरक्रिया गर्ने भएको छ |
अन्तरक्रिया कार्यक्रम आगामी १९ डिसेम्वर शनिवार दिनको ठिक १२:१० बजे जुम अनलाइन भर्चुअल मार्फत गर्ने भएको छ |
इजरायल तथा साइप्रसमा रहेका केयरगिभर कामदार, कृषि प्रशिक्षण, उच्चशिक्षा अध्ययन लगायत विभिन्न शिलशिलामा इजरायल तथा साइप्रसमा समेत रहेका नेपालीहरु र अविभावकको रुपमा रहेको नेपाली राजदूतावासविचको आपसी सम्वन्ध अझ प्रगाढ र मजवुत रहोस् भन्ने उद्देश्यका साथ नेपाली राजदूतावाससँग इजरायल तथा साइप्रसमा रहेका नेपालीहरु समेतले प्रत्यक्ष रुपमा आफ्ना समस्या, जिज्ञासा र गुनासाहरु राख्ने र नेपाली राजदूतावास इजरायलले नेपाली नागरिकको हकमा इजरायल वा साइप्रसमा रहदा के कति सुविधाहरु उपलव्ध गराउन सक्छ भन्ने बिषयमा नेपाली राजदूतावासको नागरिक वडापत्र समेत सार्वजनिक गर्ने गरी गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलले अन्तरक्रिया कार्यक्रमको आयोजन गरेको जनाएको छ |
उक्त कार्यक्रममा इजरायल तथा साइप्रसमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा उपस्थितको लागि हार्दिक आमन्त्रण गरेको छ |