प्रभु लाइफ इन्स्योरेन्सको आजदेखि आईपिओ शेयर खुल्यो,अनलाइबाट कसरि भर्ने ?

याम्बु – प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले मङ्सिर २९ गते (आज)देखि सर्बसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशन गरेको हो । ६० लाख कित्ता मध्ये ३ लाख कित्ता कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने ३ लाख कित्ता नै सामुहिक लगानी कोषको लागि छुट्याएको छ ।
बाँकि रहेको ५४ लाख कित्तामा सर्बसाधारणले आवेदन दिन पाउने छन् । लगानीकर्ताले आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
आईपिओमा छिटोमा मङ्सिर २ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा पुस १३ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीको बिक्रि प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
लगानीकर्ताले सिद्धार्थ क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, कमलादी, काठमाडौँ तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि(आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रहेको र ६० करोड बराबरको साधारण शेयर बिक्री प्रक्रिया पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब हुन्छ । आईपीओ प्रक्रिया पश्चात कम्पनीमा सस्थापक शेयरको हिस्सा ७० प्रतिशत हुने छ भने साधारण शेयरको हिस्सा ३० प्रतिशत हुने छ।
आईपीओ कसरि भर्ने ?
आइपिओ भर्नाको लागि डिम्याट खाता खोल्नुपर्छ | डिम्याट खाता खोल्न अनिवार्य रुपमा बैंक खाता खुलेको हुनुपर्दछ | यदि जो कसैको बैंकमा खाता खोलेको छैन भने डिम्याट खाता खोल्न सकिदैन | डिम्याट खाता खोलि सकेपछी मेरो शेयरको आई पासवोर्ड लिनुपर्छ | साथै आफ्नो बैंक खाता भएको बैंकमा सम्पर्क राखी सिआरएन नम्बर अनिवार्य लिनुपर्छ |
डिम्याट भनेको के हो ?
डिम्याट भनेको कागजी रूपमा रहेको भौतिक सेयर प्रमाणपत्रहरुलाई विद्युतीय प्रणालीमा अभिलेख राख्ने कार्य हो । अर्थात भौतिक रूपमा भएका सेयर प्रमाणपत्रलाई अभौतिक( इलेक्ट्रोनिकीकरण) गर्ने प्रक्रिया हो ।
सेयर बजारमा प्रचलनमा रहेको कागजी प्रक्रियालाई सुरक्षित बनाउन र व्यवस्थित गर्न सेयर प्रमाणपत्रलाई डिम्याट गरिन्छ । डिम्याटको सुरुवातले सेयर कारोबार छिटोछरितो गर्न सघाएको छ । सेयरको अभौतिकीरणले सेयर प्रमाणपत्र बोकेर हिँडने, च्यातिने, बिग्रने, हराउने जस्ता समस्याबाट लगानीकर्ताले मुक्ति पाएका छन् ।
हितग्राही भनेका को हुन् ?
हितग्राही भन्नाले निक्षेप सदस्य मार्फत सिडिएससिमा धितोपत्र निक्षेप गर्न हितग्राही खाता खोलेका तथा विद्युतीय माध्यममा निक्षेप गर्न मिल्ने धितोपत्र ग्रहण गरेका व्यक्ति हुन् ।
हितग्राही(डिम्याट) खाता भनेको के हो ?
हितग्राहीले धितोपत्र निक्षेप गर्न निक्षेप सदस्यमार्फत केन्द्रिय निक्षेप कम्पनीसँग बेग्लै खाता नम्बरबाट खोलेको विद्युतीय खाता नै हितग्राही खाता हो । हितग्राहीले सिडिएससिमा डिम्याट खाता खोल्न निक्षेप सदस्यमार्फत सम्पूर्ण विवरणहरु प्रणालीमा प्रविष्टि गरेपछि प्रणालीबाट उत्पन्न हुने १६ अंकको पृथक डिम्याट नम्बर उपलब्ध गराईन्छ । भविष्यमा गरिने सबै सेयर कारोवारहरुमा यो नम्बर उल्लेख गर्नुपर्दछ ।
डिम्याट खाता कहाँ र कसरी खोल्ने ?
डिम्याट खाता धितोपत्र बोर्डबाट निक्षेप सदस्यको कार्य गर्न अनुममति पत्र प्राप्त निक्षेप सदस्यता लिएका बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंक र ब्रोकर कम्पनी मार्फत खोल्न सकिन्छ । सिडिएससिमा खाता खोल्ने प्रक्रिया पनि बैंकमा खाता खोल्ने प्रक्रिया जस्तै हो । जसरी बैंक खाता खोल्न विभिन्न कागजपत्र आवश्यक हुन्छ्न्, त्यसैगरी, डिम्याट खाता खोल्न पनि आवश्यक कागजातहरु पेश गरी खाता खोल्ने फाराम भरेर बुझाएपछि निक्षेप सदस्यले सिडिएस लिमिटेडको प्रणालीमा प्रविष्ट गर्दछ । उत्तm प्रविष्टिलाई सिडिएससिबाट सदर भएपश्चात डिम्याट खाता खुल्दछ र हितग्राहीलाई सदर गरेको पत्र प्राप्त भएपछि डिम्याट खाता खोल्ने प्रक्रिया पूरा हुन्छ । डिम्याट खाता खोलेपछि आफूसँग भएका वा खरिद गरेका सेयर यही खातामा जम्मा हुन्छ्न् । जसरी बैंक खातामा पैसा जम्मा गरिन्छ भने डिम्याट खातामा सेयर जम्मा गरिन्छ । डिम्याट खाता खोलेपछि हितग्राही अथवा लगानीकर्तालाई १६ अंकको डिम्याट खातानम्बर र चेक बुक अर्थात हस्तान्तरण निर्देशन पुर्जी दिइन्छ । सेयर खरिदबिक्री गर्दा डिम्याट खाता ब्रोकर कम्पनीलाई दिनुपर्ने हुन्छ । सेयर खरिद गरेपछि सेयर डिम्याट खातामा जम्मा हुन्छ भने सेयर बिक्री गर्दा चेक काटेर ब्रोकर कम्पनीलाई दिएपछि सेयर खाताबाट सेयर खरिदवालाको खातामा सेयर हस्तान्तरण भर्इ हाम्रो डिम्याट खाताबाट सेयर घट्दछ ।
डिम्याट खाता खोल्न के-के कागजात चाहिन्छ ?
डिम्याट खाता अनुमतिप्राप्त कुनै पनि सदस्य कहाँ खोल्न सकिन्छ । खाता खोल्न पहिला नै कुनै प्रकारको सेयर हुनैपर्छ भन्ने हुँदैन । सेयर हुने र नहुने सबैले यो खाता खोल्न सक्छ्न् । डिम्याट खाता खोल्न खाता खोल्ने सम्बन्धित लगानीकर्ताको तीन पुस्ते विवरणसहित नागरिकताको फोटोकपि, फोटो आवश्यक हुन्छ |
परिवारको सबै जनाको डिम्याट खाता खोलेर आईपीओ पर्ने संभवान धेरै हुन्छ |