नेपालमा श्रीमानको दुर्घटनामा मृत्यु,श्रीमती शुक्री तामाङले साइप्रसमा गरे आत्महत्या

२३ मंसिर, याम्बु । नेपालमा श्रीमानको दुर्घटनामा मृत्यु भएको खबरले विक्षिप्त बनेकी एक नेपाली चेलीले साइप्रसमा आत्महत्या गरेकी छन् ।साइप्रसको लार्नाका सहरमा घरेलु कामदारका रुपमा कार्यरत दोलखाकी शुक्री तामाङले सोमबार आत्महत्या गरेकी हुन् ।
दोलखाको गौरीशंकर गाउँपालिका वडा नं ८ खरे घर भइ साइप्रसमा घरेलु कामदारका रुपमा कार्यरत तामाङका श्रीमान २१ वर्षीय सुविन्द्र तामाङ(बोलेरो चालक)को आइतबार दोलखाकै विगु गाउँपालिकामा सडक दुर्घटनामा परेर मृत्यु भएको अर्कोदिन (सोमबार) उनले आत्महत्या गरेकी हुन् ।
१६ महिना अगाडि साएइप्रस पुगेकी तामाङले श्रीमानको मृत्युको खबरपछि टिकटकमा एक भिडियो अपलोड गर्दै ‘मेरो मुटु हामी सँगै हुने हैं ।
सरी मेरो आमा बुवा सासु आमा ससुरा बाबा साथीभाइहरु म मेरो मुटुसँगै जान्छु ।’ भनेर श्रद्धान्जलीसहितको गीत अपलोड गरेकी थिइन् ।
यस विषयमा नेपाल तामाङ घेदुङ साइप्रासकी अध्यक्ष लक्ष्मी ब्लोन तामाङको अनुसार साइप्रस प्रहरीले अनुसन्धान गरिरहेको र पुर्ण जानकारी आउन बाँकी रहेको तामाङअनलाइनलाई बताएकी छिन् | श्रीमानको दुर्घटनामा मृत्यु भएको खबर पाएपछि विक्षिप्त भएर उहाँले टिकटकमा पारिवारिक पीडा पोख्नु भएर पोस्ट गरेको पाइएको बताएकी छिन् |