कांग्रेस नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेललाई प्रहरीले हिरासतमा लिएकाे छ । नेता पौडेलले फेसबुक पेजमा आफुलाई तनहुँकाे एक कार्यक्रमबाट प्रहरीले हिरासतमा लिएकाे जनाकारी गराएका छन् ।
तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने पुल उदघाटन गर्ने क्रममा कांग्रेस र नेकपा कार्यकर्ताबीच झडप भएपछि प्रहरीले पौडेलसहितका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो ।