तामाङ मौलिक गीत फापारे व्हाइ गायन प्रतियोगिता ताबान,आज चौथो दिन
याम्बु – तामाङ संस्कृतिका मर्मज्ञ सन्तवीर लामा (पाख्रिन) तामाङको १२४ औं जन्मजयन्तिको अवसरमा तामाङ नाङ्गखोर र तामाङ डाजाङको आयोजनमा सप्ताह व्यापी तामाड मौलिक गीत “फापारे व्हाइ गायन प्रतियोगिता” भईरहेको छ।
मङ्सिर ८ गतेदेखि सुरु भएको “फापारे व्हाइ गायन प्रतियोगिता” तेश्रो दिन सम्म सफलतापुर्व सम्पन्न भईसकेको छ । जुम भर्चुअल अनलाइन मार्फत भईरहेको सप्ताह व्यापी तामाड मौलिक गीत फापारे व्हाइ गायन प्रतियोगिता विभिन्न जिल्लाबाट फापरे व्हाई गायक गायिका काइबा काइमोहरुले भाग लिनुभई आफ्नो प्रस्तुति राख्ने क्रम जारि रहेको छ । बिजेता घोषणा निर्णय मण्डलको अनुसार हुने जनाएको छ । प्रतियोगिता मङ्सिर १४ गते सम्म चल्नेछ ।
कार्यक्रम साँझ साढे पाँच बजेदेखि साढे आठ बजे सम्म हुने गरेको छ । सैलुङअनलाइन,रेडियो हिमालय,तामाङअनलाइन लगायतले प्रत्यक्ष लाइभ प्रसारण गरिरहेको छ ।
स्व. सन्तवीर लामा (पाख्रिन) तामाङले तामाङ भाषामा कृतिहरु ‘ताम्बा काइतेन व्हाइ रिमठिम’ (इ. १९५७), ‘स्येबु—स्येमु व्हाइ रिमठिम’ (२०१६), इलाम दर्पण’ (२०१८) र ’नाङ्बा साङ्गे’ (२०२२) प्रकाशन गर्नु भएको थियो ।
कार्यक्रम सन्चु ब्लोन तामाङ र बुद्ध योञ्जन तामाङले तामाङ भाषामा कुसलतापुर्वक संचालन गरिरहनु भएको छ ।
प्रत्यक्ष रुपमा लाइभ हेर्न साँझ ५ : ३० बजे तामाङअनलाइनको फेसबुक पेजमा https://www.facebook.com/Tamangonline गर्नुहोला ।