तामाङ घेदुङ इजरायलको अध्यक्षमा सिता कुमारी घिसिङ तामाङ सर्वसम्मत चयन

तेलअविव – नेपाल तामाङ घेदुङ,इजरायलको छैठौं ऐतिहासिक बार्षिकोत्त्सव तथा अधिवेशन र अन्तराष्ट्रिय टिकटक प्रतियोगिताको नतिजा घोषणा कार्यक्रम सम्पन्न भएको छ ।
जुमभर्चुबाट सम्पन्न भएको सभापतित्व संस्थाकी अध्यक्ष अनिला मोक्तान तामाङले गरेकी थिईन् भने स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष रोजी मोक्तान तामाङले राखेकी थिईन् ।
कार्यक्रमको बारेमा संस्थाकी वरिष्ठ उपाध्यक्ष सिता कुमारी घिसिङ तामाङले प्रकास पारेकी थिईन् ।
कार्यक्रमको प्रमुख अतिथि नेपाल तामाङ घेदुङ संघिय अध्यक्ष मोहन गोले तामाङ,विशिष्ट अतिथिद्वय अन्तराष्ट्रिय तामाङ परिषदका अध्यक्ष के एम तितुङ , नेपाल आदिवासी जनजाति इजरायलका अध्यक्ष पेम्बा डोल्मा ह्योल्मो लगायत इजरायल तथा विभिन्न देशमा रहेका संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा संस्थाको संगठनिक प्रतिवेदन महासचिव पेमा पाख्रीन लामा तामाङ र आर्थिक प्रतिवेतन कोषाध्यक्षा गीता घिसिङ तामाङले प्रस्तुत गरेकी थिईन् ।
कार्यक्रममा अन्तराष्ट्रिय तामाङ टिकटक प्रतियोगिता २८५६ को नतिजा घोषणा गरेको थियो । जसअनुसार टिकटक प्रतियोगिताको नियम अनुसार नेपाल तामाङ घेदुङ पेज ‘लाइक’को आधारमा प्रथम इशा घिसिङ तामाङ,काभे , द्धितीयमा विजय बम्जन तामाङ,कतार र तृतीयमा दाना कदाम्बरी श्रेष्ठ इजरायललाई बिजेता घोषणा गरिएको थियो ।
तामाङ टिकटक प्रतियोगिताको संयोजक नानीमाया योञ्जन तामाङले बिजेताहरुलाई हार्दिक बधाई तथा सम्पूर्ण प्रतियोगीहरुलाई धन्यवाद व्यक्त गर्दै नगद पुरुस्कार तथा प्रमाण पत्रहरु सबैलाई अनलाइन मार्फत प्रदान गर्ने बताएकी थिईन् ।
कार्यक्रममा निर्वाचन समितिका संयोजक कल्पना मोक्तान तामाङले छैटौ अधिवेशनबाट कार्यसमितिमा चयन भएका पदाधिकारीहरुको घोषण गरेकी थिईन् । जसअनुसार सीता कुमारी घिसिङ तामाङको अध्यक्षमा सर्वसम्मत नवकार्यसमिति चयन भएको जानकारी दिनु भएको थियो ।
जसअनुसार अध्यक्ष सिता कुमारी घिसिङ तामाङ,वरिष्ठ उपाध्यक्ष पेमा लामा पाख्रीन तामाङ,उपाध्यक्षहरु एलिजा दोङ तामाङ,शङ्खर गोले तामाङ,रोजि मोक्तान तामाङ,गिता घिसिङ तामाङ,महासचिव शम्भु घिसिङ तामाङ (निङमा),सचिव कुमारी गाल्देन तामाङ सह-सचिव सुनिल रुम्बा तामाङ,कोषध्याक्ष हिरामाया तामाङ (आङनिमा),सह-कोषध्याक्ष अनिता स्याङतान तामाङ रहेका छन् ।
यसैगरी कार्यकारी सदस्यहरुमा कल्पना स्याङतान तामाङ,सुनिमाया तामाङ,दिवस घिसिङ तामाङ,सुमिन पाख्रीन तामाङ,लोप्साङ लामा तामाङ,मदन नेगी तामाङ,चित्र कुमारी योन्जन तामाङ,मिना माम्बा तामाङ,एजिना घिसिङ तामाङ,कमला कार्की घिसिङ तामाङ,डोल्मा तामाङ,पन्ना गुरुङ तामाङ,प्रमिला तामाङ र लिलावती वाइवा तामाङ रहेका छन् ।
यसैगरी धार्मिक विभाग प्रमुख लामा थुप्तेन योन्जन तामाङ,भाषा साहित्य बिभाग प्रमुख नानिमाया योन्जन तामाङ,युवा संगठन बिभाग प्रमुख तेजबहादुर तामाङ,संचार बिभाग प्रमुख रोहित तामाङ,महिला बिभाग प्रमुख पासाङ ल्हमु तामाङ,महिला बिभाग उपप्रमुख फुर्वा लोप्चन तामाङ रहेका छन् ।
यसैगरी प्रमुख सल्लाहकार अनिला मोक्तान तामाङ,सल्लाहकारहरु जुनु घिसिङ तामाङ,छिरिङ डोल्मा रुम्बा तामाङ,माला योन्जन तामाङ
लाक्पा स्याङबा तामाङ र सुनिता मोक्तान तामाङ रहेका छन् ।
यसैगरी संरक्षक परिषद सदस्यहरुमा बी बी लामा तामाङ,सुन्दर सिंह योन्जन तामाङ,उर्मिला पाख्रीन तामाङ,कल्पना मोक्तान तामाङ,माया(दिप्मा)मोक्तान तामाङ र अनिता तामाङ रहेका छन् ।
नव कार्यसमितिमा सर्व सहमतिबाट चयन भएका सम्पुर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई साथै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै निर्वाचन संयोजक कल्पना मोक्तान तामाङले तामाङ भाषामा घ्राना सपथ ग्रहण गराएका थिए ।
कार्यक्रमको सभापति अनिला मोक्तान तामाङले आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्नुहुने सम्पुर्ण धन्यवाद व्यक्त गरेकी थिईन् । कार्यक्रम संस्थाकी महासचिव पेमा लामा पाख्रिन तामाङले संचालित गरेकी थिईन् ।
कार्यक्रमको पूर्ण जानकारीको लागि यहाँ CLICK HERE गर्नुहोला ।