हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

आज किराँत धर्मगुरु फाल्गुनन्दको १३६ औं जन्म जयन्ति

कार्तिक २५ गते । आज १६ औं राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्द लिङदेनको १३६ औं जन्म जयन्ति परेको छ । विक्रम सम्वत १९४२ कात्तिक २५ गते इलामको इभाङ ५ चुक्चिनाम्वा भन्ने ठाउँमा जन्मेका नरध्वज लिङदेन सिकिस्त विरामी परेपछि निको हुने जनविश्वासका आधारमा फलामका चुरा लगाइदिएपछि फलामसिं हुँदै कर्मले फाल्गुनन्द भएर उदाएको पाइन्छ ।

१६ वर्षमा वर्मामा सैनिकको रुपमा काम गर्न थालेका उनले १९१४ को पहिलो विश्वयुद्वमा समेत सामेल भएका थिए । पछि उनी मानव मानव बिचको लडाइ मारामारबाट विश्व शान्ति नहुने भन्दै सैनिक जागिर समेत छाडेर नेपाल फर्किए पछि पाँचथरको अहिलेको फिदिम नगरपालिका ३ चोकमागु लगायतका क्षेत्रमा लिम्वु समुदायमा भएको धर्म संस्कार र संस्कृतिमा देखा परेका विकृति विसंगति र सुधार गर्नुपर्ने पक्षका बारेमा सचेतना जगाउने काममा लागेका थिए ।

उनले लोप हुने अवस्थामा रहेको लिम्वुको सिरिजंगा लिपिको खोजि गरी संरक्षण सम्वर्धन साथै लिम्वुहरुका जन्म विवाह मृत्यु संस्कारलाई समयानुकुल परिवर्तनको लागि कार्य गरेका थिए ।

८ वर्षकै उमेरबाट हत्या हिंसा गर्न नहुने, झुठो वोल्नु नहुने,नारीहरु सृष्टि कर्ता भएकोले उनीहरूलाई समाजमा उच्च सम्मान दिनुपर्ने, आफ्ना कुल देवतालाई चोखो नितो भइ बिहान बेलुका पुजा आराधना गर्नु पर्ने, मासु मंश तथा मदिरा पान गर्नु नहुने साथै देवि देवतालाई मासु मंश र मदिरा चढाउनु नहुने जस्ता कुराहरु अभियानकै रुपमा संचालन गरेका थिए ।

तत्कालिन अवस्थामा धर्म संस्कार र संस्कृतिको रुपमा देखिएका विकृति विसंगति र कुरितिहरुलाई संशोधन गरी राम्रा रिति रिवाजको संरक्षण र खराव कुराहरुलाई सच्याउनुपर्ने भन्दै विक्रम सम्वत १९८८ वैशाख २५ गते तत्कालिन १० लिम्वुवान १७ थुमका सामाजिक व्यक्तित्वहरुको भेला गराइ पाँचथर जिल्लाको फिदिमस्थित लव्रेकुटिमा धर्म संस्कार र संस्कृतिमा देखा परेका विकृति कुरिति र कुसंस्कारको विरुध्द १० बुँदे सत्य धर्म मुचुल्का तयार गरी प्रचार प्रसारका साथै लागू गरेका थिए ।

ताप्लेजुङसँग जोडिएको कुम्भकर्ण हिमशृंखलालाई किराँतिहरुको पवित्र धार्मिकस्थत तथा तिर्थस्थलको रुपमा उनले विकास समेत गरेका थिए। सोहि अनुरुप अहिले समेत किराँतिहरुले कुम्भकर्णलाई पवित्रस्थलको रुपमा आराधना गर्ने गरेका छन्। उनले त्यस बेलामा समेत आन्तरिक तथा वाह्य पर्यटनलाई बढावा दिने प्रयास गरेको पाइन्छ।

किराँतिहरूको मौलिक धर्म र संस्कृतिको प्रचार प्रसार गदै भारत, भुटान र नेपालका विभिन्न स्थानमा भ्रमण गरेका उनले तल्कालिन अवस्थामा देश द्रोहिको आरोप समेत खेप्नुपरेको थियो।

लिङदेनको विक्रम सम्वत २००५ मा पाँचथरको इम्वुङ गाविसको हाङयक भन्ने स्थानमा मृत्यु भयो। उनको मृत्यु पछि किराँत धर्म संस्कार र संस्कृति मान्ने साथै उनको समाज सुधारको अभियानलाइ मान्ने संघ संस्थाले कार्तिक २५ गते जन्म जयन्ति मनाउँदै आएका छन् ।

लिङदेनलाई नेपाल सरकारले २०६६ साल मंसिर १६ गते १६ औ राष्ट्रिय विभुतिको रुपमा घोषणा समेर गरेर उनको समाज रुपान्तरणको अभियानलाई महत्व दिएको छ ।

नेपाल सरकारले उनको स्मरणमा २०५० सालमा हुलाक टिकट प्रकाशनमा ल्याएर सम्मान गरेको छ। किराँत धर्मवालम्विहरुले फाल्गुनन्दको जन्म जयन्ति अर्थात कार्तिक् २५ गतेलाई सार्वजनिक विदा दिनुपर्ने समेत माग राख्दै आएका छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution