तामाङ घेदुङका पूर्वसल्लाहकार तथा पूर्वसांसद् वीरबहादुर लामा तामाङको निधन
काठमाडौँ- नेपाल तामाङ घेदुङका पुर्व सल्लाहकार तथा पूर्वसांसद वीरबहादुर लामा तामाङको निधन भएको छ। तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका ७० वर्षीय तामाङको आइतबार बिहान ४ बजे पाटन अस्पतालमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।
दुवै मिर्गौलाले काम गर्न छाडेपछि तामाङ २ वर्षदेखि नियमित डायलाइसिस गराइरहेका थिए। निमोनिया भएपछि सोमबार तामाङलाई पाटन अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।
२०४९ सालमा मकवानपुर जिल्ला विकास समितिका सभापति बनेका तामाङ २०५६ सालमा मकवानपुर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
उनी २०३३ सालमा नख्खु जेलबाट सुरूङ खनेर भागेका राजबन्दी मध्येका एक थिए ।
घेदुङले शोक वक्तव्य मार्फत वहाँलाई हार्दिक श्रद्वान्जली तथा शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।