हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

तामाङ घेदुङ साईप्रसको अध्यक्षमा लक्ष्मी ब्लोन तामाङ चयन

याम्बु – नेपाल तामाङ घेदुङ साईप्रसले चौथो वार्षिक उत्सव तथा ऐतिहासिक दोस्रो अधिवेशन जुम भर्चुअल बैठकबाट सफलतापुर्वक सम्पन्न भएको छ।

घेदुङ साईप्रसको चौथो वार्षिक उत्सव तथा ऐतिहासिक दोस्रो अधिवेशन २०२० अक्टोबर २५ मा बेलुका अनलाइन जुम भर्चुअल बैठकबाट सभापति साङमो थोकर तामाङ ,नेपाल तामाङ घेदुङ केन्द्रिय अध्यक्ष मोहन गोले तामाङ,अन्तराष्ट्रिय तामाङ परिषदको वरिष्ठ उपाध्यक्ष तथा नेपाल तामाङ घेदुङको विदेश विभाग प्रमुख टाशी लामा,नेपाल तामाङ घेदुङको उपाध्यक्ष कुमार घिसिङ ,नेपाल तामाङ घेदुङको महासचिव बाबु घिसिङ ,ह्याङला दोलखा काठमाण्डौ तामाङ समाजको अध्यक्ष तथा नेपाल तामाङ घेदुङको केन्द्रिय सदस्य सरोज मोहन लामा,नेपाल तामाङ घेदुङ केन्द्र काठमाण्डौ तथा प्रचारप्रसार विभाग प्रमुख सचिवालय जगतमान तामाङ,नेपाल तामाङ घेदुङ साईप्रसको संस्थापक अध्यक्ष / प्रमुख सल्लाहकार तथा अन्तराष्ट्रिय तामाङ परिषदको सह-कोषाध्यक्ष नानू गोम्जा तामाङहरुको उपस्तिथिमा भर्चुअल विधिबाट बैठक सम्पन्न गरेको हो ।

संस्थाकी महासचिव लक्ष्मी ब्लोन तामाङ र कोषाध्यक्ष मिना लामाले संस्थाको आर्थिक तथा संगठानिक प्रतिवेदन पेश गरि दुवै पास भएसकेपछि निर्वाचन मण्डल घोषणा गरिएको थियो। निर्वाचन मण्डल केन्द्रिय घेदुङको उपाध्यक्ष कुमार घिसिङको अध्यक्षतामा नानू गोम्जा तामाङ(सीता तामाङ)  र सरोज मोहन लामा सदस्य रहेको मण्डलले केही समय छलफल गरेर लक्ष्मी ब्लोन तामाङको अध्यक्षतामा २९ सदस्यहरुलाई गठन गरिएको थियो।

भर्चुअल जुम मार्फतबाट ऐतिहासिक दोस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिहरुका पदाधिकारीहरुमा अध्यक्ष लक्ष्मी ब्लोन तामाङ
वरिष्ठ उपाध्यक्ष हीरा तामाङ,उपाध्यक्ष सुनिला दोङ तामाङ,सचिव मिना लामा,सह-सचिव निर्मला थिङ तामाङ,काेषाध्यक्ष सुनी तामाङ,सह-कोषाध्यक्ष रञ्जना तामाङ ,सदस्यहरुमा राजु वाइबा,रेनू तामाङ,नानू गोले तामाङ,किया लोप्चन,साहारा लोप्चन,संगीता घले तामाङ ,सोनाम तामाङ,सिमा लोप्चन,सुस्मिता गोले तामाङ,अन्जु घिसिङ तामाङ,बिपना तामाङ (किन्जङ),सुबास थोकर तामाङ,काजी बोम्जन तामाङ,रोमन घ्लान तामाङ,युवराज मोक्तान तामाङ,राजमान घ्लान तामाङ,सुबास वाईबा तामाङ,मञ्जु तामाङ,बसन्ती लामा,निमा लामा,कविता तामाङ
र निरु गोले तामाङ रहेका छन् ।

यसैगरी प्रमुख सल्लाहकार साङमो थोकर तामाङ,सल्लाहकार नानू गोम्जा तामाङ(सीता तामाङ) र सल्लाहकार सविता घिसिङ चयन गरेका छन्।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution