नेसो इजरायलद्वारा ७ जना संयोजकहरु चयन

तेलअविव – जनता समाजवादी पार्टी नेपालको प्रवास पार्टी संगठन नेपाली समाज (NeSo) इजरायलको मिति २२ अक्टोबर २०२० मा बसेको बैठकले ७ जना प्रवास संयोजक चयन गरेको छ ।
पहिचानलाई मुख्य एजेण्डा मानेको जसपा नेपालको १० + १ को प्रदेशीय संरचनाको सङ्घीय नेपाल निर्माणलाई स्वीकार गर्ने दलको निर्णय अनुसार नेपाली समाज (NeSo) इजरायलले जातीय पहिचानलाई सघाउने हिसाबले उक्त संयोजक तोकेको हो ।
नेसो इजरायलका अध्यक्ष सुन्दरसिंह लामा तामाङको अध्यक्षतामा बसेको नियमित १० औ बैठकको निर्णय बमोजिम प्रवास संयोजकको जिम्मेवारी पाउने पदाधिकारीहरुमा लिम्बुवान संयोजकमा दुर्गा आङदम्बे लिम्बु , खुम्बुवान संयोजकमा बालकुमार राई , हयोल्मो संयोजकमा सर्किनी हयोल्मो, खसान संयोजकमा दिपक शाह, शेर्पा लुङ्ग संयोजकमा लाक्पा शेर्पा, नेवा: संयोजकमा नरेश नेवा: र ताम्सालिङ संयोजकमा छत्रबहादुर तामाङ रहेका छन ।