हेडलाईन

शेर्पा संघ इजरायलले अनलाइन मार्फत ग्याल्पो ल्होसारको शुभकामना आदानप्रदान गर्ने         नेपाल र इजरायल बीच अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न         नेपाल–इजरायलबीच अस्थायी रोजगारी सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने         तामाङ समाज जापानले ल्होछारको अबसरमा तामाङ पहिरन फोटो प्रतियोगिता गर्दै         नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको अधिवेशन सम्पन्न,अध्यक्षमा श्याम मम्बा तामाङ चयन         नेपाल तामाङ घेदुङ कुर्दिस्तानको दोस्रो अधिवेशन हुदै         आजदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ खुल्यो         तामाङहरूको मौलिक कला तथा संस्कृति बिषयक भर्चुअल संवाद तथा अन्तरक्रिया कार्यक्रम हुदै         आदिवासी जनजाति साहित्यकार महासंघ गठन,संयोजकमा राजन मुकारुङ         घेदुङ इजरायलद्वारा तामाङ पुरूष भेषभुषा प्रतियोगितामा भाग लिन आव्हान         यसपाली माघ १ गते सार्वजनिक बिदा हुने         नेपाल आदिवासी जनजाति महासंघ कतारको अध्यक्षमा पुरुषोत्तम सुनुवार चयन         तामाङ घेदुङ इजरायलले जुमअनलाइन मार्फत सोनाम ल्होछार २८५७ को शुभकामना आदानप्रदान गर्ने         इजरायलमा माघ्या सकराटी पर्व जुम अनलाइन मार्फत शुभकामना आदानप्रदान सहित मनाउदै         संघीयता:नेपालकोबाट संसार भर फैलियो        

तामाङ सोसाईटी अफ अमेरिकाको दशौ अधिवेशनबाट अध्यक्षतामा छेमाङ तामाङ चयन

न्युयोर्क- तामाङ सोसाईटी अफ अमेरिकाको १० औ महाधिवेशन ज्याक्सन हाईट स्थित सत्यनारायण मन्दिरमा सम्पन्न भएकोछ । अधिवेशनले छेमाङ तामाङको अध्यक्षतामा ११ सदसिय नयाँ कार्यसमति चयन गरेकोछ।

कार्यसमितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष कुनसाङ लामा तामाङ, महासचिव प्रवीन मोक्तान तामाङ, सचिव राम बहादुर गोले तामाङ , कोषाध्यक्ष निमा ल्हामु लामा तामाङ , सहकोषाध्यक्ष मनोज तामाङ, सदस्यहरु सुनिता तामाङ,अनिता मोक्तान तामाङ, पासाङ लामा तामाङ, दावा तामाङ र  सानु मोक्तान तामाङ रहेका छन् ।

तामाङ सोसाईटी अफ अमेरिकाका पुर्वअध्यक्ष भरत मोक्तान तामाङ संयोजक तथा तामाङ सोसाईटी अफ नर्थ अमेरिकाका सहकोषाध्यक्ष उमा तामाङ र तामाङ सोसाईटी अफ नर्थ अमेरिकाका सचिव प्रेम तामाङ सदस्य रहेको निर्वाचन समितिले नवनिर्वाचित संपूर्ण पदाधिकारीहरु निर्बिरोध निर्वाचित भएको घोषणा गरेको थियो ।

निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारीहरुलाई सपथग्रहण गराउनुका साथै प्रमाणपत्र वितरण गरेको थियो । यस अघि अधिवेशन आयोजक कमिटिका संयोजक तथा तामाङ सोसाईटी अफ अमेरिकाका अध्यक्ष गोमा योञ्जन तामाङको अध्यक्षतामा संस्थाको सदस्यसचिव  दिपेन्द्र लामा तामाङले सञ्चालन गरेको बन्दसत्रमा संस्थाका पुर्व अध्यक्ष राम तामाङ संयोजक तथा  वि.आर. लामा र संजोक योञ्जन सदस्य रहेका विधान समितिले पेश गरेको संस्थाको नयाँ विधान अधिवेशनले पास गरेको थियो ।

उक्त शत्रमा अध्यक्ष  गोमा योञ्जन तामाङ, सदस्यसचिव दिपेन्द्र लामा  तामाङ र कोषाध्यक्ष  रिञ्जी तामाङले संस्थाको प्रगति विवरण तथा आर्थिक विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि तामाङ सोसाईटी अफ नर्थ अमेरिकाका अध्यक्ष लक्यान लामा तामाङ  र संस्थाका अध्यक्ष  गोमा योञ्जन तामाङले दिप प्रज्वलन गरि संयुक्तरुपमा कार्यक्रम उद्घाटन गरेपश्चात् शुरु भएको उद्घाटन सत्रमा विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेमजोङ, एन.आर.एन. एनसिसि अमेरिकाका उपाध्यक्ष वि.आर. लामा तामाङ, संस्थापक अध्यक्ष सुवास लामा तामाङ र प्रमुख अतिथी लक्यान लामा तामाङले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा विशेष अतिथि हामी नेपाली ग्लोबलका अध्यक्ष अमृत लामा तामाङ, तामाङ संस्कृति तथा वौद्ध केन्द्रका संयोजक तथा पुर्व अध्यक्ष श्री ईन्द्र तामाङ, संस्थाका पुर्व अध्यक्षहरु  सुर्य पाख्रिन तामाङ र शान्त थोकर तामाङ, तामाङ सोसाईटी अफ नर्थ अमेरिका उपाध्यक्ष मोहन वाईबा तामाङ, तामाङ सोसाईटी अफ अमेरिकाका सल्लाहकारहरु र अन्य संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

निवर्तमान सदस्यसचिव दिपेन्द्र लामा तामाङले नवनिर्वाचित महासचिब प्रवीन मोक्तान तामाङलाई माईन्युटबुक र निवर्तमान कोषाध्यक्ष रिञ्जी तामाङले नवनिर्वाचित कोषाध्यक्ष निमा ल्हामोलाई संस्थाको कोष हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा कोभिड-१९ टास्कफोर्सका सदस्यहरु र टास्कफोर्सलाई विभिन्न तवरबाट सहयोग गर्ने व्यक्ति तथा संघसंस्थालाई प्रसंशापत्र प्रदान गरेका थिए । संस्थालाई लामो समय देखि विशेष योगदान दिए बापद प्रदान गरिने प्रेशिडेन्सियल अवार्ड संयुक्तरुपमा रिञ्जी तामाङ र  माया योञ्जन तामाङलाई प्रदान गरिएको थियो।






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution