इजरायलमा यसपाली मणिपूजा कार्यक्रम अनलाइन भर्चुअल मार्फत हुने

तेलअविव – नेपाल आदिवासी जनजाति महासंघ इजरायल र महासंघमा आवद्ध ८ वटा राष्ट्रिय समुदाय संस्थाहरुको संयुक्त सहकार्यमा बौद्ध धर्म अनुसार ब्रह्माण्डमा रहेका समस्त प्राणीहरूको कल्याण तथा विश्व शान्तीका लागि गरिदै आएको मणिपूजा प्रवचन कार्यक्रम यसपाली कोरोना भाइरस कोभिड -१९ को कारण जुम अनलाइन भर्चुअल मार्फत आगामी २४ अक्टोबर २०२० (शनिबार) बिहान ठिक ९ बजे देखि
सुरु गर्ने भएको छ ।
धर्मगुरु लामा थुप्तेन योञ्जन तामाङद्धारा दश हजार मणिजप संगै ङोवा , मोन्लम , धार्मिक प्रवचन तथा ( क्षोमे ) बत्ती बाल्ने कार्यक्रम रहेको छ ।
विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड -१९ बाट र बिभिन्न कारणबाट दिवङ्गत हुनु भएका मृत आत्माहरु तथा विशेष गरी दशैंको समयमा वलि तथा विभिन्न वाहानामा हजारौं निर्दोष प्राणीहरुको हत्या गरिने प्रचलन भएको हुँदा निर्दोष मृत प्राणीहरुको आत्माको चिरशान्ति तथा परम लोकमा पुनर-जन्म पाउन भन्दै साथै कोरोना संक्रमित भएर उपचारको क्रममा रहनु हुने समष्त मानव जीवन प्रति शिघ्रस्वास्थ्य लाभको कामना र संसारमा रहेका जीवित प्राणीहरुको हिंसा मुक्त, कल्याण एवमं विश्व शान्तिको लागि यो पुजा हरेक वर्ष जस्तै यस वर्ष पनि आयोजन गरेको आयोजकले जानकारी दिएको छ ।
धार्मिक कार्यक्रममा सहभागी बनी मनलाई शान्ति र मोक्ष प्राप्त गर्न जुम भर्चुअल कार्यक्रममा सहभागिताका लागि हार्दिक निमन्त्रणा गरेको छ ।