एनआरएन इजरायलले शुभकामना आदानप्रदान तथा वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने

तेलअविव – एनआरएनए-एनसिसी इजरायलले वडा दशै तथा मोहनी नख : को पावन अवसरमा चर्चित पव्लिक स्पिकर रमेश प्रसाई लगायत अन्य व्यक्तित्वहरु (अझै तय गरिनसकिएको)को निर्णायक भुमिका रहने गरी जुम अनलाइन भर्चुअल मार्फत “शुभकामना आदानप्रदान तथा वक्तृत्वकला प्रतियोगिता” को आयोजना गर्ने भएको छ ।
अर्को सुचना अधावधिक (अपडेट) गर्दा वक्ताहरुलाई बोल्ने विषय समेत सार्वजनिक गर्ने योजना रहेकोले सो सुचनामा कार्यक्रमको कार्यविधी सहित बक्ताहरुलाई बोल्ने विषय समेत सार्वजनिक गरिने बताएको छ ।
कार्यक्रममा यसपालीको लागि इजरायलमा रहेका नेपालीहरुले मात्र प्रतियोगितामा सहभागिता जनाउन सकिने र पुरस्कार राशी क्रमश: प्रथम पुरस्कार ५०० शेकेल (इजरायली मुद्रा) द्वितिय पुरस्कार ३०० शेकेल र तृतिय पुरस्कार २०० शेकेल तय गरिएको छ ।
कार्यक्रमकोलागि २४ अक्टुवर शनिवार महाअष्टमीको दिन विहानको ठिक १२ बजेदेखिको समय तय गरिएकोले इजरायलमा रहेका सम्पूर्ण संघसंस्थाका प्रतिनिधीहरु, मिडियाकर्मीहरु, समाजसेवीहरु, राजनितिज्ञहरु लगायत सम्पूर्ण इजरायलवासी नेपालीहरुमा सहभागिताकोलागि हार्दिक आह्वान गरेको छ ।
« इजरायलमा चाडपर्वहरुको अग्रिम शुभकामना आदानप्रदान कार्यक्रम हुदै (Previous News)