चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु – चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल सार्वजनिक भएको छ । सार्वजनिक गीतमा भीम विष्टको शब्द संगीत, नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ ।
स्यामस्वेत रसाईलीको ध्वनी सम्वादनमा तयार उक्त गीतको भिडियोमा पल साह, रियासा दहाल, सरोज अधिकारी, आस्मा विश्वकर्मा लगायतका फिचर्ड छन् । गम्भीर विष्टको निर्देशनमा म्युजिक भिडियो तयार भएको हो ।
याक एण्ड यति होटलका मुख्य तीन वटा हल र बाहिरका विभिन्न क्षेत्रमा छायाङ्कन गरिएको भिडियो निकै आकर्षक छ । लोक लयमा आधारित जाले रुमाल प्रेमिल र मिठासपुर्ण रहेकाले यस गीतको म्युजिक भिडियोलाई आमश्रोता तथा दर्शकले रुचाउने र चर्चा योग्य हुनेमा आफु विस्वस्थ रहेको गायक श्रेष्ठले बताउनुभयो ।
जलविद्युतको क्षेत्रमा काम गर्दै आउनुभएका वरिष्ठ ईन्जिनियर श्रेष्ठ पछिल्लो समयमा सांगीतिक क्षेत्रमा मेहनतका साथ लाग्नुभएको छ । उहाँको स्वरमा यस अघि बजारमा आएका हिउँ प¥यो फुरुरु, घर हाम्रो लेकैमा, पिरिमको बाडी लगायतका गीतहरु चर्चाको शिखरमा पुगेका थिए ।
गीत ईनाक्सी ईन्टरटेनमेन्टको अफिसिय युट्युवमार्फत सार्वजनिक भएको हो ।