हेडलाईन

तामाङ सोसाईटी अफ अमेरिकाको दशौ अधिवेशनबाट अध्यक्षतामा छेमाङ तामाङ चयन         इजरायलमा यसपाली मणिपूजा कार्यक्रम अनलाइन भर्चुअल मार्फत हुने         एनआरएन इजरायलले शुभकामना आदानप्रदान तथा वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने         इजरायलमा चाडपर्वहरुको अग्रिम शुभकामना आदानप्रदान कार्यक्रम हुदै         सानिमा जनरलको आईपीओमा आजदेखि आवेदन खुल्यो         तामाङ भाषाको गितसंगीतमा अन्तराष्ट्रिय टिकटक प्रतियोगिता हुने         हिन्दुधर्म बाहेकका समुदायलाई गाई पुज्नु बाध्यता बनाउनु विभेद हो : अशोक राई         एनआरएनए इजरायलले अनलाइन मार्फत स्वास्थ्य परामर्श कार्यक्रमको आयोजन गर्ने         घेदुङ साईप्रसको दोस्रो अधिबेशन तथा चौथो वार्शिक उत्सव मनाउने         घेदुङ इजरायलको छैठौं बार्षिकोत्सव तथा अधिवेशन हुदै         नेपाली ‘केयर गिभर’ पठाउन इजरायलसँग श्रम सम्झौता गरिने         नेफिन इजरायलद्वारा नेपालको संविधान किन विभेदकारी बिषयक अन्तरक्रीयात्मक कार्यक्रम हुँदै         इजरायलद्वारा यूएई र बहराइनसँग ‘ऐतिहासिक’ सम्झौतामा हस्ताक्षर         नेपाली समाज इजरायलले बरिष्ठ नेता अशोक राईसंग संवाद कार्यक्रम गर्दै         शेर्पा संघ इजरायलको छैठौं अधिबेशनबाट अध्यक्षमा मिङमा शेर्पा निर्वाचित        

तामाङ भाषाको गितसंगीतमा अन्तराष्ट्रिय टिकटक प्रतियोगिता हुने

तेलअविव – नेपाल तामाङ घेदुङ इजरायलले छैठौं बार्षिकोत्सव तथा अधिवेशनको उपलक्ष्यमा नेपाली तामाङ राष्ट्र समुदायको आफ्नो मौलिक भाषा,लिपि , धर्म ,भेषभूषा, कला, संस्कार संस्कृतिको विकास प्रबर्द्धन र सम्बर्धन गर्ने मुख्य लक्ष्य र उद्धेश्यका साथ अन्तर्राष्ट्रिय नेपाली तामाङ राष्ट्र भाषाको गित संगित टिकटक मन्जुश्री संवत् २८५६ (२०२०) प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
विश्वभरबाट तामाङ ज्योज्यो-आले , नाना -आङाहरु लगायत समस्त तामाङ भाषाको गित संगितप्रेमी नेपाली दाजुभाइ तथा दिदीबिहिनीहरुले   प्रतियोगितामा भाग लिन सकिने घेदुङ इजरायलले जनाएको छ ।
प्रतियोगितामा बिजेताहरुलाई प्रथम पुरस्कार नगद बिस हजार,दोस्रो पुरस्कार दश हजार,तेस्रो पुरस्कार पाँच हजार सहित प्रमाण पत्र र प्रतियोगिहरू सबैलाई प्रशंसा पत्र प्रदान गर्ने भएको छ ।
टिकटक प्रतियोगिता कार्यक्रम भव्य रुपमा सफल बनाई दिनुहुनका लागि  घेदुङ इजरायल हार्दिक अनुरोध गरेको छ ।
प्रतियोगितामा सहभागीहरुको लागि नियमहरू:-
प्रतियोगिताको निम्ति प्रतियोगिहरूले २ अक्टोबर २०२० शु्क्रबार देखि अक्टोबर १५ तारिख इजरायलको समय रातको १२ बजे सम्ममा तामाङ राष्ट्र भाषाको टिकटक भिडियो आयोजकलाई उपलब्ध गराई सक्नुपर्नेछ । प्राप्त भिडियोहरू अक्टोबर १७ तारिख देखि नेपाल तामाङ घेदुङ,इजरायलको पेजमा पोष्ट गर्नेछ । उक्त पेजबाट सार्बजानिक गरिएको दिन देखि अन्तिम नोभेम्बर १२ तारिख बेलुकी १२ बजे सम्मको लाईक भिडियोलाई मात्रा मान्यता दिईनेछ।
१ ) प्रतियोगिहरूले अनिवार्य रुपमा नेपाल तामाङ घेदुङ इजरायलको पेज लाईक गर्नुपर्नेछ ।
२ ) प्रतियोगिले भिडियो संगै आफ्नो सक्कली नाम थर ठेगाना र सम्पर्क नम्बर अनिबार्य पठाउनु पर्नेछ । सम्पर्क नम्बर गोप्य रहनेछ।
३ ) टिकटक भिडियो एकल हुनुपर्नेछ । रचानात्मक अभिनय भिडियो पनि गर्न सक्नेछ ।
४ ) भिडियो गीत तामाङ राष्ट्र भाषामा पहिचान झल्किने सन्देशमुलक हुनु पर्नेछ । साथै तामाङ सेलोलाई पनि मान्यता दिईनेछ र सभ्य भाषाको हुनुपर्नेछ ।
५ ) Like को निम्ति प्रविधिको प्रयोग गर्न पाईने छैन । यदि गरिएको थाहा पाई प्रमाणित भएमा प्रतियोगिताबाट स्वत: बाहिरिनेछ ।
६) टिकटक भिडियो महिला र पुरूष तामाङ तथा अन्य समुदायले पनि भाग लिन पाईनेछ ।
७) प्रतियोगीहरूले तामाङ मौलिक भेषभुषा गरगहना सहित तामाङ टोपी लगाउनु पर्नेछ ।
८ ) Like option मा भएको रिएक्टहरू मध्ये 😍 wow को पनि गणना गर्नेछ ।
९ ) पुरूषहरूले तामाङ टोपी अनिवार्य लगाउनु पर्नेछ ।
१०) भिडियो कम्तिमा ३० सेकेन्ड देखि बढिमा १ मिनेटको हुनुपर्नेछ।
११) भिडियो नेपाल तामाङ घेदुङ,इजरायल पेजको इन्बक्स वा भाईबर नम्बरमा 0972-543905468, 0972-585364655 , 0972-542926802 , 0972-543329270 वा  समिति सदस्यहरुको इनबक्समा पठाउनु पर्नेछ ।
१२) पेज Like र भिडियो लाईक Like गरिएकोलाई मात्र मान्यता दिईनेछ।
१३ ) मत बराबर भएमा गोला प्रथा द्वारा बिजेता छनोट गरिनेछ ।
१४ ) भिडियोमा Comments, Share , Mention गर्न पाउनेछ ।
१५) बिजेताको घोषणा नेपाल तामाङ घेदुङ इजरायलको छैठौं वार्षिकोत्सव कार्यक्रम १४ नोभेम्बर २०२० शनिबार दिउँसो  सार्वजनिक गरिनेछ हुनेछ ।
अन्तर्राष्ट्रिय तामाङ टिकटक प्रतियोगिता – २८५६ (२०२०)
(संयोजक)
नानीमाया योन्जन तामाङ
सदस्यहरू
सारा लामा तामाङ
एलिजा दोङ तामाङ
छत्र गोले तामाङ
रोजी मोक्तान तामाङ
आयोजक
नेपाल तामाङ घेदुङ,इजरायल ।
अन्य थप अपडेट जानकारी,प्रतियोतिताहरुको भिडियो र नेपाल तामाङ घेदुङको आधिकारिक पेजको Click Here  लागि गर्नुहोला ।






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2020: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution