हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

एनआरएनए इजरायलले अनलाइन मार्फत स्वास्थ्य परामर्श कार्यक्रमको आयोजन गर्ने

तेलअविव – गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलले विशेषज्ञ मनोचिकित्सकको सहभागितामा स्वास्थ्य परामर्श कार्यक्रमको आयोजना गर्ने भएको छ ।

कोभिड १९ को महामारीले विश्व जगत नै आक्रान्त वनाइरहेको र इजरायलमा जारी लक डाउनका कारण घरमा थुनिएर बस्न वाध्य नेपालीहरुमा कोरोनाको कहर र यसबाट सृजित मानसिक तनाव र त्‍यसको उचित व्यवस्थापनको अपरिहार्यतालाई मध्यनजर गर्दै एनआरएनए एनसिसी इजरायलले मनोचित्सक डाक्टर मधुर वस्नेतलाई आमन्त्रण गरी जुम भर्चुअल अनलाइन मार्फत Mental Health Awareness मनोस्वास्थ्य परामर्श कार्यक्रमको आयोजना गर्न लागेको एनआरएनए-एनसिसी इजरायलका प्रवक्ता भोजराज क्षेत्रीले जानकारी दिनुभयो ।

आगामी २६ सेप्टेम्वर शनिवार इजरायली समयानुसार दिनको ठिक साढे १२ बजे र नेपाली समय अनुसार करिव पौने चार बजेबाट शुरु हुने उक्त कार्यक्रममा वि. पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक तथा एसोसिएट प्रोफेसर डाक्टर मधुर बस्नेतले अहिलेको परिस्थिती र यसबाट सृजित विभिन्न मानसिक समस्याहरु, बच्ने उपाय, तनाव र त्यसको व्यवस्थापनकोलागि उपयुक्त स्वास्थ्य परामर्श दिने लगायतका सेवाहरु सहितको कार्यक्रम तय गरिएको प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो ।

पछिल्लो समयमा अनलाईन मार्फत कार्यक्रमहरु गर्नुपर्ने वाध्यात्मक परिस्थितीमा अत्याधिक प्रयोगमा आइरहेको जुम एप्लिकेसन मार्फत आयोजना गर्न लागिएको यस कार्यक्रममा हरेक नेपाली तथा नेपालीभाषीहरुले सहभागिता जनाउन सक्ने बताइएको छ । जुम आइडी 2019081020 मार्फत कार्यक्रममा सहभागिता जनाउन सकिने बताउदै इजरायलमा क्रियाशिल सम्पूर्ण संघ संस्था, मिडियाकर्मी, समाजसेवी लगायत सम्पूर्ण नेपालीहरुलाई सहभागिताको लागि हार्दिक आमन्त्रण गरिएको छ ।

आयोजकले सम्पूर्ण इजरायलहबासी नेपालीहरुलाई इजरायलको तनावपूर्ण रोजगारी र जारी कोरोना महामारीका कारण मानसिक रुपमा कमजोर महसुस गरिरहनुभएका र समस्या महसुस गरी आयोजकलाई सम्पर्क गर्न नसक्ने अवस्थामा कोही वरपरका साथीहरु विरामी परेको महसुस गर्नुभएको भए चिकित्सकसँग विशेष सल्लाह लिनकोलागि आयोजकलाई अग्रिम जानकारी गराई नाम टिपाउन सक्ने व्यवस्था गरिएको आयोजकले बताएका छन् त्यसरी सम्पर्कमा आउनुहुने विरामीहरुकोलागि विशेष प्रार्थमिकता दिइने पनि आयोजकले बताएका छन् ।

एनआरएनए एनसिसी इजरायलको गत १७ अगस्त सोमबारको संस्थाको नियनित तेह्रौं बैठकले विश्व महामारीको अवस्थामा त्यसै पनि तनावपूर्ण काम गरी बसिरहनुभएका इजरायलवासी नेपालीहरुमा कोरोनाका कारण झनै दोहोरो तनाव झेल्दा मानसिक रुपमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै यहाँ रहेका नेपालीहरुको सुझाव बमोजिम मानसिक स्वास्थ्य परामर्श दिलाउने गरी संस्थाका महासचिव श्री कृष्ण भण्डारीको संयोजकत्वमा कार्यक्रम गर्ने निर्णय गरेको थियो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution