घेदुङ साईप्रसको दोस्रो अधिबेशन तथा चौथो वार्शिक उत्सव मनाउने

याम्बु – तामाङ जातिको उत्थान,भाषा, धर्म र संस्कृती संम्बर्द्वन भन्ने मुलनारालाई आत्मा साथ गर्दै साधारण सभाबाट महिला दिदिबहिनीको सक्रियतामा २०१६ अक्टोबर २३ मा गठन गरिएको नेपाल तामाङ घेदुङ साईप्रसले यहि आउदो अक्टोबर २५ तारिक आइतबारको दिन दोस्रो ऐतिहासिक अधिबेशन तथा चौथो वार्शिक उत्सव मनाउने भएको छ ।
घेदुङ साईप्रसको नयाँ सदस्य लिन चाहानु हुनेहरुको लागि नयाँ सदस्य शुल्क ५ युरो र नविकरण शुल्क ३ युरो लाग्ने जानकारी समेत दिएको छ ।
साईप्रसबासी सबै तामाङ ज्योज्यो आले नाना आङाहरु लगायात घेदुङमा आबद्ध सम्पुर्णलाई कार्यक्रममा उपस्थित हुनु भइ दोस्रो ऐतिहासिक अधिबेशन तथा चौथो वार्षिक उत्सव साथै शुभकामना आदानप्रदान कार्यक्रम सफल पारिदिनु हुन नेपाल तामाङ घेदुङ हार्दिक अनुरोध गरेको छ ।