हेडलाईन

नेफिन इजरायलद्वारा नेपालको संविधान किन विभेदकारी बिषयक अन्तरक्रीयात्मक कार्यक्रम हुँदै         इजरायलद्वारा यूएई र बहराइनसँग ‘ऐतिहासिक’ सम्झौतामा हस्ताक्षर         नेपाली समाज इजरायलले बरिष्ठ नेता अशोक राईसंग संवाद कार्यक्रम गर्दै         शेर्पा संघ इजरायलको छैठौं अधिबेशनबाट अध्यक्षमा मिङमा शेर्पा निर्वाचित         आज शेर्पा संघ इजरायलको दशौं बार्षिकोत्सव तथा छैठौं अधिवेशन हुदै         लिदीका पहिरोपीडितलाई तामाङ संघसंस्थाको २७ लाख रुपैयाँ सहयोग         प्रवास तामाङ संस्थाहरुबाट सयुक्त रूपमा लिदी पहिरो पीडितलाई सहयोग हस्तान्तरण         नेकपाभित्रको विवाद मिल्यो,ओली र प्रचण्डले तयार पारेको प्रस्तावमा के छ ? (पूर्णपाठ)         विद्युत् प्राधिकरणको कार्यकारी निर्देशककाे नियुक्ति भदौ २९ अघि नै हुने – मन्त्रि पुन         रथजात्रामा सुरक्षाकर्मीको अनावश्यक बल प्रयोग,आदिवादी जनजाति महासंघको प्रेस विज्ञप्ति         दक्षिण कोरियाको विमानस्थलमा ३७ नेपाली अलपत्र,के भन्छ सौलस्थित नेपाली दूतावास ?         युवराज खतिवडा बाहिरिएपछि दुई मन्त्रालय रिक्त हुने, मन्त्रीमण्डल विस्तार हुने         बामदेव गौतमलाई राष्ट्रिय सभामा लाने निर्णय         इजरायलमा महाकबि सिद्धिदास महाजुयाको १५३ औ जन्मजयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         बत्तीस हजार वर्ष इतिहाससँग जोडिएको तामाङ जाति        

इजरायलद्वारा यूएई र बहराइनसँग ‘ऐतिहासिक’ सम्झौतामा हस्ताक्षर

वाशिङ्टन । इजरायलले युनाइटेड अरब इमिरेट्‌स र बहराइनसँग ‘ऐतिहासिक’ सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । यस सम्झौतालाई संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ‘नयाँ मध्यपूर्वको मिरमिरे बिहानी’ भन्दै प्रशंसा गरेका छन् ।

इजरायलसँग सम्बन्ध पूर्णरूपमा सामान्य बनाउन दुई खाडी मुलुकले सम्झौतामा हस्ताक्षर गरेपछि ट्रम्पले त्यस्तो बताएका हुन् । हस्ताक्षरकर्ता तीनवटै देशले सहमतिलाई ऐतिहासिक भनेका छन् । यस सम्झौताको मध्यस्थता गरेको ट्रम्प प्रशासनले पनि ऐतिहासिक सम्झौता भएको उल्लेख गरेको छ ।

सन् १९४८ मा स्थापना भएयता इजराललाई मान्यता दिने यूएई तथा बहराइन तेस्रो र चौथो अरब राष्ट्र हुन् ।

अन्य मुलुकहरुले पनि यस कदमलाई पछ्याउने ट्रम्पले आशा व्यक्त गरेका छन् । तर, प्यालेस्टिनीहरूले आफूहरूसँगको द्वन्द्वको समाधान नभएसम्म त्यसो नगर्न आग्रह गरेका थिए । प्यालेस्टाइनसँगको विवाद अन्त्य गरेपछि मात्रै मान्यता दिने भन्दै दशकौंदेखि अधिकांश अरब राष्ट्रहरूले इजरायललाई बहिष्कार गर्दै आएका छन् ।

ह्वाइट हाउसमा मंगलबार आयोजित कार्यक्रममा ट्रम्पले भने, “दशकौंपछिको विभाजन र द्वन्द्वपश्चात्‌ आज हामीले ‘मध्यपूर्वको मिरमिरे बिहानी’ देख्न पाएका छौं ।” इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले सम्झौताको स्वागत गर्दै भनेका छन्, “यो इतिहासको एउटा निर्णायक दिन हो । यसले शान्तिको एउटा मिरमिरे बिहानीको उद्घोष गरेको छ ।”

तर प्यालेस्टिनी नेता महमुद अब्बासले अधिनस्थ भूभागहरूबाट इजरायल हटेपछि मात्रै मध्यपूर्वमा शान्ति आउन सक्ने चेतावनी दिएका छन् । एएफपीका अनुसार तीन देशले सम्झौतामा हस्ताक्षर गरेपछि अब्बासले भने, “इजरायली कब्जा अन्त्य नभएसम्म यो क्षेत्रमा शान्ति, सुरक्षा र स्थायित्व हासिल हुन सक्दैन ।”

इजरेली सेनाका अनुसार हस्ताक्षर कार्यक्रम चलिरहँदा गाजा क्षेत्रबाट इजरायलमा दुईवटा रकेट प्रहार गरिएका थिए । यूएई र बहराइनभन्दा पहिला मध्यपूर्वमा इजिप्ट र जोर्डनले मात्र इजरायललाई औपचारिक रूपमा मान्यता दिएका थिए ।

इजिप्टले सन् १९७८ मा र जोर्डनले सन् १९९४ मा इजरायलसँग शान्ति सम्झौता गरेका थिए ।

उत्तर-पश्चिमी अफ्रिकामा अरब लिगको एउटा सदस्य मरिटेनियाले सन् १९९९ मा इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापित गरे पनि सन् २०१० मा सम्बन्ध तोडेको थियो । – बीबीसी






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

नेपाल तामाङ घेदुङले संस्कृत भाषाको पठनपाठन सम्बन्धि प्रेस बिग्यति जारी

याम्बु - नेपाल तामाङ घेदुङ संघीय सचिवालयले सामुदायिक बिधालयहरुमा संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका... बाँकी यता

tamang online / May 10, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2020: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution