शेर्पा संघ इजरायलको छैठौं अधिबेशनबाट अध्यक्षमा मिङमा शेर्पा निर्वाचित

तेलअविव – शेर्पा संघ इजरायलको दशौं बार्षिकोत्सव तथा छैठौं अधिबेशन अनलाइन जुम भर्चुअल मार्फत सम्पन्न भएको छ । अधिवेशनबाट नयाँ कार्यसमिति (२०२० -२०२२) को अध्यक्षमा मिङमा शेर्पालाई सर्वसम्मत निर्वाचित गरेको छ ।
अधिवेशनबाट नयाँ कार्यसमितिमा निर्वाचित पदाधिकारीहरुमा अध्यक्षमा मिङमा शेर्पा,उपाध्यक्षहरु ल्हेमी शेर्पा,लाक्पा डोमा शेर्पा,दानुरु शेर्पा
महासचिव निमा शेर्पा,सचिव आङछिरीङ शेर्पा,कोषाध्यक्ष छोङबा शेर्पा,सह-कोषाध्यक्ष एलिना शेर्पा रहेका छन् ।
यसैगरी निर्वाचित सदस्यहरुमा रिहा लामा शेर्पा,पेम्बा शेर्पा,पासाङफुटी शेर्पा,तेन्डोमा शेर्पा,पेमा शेर्पा,जेसाङ शेर्पा,पासाङ डोमा शेर्पा,पेमा शेर्पा
र निमा शेर्पा रहेका छन् ।
अधिवेशनले संरक्षक सदस्यहरुमा दावा छिरीङ शेर्पा ,दोर्जे शेर्पा,डोमा शेर्पा र छिरिङ डोल्मा शेर्पा चयन गरेको छ । यसैगरी प्रमुख सल्लाहाकार ल्हाक्पा लामा शेर्पा र सल्लाहकारमा फुर्वा शेर्पा भएका छन् ।
शेर्पा संघ इजरायलको निवर्तमान ल्हाक्पा लामा शेर्पाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल शेर्पा संघ केन्द्रीय महासचिव ल्हाक्पा शेर्पा रहेका थिए ।
कार्यक्रममा बिशिस्ट अतिथि नेफिन इजरायलकी अध्यक्ष पेम्बा डोल्मा ह्योल्मो ,बिशेष अतिथिहरु जम्बुलिङ शेर्वी छोक्पाका प्रवक्ता आङछिरीङ शेर्पा,नेफिन इजरायलका संरक्षक परिषद सदस्यहरु तथा निबर्तमान अध्यक्ष,इजरायलमा कृयाशिल राजनैतिक संगठनका अध्यक्ष हरु, प्रवास शाखाका किदुग तथा संघबाट प्रतिनिधित्व गरेर आउनु हुने अध्यक्ष तथा प्रतिनिधिहरु ,नेफिन इजरायलमा आबद्द आठ वटा राष्ट्रिय समुदायका अध्यक्ष तथा प्रतिनिधिहरु ,शेर्पा बिध्यार्थी मन्चका संस्थापक अध्यक्ष साथै बर्तमान अध्यक्ष,इजरायलमा सक्रिय सामाजिक ,धार्मिक ,कला तथा साहित्यिक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु ,मिडियाकर्मीहरुको उपस्थित रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि ल्हाक्पा शेर्पा,बिशिस्ट अतिथि नेफिन इजरायलकी अध्यक्ष पेम्बा डोल्मा ह्योल्मो लगायतले शुभकामना मन्तव्य राखेका थिए । शुभकामनाको क्रममा शेर्पा वक्ताहरुले शेर्पाहरुको एकता , कला भाषा र संस्कृतीको संरक्षण तथा संवर्द्धनको बारे जोड दिदै मन्तव्य राखेका थिए । संसारभरिका शेर्पा किदुक र संघहरुलाई एकै ठाउँमा उपस्थित गराउन सफल भएकोमा शेर्पा संघ इजरायललाई धन्यवाद व्यक्त गरेका थिए ।
नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख अतिति ल्हाक्पा शेर्पाले अनलाइन मार्फत नै शेर्पा भाषामा शपथ गराउनुका साथै बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको सभापति ल्हाक्पा लामा शेर्पाले २०१८ -२० को कार्यसमितीलाई सफलता पार्न सहयोग गर्नु हुने सबैलाई धन्यवाद ब्यक्त गर्नु हुदै कार्यक्रममा उपस्थित सबैलाई हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।