हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

प्रवास तामाङ संस्थाहरुबाट सयुक्त रूपमा लिदी पहिरो पीडितलाई सहयोग हस्तान्तरण

याम्बु – भौगोलिक दूरी जति टाढा भयो, त्यति नै मानवीय भावना नजिक हुँदो रहेछ । यसमा पनि तामाङ भावना अझ कोमल र दयावान रहेको पुष्टि भएको छ । यसलाई पछिल्लो पटक विदेश स्थित तामाङ संघ÷संस्थाहरुले प्रमाणित गरिदिएका छन् ।               

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. २ स्थित लिदी गाउँमा गत साउन ३० गते गएको पहिरो पीडित तामाङ समुदायलाई अहिलेसम्मकै सबैभन्दा बढी सहयोग रकम उपलब्ध गराएर उनीहरुले प्रमाणित गरिदिएका हुन् ।

विदेश स्थित तामाङ संघ÷संस्थाका प्रतिनिधिहरुले आज नेपाल तामाङ घेदुङको सङ्घीय सभाहल चुच्चेपाटी, बौद्धमा एक कार्यक्रमको आयोजना गरी विदेशमा संकलित एकमुष्ट रकम रु. २२,१२,४९५/– पीडित परिवार समक्ष पु¥याई वितरण गर्न नेपाल तामाङ घेदुङ विपद ब्यवस्थापन प्रमूख रामकृष्ण ब्लोन तामाङलाई हस्तान्तरण गरेका छन् । यो रकम अन्य संस्थाले वितरण गरेकोमध्ये आजसम्मकै सबैभन्दा ठूलो रकम हो ।

यसरी सहयोग रकम उपलब्ध गराउनेहरुमा तामाङ समाज बेल्जियम रु. ४,००,०००/–, तामाङ समाज जापान रु. ३,७०,०००/–, तामाङ संघ दक्षिण कोरिया र तामाङ समाज ख्यङसान बुसान रु. ३,३२,०००/–, तामाङ घेदुङ हङकङ रु. ३,०८,०००/–, तामाङ घेदुङ यु.के. रु. २,०१,०००/–, नेपाल तामाङ घेदुङ बहराईन रु. १,५२,०००/–, नेपाल तामाङ घेदुङ कतार रु. १,२०,३८४/–, नेपाल तामाङ घेदुङ साइप्रस रु. १,१५,०००/–, मकाउ तामाङ घेदुङ एसोसियसन रु. १,१०,०००/– र नेपाल तामाङ घेदुङ मलेसिया रु. १,०४,०००/– रहेका छन् ।

पहिरो गए लगत्तै गाँस र बासको समस्याले पीडित परिवार छटपटाइरहेको बेला साउन ३२ गते नै नेपाल तामाङ घेदुङ इजरायलले सङ्घीय कार्यालयसँग समन्वय गरी १,२६,०००/– रकम सहयोग उपलब्ध गराएको थियो । उक्त रकम घेदुङको जिल्ला अध्यक्ष रेशम स्याङ्बोले स्थानीय जनप्रतिनिधिको उपस्थितिमा सोही दिन हस्तान्तरण गरिसकेका छन् ।

सहयोग रकम उपलब्ध गराउने संस्थाका अध्यक्षहरुले घेदुङलाई एक सन्देश पठाउँदै मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्नुका साथै पीडित परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी कामना गरेको छ । उहाँहरुले विस्थापित परिवारलाई तत्काल उचित बासको ब्यवस्थापन गर्न समेत संघ, प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेको छ ।

घेदुङमार्फत सहयोग हस्तान्तरण गर्ने कार्यक्रममा तामाङ समाज जापानबाट पूर्व उपाध्यक्ष पुजन लामा, तामाङ समाज जापान कित्ताकान्तोका पूर्व सदस्य रविन तामाङ, तामाङ संघ दक्षिण कोरियाबाट तामाङ समाज ख्यङसाङ बुसानका नि. अध्यक्ष विश्वास ब्लोन तामाङ, अन्तर्राष्ट्रिय तामाङ परिषद्का उपाध्यक्ष अस्मिता वाईबा, घेदुङका सङ्घीय सदस्य तथा साइप्रस घेदुङको समेत प्रतिनिधित्व गर्नुहुने सरोजमोहन तामाङ, पूर्व सांसद दावा तामाङ लगायत घेदुङको पदाधिकारी र सचिवालय सदस्यहरुको उपस्थिति रहेको थियो । सहयोगी संस्थाका प्रतिनिधिहरुले संक्षिप्त मन्त्ब्य राख्ने क्रममा घटनाप्रति गहिरो दुःख ब्यक्त गर्दै लिदी पहिरो पीडितहरुको घाउँमा थोरै भएपनि मलम लगाउन सकौ भनेर आफ्नो गाँस काटेर राहत संकलन गरिएको बताएका छन् ।

घेदुङले पहिरो पीडितहरु हाल बसोबास गरिरहेको स्थान सिन्धुपाल्चोक, बासखर्कमा पुगेर भदौ २६ गते स्थानीय जनप्रतिनिधिको रोहवरमा उक्त रकम हस्तान्तरण गर्न लागेको घेदुङका सङ्घीय अध्यक्ष मोहन गोले तामाङले बताए ।

गोलेले यो विपत्तीको घडीमा नेपाल तामाङ घेदुङ र अन्तर्राष्ट्रिय तामाङ परिषद्को आग्रहलाई स्वीकार गरी पीडितलाई यति धेरै रकम सहयोग पु¥याउनु हुने सबै तामाङ संस्थाहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ । यसैगरी परिषद्को बरिष्ठ उपाध्यक्ष टासी लामाले पनि विपत्तीमा सहयोग पु¥याउने सबै तामाङ संस्थाहरुलाई धन्यवाद ब्यक्त गरेको छ ।

गत साउन ३० गते शुक्रबार बिहान गएको पहिरोमा परी लिदी गाउँका ३९ जना बेपत्ता भएकोमा ३३ जनाको शब फेला पारी सद्गत गरिएको र बाँकी ६ जनाको शब फेला नपरेको घेदुङका जिल्ला अध्यक्ष रेशम स्याङ्बोले बताए । उहाँका अनुसार पहिरोबाट २८ घर पूर्ण रुपमा क्षतिग्रस्त समेत १५६ तामाङ परिवार विस्थापित भएका छन् ।

पहिरो पीडित १५६ घरपरिवारमध्ये मानवीय क्षति भएको प्रति परिवारलाई रु. ६०,०००/–, घर पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रति परिवारलाई रु. २५,०००/– र विस्थापित प्रति परिवारलाई रु. ११,५००/– को दरले राहत रकम वितरण गर्न लागिएको जिल्ला अध्यक्ष तामाङले बताए । उहाँले जिल्ला अध्यक्षको पहलमा जिल्ला घेदुङले रु. ४,००,०००/– बराबर राहत रकम संकलन गरेको र सो समेत वितरण गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।

यसैगरी नेपाल तामाङ घेदुङका सल्लाहकार तथा सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने पूर्व संविधानसभा सदस्य दावा तामाङले सहयोगी सबै तामाङ संस्थाहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ । उहाँले पीडित परिवारलाई पुनस्र्थापित गर्न आफ्नो तर्फबाट सरकार र अन्य संघ/संस्थाहरुलाई पनि आग्रह गरिरहेको बताए ।

बर्षौदेखि पहिरो नगएको सुरक्षित वस्तीमा यति धेरै जनधनको क्षति हुने गरी पहिरो जानुमा गाउँदेखि तल रहेको राक्पालगान्धी (ब्रम्हायणी) नदीमा सञ्चालित हाइड्रोपावरको प्रकृति विरोधी गतिविधि र २०७२ सालमा गएको भुकम्प मुख्य कारण रहेको पीडितहरुले बताए । पहिरो पीडितहरुले यस अघि नै आफूहरुलाई सुरक्षित स्थानमा स्थान्तरण गर्न माग गरेपनि कुनै सुनुवाई नहुँदा यसखालको दुर्घटना हुनपुगेको गुनासो गरेका छन् ।                                                                                                          भदौ २५, २०७७ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution