हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

बत्तीस हजार वर्ष इतिहाससँग जोडिएको तामाङ जाति

-कमान सिंह लामा 

पुर्व राजदुत 

पेकिङ् (झाउकाउ) मानिसको नयाँ संस्करण उप–समूहको जीवाश्म १५ जुन २००१ झाउकाउ वन केन्द्र (फरेस्ट्री सेन्टर)मा स्थानीय वन केन्द्रको अधिकारी श्रीमती तियान सिउ मेइले पत्ता लगाइन् र त्यसको प्रचार भयो । मेइले शुरुमा करिव २५ हजार वर्ष पुरानो समयमा मानिस त्यहाँ बस्थे भन्ने कुरा बाहिर ल्याइन् ।

श्रीमती गाव (पेकिङ् मानवको जीवाश्म पत्ता लगाउने) व्यक्तिको नातिनी चेनकाई लीनले भनेको भन्दै लेखिएको छ । त्यस पछि चीनको धेरै ठाउँमा उत्खनन् गरेर धेरै मानव जातिको जीवाश्म, कलाकृति तथा संस्कृतिहरु प्राप्त गरेका छन् । ती जीवाश्म कलाकृतिहरु चीनका विभिन्न ठाउँका संग्राहलयहरुमा सुरक्षित छन् । संग्राहलयमा सुरक्षित रहेका मानव जीवाश्महरुमा जस्तैः पेकिङ् मानिस, युनान माओ मानिस, यु वान, वु सान मानिस आदि धेरै छन् ।

पुरातत्वविद्हरुले बाँदरबाट मानव जातिमा संक्रमण तथा उत्पत्ती बारे धेरै खोजबिन अनुसन्धान, परापूर्वकाल देखि गर्दै आएका छन् । त्यस्तै चीन लगायतका धेरै देश, नेपालमा समेतले मानव जातिको विकास बारे धेरै अध्ययन अनुसन्धान गरेका छन् । त्यही क्रममा चीनमा पनि धेरै पुरातत्ववीदहरुले खोजवीन अनुसन्धान गरेका छन् ।

चीनमा पुरातत्वविद्हरुले उत्खनन् गरेर प्राप्त सबै जीवाश्म कलाकृतिहरुको आधारमा प्राचीन मानवका पेकिङ् मानव देखि लान्तियान मानव, नानजिङ् मानव, यु वान माओ मानव र वु सान मानव लगायत सबैको खोजबिन गरेका छन् ।

वु सान मानवको कार्बन डेटिङ्ग विधीबाट जीवाश्मको समय निर्धारण गर्दा २.४ मिलियन वर्षको भन्ने निश्कर्ष भएकोले होमो ईरेक्टस मानव अफ्रिका र जाभामा हैन, एशियाको चाइनामा नै हो भएको हो भन्ने तथ्य खुल्छ । त्यो बाँदरबाट मानवमा पहिलो संक्रमण हुने मानवको पहिलो होमो ईरेक्टस नै वु सान मानव हो भन्नेमा सबै पुरातत्वविद्हरुको एकमत छ । बांदरबाट मानवमा संक्रमित होमो ईरेक्टर मानवको प्रजाति, होमो साफिन्स (हेटाओ म्यान) प्रजातिलाई वैज्ञानिकहरुले ‘सीनान्थ्रोपस’ भन्दछन ।

ल्याटिन भाषामा ‘सीना’ को अर्थ ‘चाइना’ र ‘एन्थ्रो’को अर्थ मानिस हुन्छ । यी दुबैको अर्थ जोडेर हेर्दा चिनियाँ मानिस भन्ने अर्थ लाग्छ । यसैलाई वैज्ञानिक ढंगले ‘सीनानथ्रोपस’ भन्ने शब्द प्रयोग गरिन्छ । चीनमा पाइएका सबै प्राचिन मानवका जीवाश्महरु, होमो ईरेक्टस प्रजातिका सबै ‘सीनानथ्रोपस’ हुन् । यही मध्ये वु सान मानव पनि एक हो । वु सान मानव पनि ‘सीनानथ्रोपस’ प्रजाति भित्रै पर्दछ । वु सान मानवको जीवाश्मको बारे शुरुमा भिन्न धारणा थियो । होमो ईरेक्टसको पहिला उत्पत्ती अफ्रिकामा भन्ने थियो । वु सान मानवको कार्बन डेटिङ्ग विधीबाट जीवाश्मको समय निर्धारण गर्दा २.४ मिलियन वर्षको भन्ने निश्कर्ष भएकोले होमो ईरेक्टस मानव अफ्रिका र जाभामा हैन, एशियाको चाइनामा नै हो भएको हो भन्ने तथ्य खुल्छ । त्यो बाँदरबाट मानवमा पहिलो संक्रमण हुने मानवको पहिलो होमो ईरेक्टस नै वु सान मानव हो भन्नेमा सबै पुरातत्वविद्हरुको एकमत छ ।

झाव, साङ्ग र सिया जाति

साङ्ग र सिया एकै वंश परम्परा ‘से’ वंशबाट आएका दुई जातिहरु हुन् । तर पनि ‘सिया राजवंश’ नै चीनको पहिलो र ‘साङ्ग राजवंश’ दोश्रो हो भनि तर्क गर्नेहरु पनि छन् । तर सियाको पक्षमा यो मत झिनो छ । अधिकांश इतिहासवीद्हरु चीनको पहिलो राजवंश साङ्ग नै हो भन्नेमा एक मत रहेका छन् । ‘साङ्ग अर्थात् सङ्ग’को शाब्दिक अर्थ ‘गणपति’ (मूल) हो । यसले ‘मूल मान्छे’ भन्ने अर्थ जनाउँछ । तसर्थ ‘साङ्ग’ शब्द दर्जा वा पद हो । ‘साङ्ग अर्थात् साङ्ग ’प्रणाली वा ‘मूर्मि’ हरुको शासन भएको वंश भन्ने बुझिन्छ । त्यस्तै साङ्ग राजवंश र सिया राजवंश दुई भिन्ना–भिन्नै वंश परम्पराका हुन भन्ने सोचको आधारमा यी दुई समूह बीचमा कसले पहिला शासन गरे भन्ने सन्दर्भमा इतिहासवीदहरु बीच विवाद छ ।

इतिहासकार केहीले साङ्ग राजवंश पहिलो भन्छन भने, केहीले सिया राजवंशले पहिलो शासन गरेको तर्क गरिहेका छन् । तर साङ्ग र सिया एकै वंश परम्पराका मानिसहरु हुन । सियाहरुको पनि साङ्ग प्रणाली नै थियो । यो विवाद वंशको सवाल नभएर राजनीतिक सवाल मात्रै हो । चीनको पुरानो इतिहास तथा चक्रवात र मानव विकासक्रमलाई नियाल्दा ‘से’, झङ्ग, सङ्ग, साङ्ग, सिया, देङ्ग’ आदि चीनमा रहेका ५६ थरीका आदिवासी जनजाति मध्ये आधिकांशको वंश परम्परा एउटै रुखका विभिन्न हाँगा विंगाहरु जस्तै हुन् ।

मानव विकास क्रममा विकास आर्जन गरेको ज्ञान, सीप र सभ्यता रितिरिवाज संस्कृती पनि एकै मूल हाँगाबाट छुट्टिएको हाँगा–विंगा र सामूहिक उपलब्धि हुन भन्ने पुष्टि हुन आउँछ । त्यसै गरी जीव शास्त्रीय हिसाबले हेर्दा पनि एउटै नश्ल समूह बीचका भिन्न–भिन्न हाँगाका हुन भन्ने बुझिन्छ । साङ्ग राजवंश २५०० बी.सी. देखि १०९ बी.सी.सम्म कायम भएको भन्ने इतिहासकारहरुको भनाई छ । तर पनि अधिकांश इतिहासकारहरु १६५० बी.सी. देखि १०९ बी.सी सम्म शासन गरे भन्ने छ । तर वंशगत रुपमा साङ्ग वंश कै भए पनि राजनीतिक रुपमा अलग राज वंशहरुकोे शासन भएको देखिन्छ । त्यही कारणले नामको दृष्टिले भिन्न–भिन्न खोज्ने र वंश परम्परागत रितिथितीको हिसाबले विश्लेषण गर्दै जाँदा धेरै पर पुस्तौं पुस्तासम्मको अवस्था पुग्ने पुस्तौं पुस्तासम्म र स्वाभाविक रुपमा एक देखिने र हर्नेे बिचार र गर्ने बिचार हुन्छ । यसको कारण वंश परम्पराको हिसाबले यी सबै जातिहरु एउटै नश्लका विभिन्न कालखण्डमा छुट्टिएर अन्य स्थानमा बस्न गएका र उक्त ठाउँ कै नामबाट जातिका नाम राख्ने गरेको कारणले नामले भिन्न भिन्न देखिन्छन । तर एउटै वंश परम्पराको भएकोले यो विवाद र अन्यौल श्रृजना भएको देखिन्छ । त्यही साङ्ग राजवंशका २१औं राजा वु डिङ थिए । उनी ज्यादै शक्तिशाली र चतुर राजा थिए । उनको शासनकालमा धेरै परिवर्तन एवं विकास गरेका थिए । उनको शासन कालमा नै तामाङहरुको हृुअी (थर) वर्ग विभाजनको शुरुवात भएको थियो ।

प्रविधीको विकास पनि उनैको शासन कालमा भएको थियो । त्यस बखत दास युग भए पनि उनी सबै जनताको मनोभावना बुझेर मात्रै शासन गर्ने राजा थिए । त्यसको प्रमाण उनले छोरा ‘जीआ’ लाई ६ महिना भन्दा बढि दासहरुसंग गएर काम गर्ने र उनीहरुले जस्तै जीवन बिताउन पठाएका थिए । राज कुमार अर्थात् भावी राजालाई पठाइएकोले पनि राजा वु डिङ जनमत लिएरै शासन गर्ने शासक थिए भन्ने त्यस बखतका जनताले बुझेका थिए । वु डिङ आफंैलाई पनि उनको बुवाले यसै गरी अनुभवको लागी दासहरुको बीचमा बसी काम गर्न पठाएका थिए । वु डिङको शासन काल सफल हुनुमा दोश्रो श्रीमती देवदुत संसारको पहिलो महिला महासेनानी ‘फु हाव’ को धेरै ठूलो योगदान रहेको छ । उनै ‘फु हाव’ (वु इ ह्याली नाङसिरी म्हा मु) नै नेपाली तामाङहरुको कुलको मूल देवदूत पितृ देव वु इ ह्याली नाङसिरी म्हा मु हुन् भन्ने तथ्यहरुले प्रमाणित गरेको छ ।

साङ्ग राजवंश २५०० बी.सी. देखि १०९ बी.सी.सम्म कायम भएको भन्ने इतिहासकारहरुको भनाई छ । तर पनि अधिकांश इतिहासकारहरु १६५० बी.सी. देखि १०९ बी.सी सम्म शासन गरे भन्ने छ । तर वंशगत रुपमा साङ्ग वंश कै भए पनि राजनीतिक रुपमा अलग राज वंशहरुकोे शासन भएको देखिन्छ । वु डिङको शासन १२५० बी.सी. देखि ११९२ बी.सी सम्म ५८ वर्ष शासन गरे र परम्परागत पात्रो अनुसार १३२४ बी.सी. देखि १२६६ बी.सी. सम्म शासन गरे भन्ने छ । राजा वु डिङका ६०–६३ जना श्रीमतीहरु थिए । तिनीहरुमा विशेष श्रीमतीहरु ३ जना मात्र थिए । तिनीहरु मध्येको दोश्रो श्रीमती वु इ ह्याली नाङसिरी म्हा मुु थिइन् ।

चीनको पुरातात्विक उत्खनन् र त्यसबाट प्राप्त पुरातात्विक बस्तु जीवाश्म कलाकृतिबाट के प्रमाणित हुन आउँछ वा देखिन्छ भने चीनको सबभन्दा पुरानो जाति झाव र ‘से’ नै हुन् । झाउकाउडियनमा पहिलो मानव जीवाश्म पाइएको थियो । जसलाई अहिले पेकिङ् मानव भनेर प्रचलीत छ । पुरातत्वविद् एंव इतिहासकारहरु यसलाई पेकिङ्सिस मानव नै भन्दछन् ।

 राजा वु डिङ वेइको – चीनको इतिहासमा महान उपलब्धि

वु डिङ र साङ राजवंश शासन कालको सबभन्दा महत्वपूर्ण र पराक्रमी राजा थिए । वु डिङ विकी पिडीया अनुसार साङ्ग राजवंशका ‘बोन’ अनलमा लेखिएका शिला लेखकका स्क्रिप्ट (रुइन अफ यीन) फु हावको चिहानमा भेटिएको थियो । जुन अभिलेखले साङ्ग राजवंशका २१औं राजा भनेका छन् । इतिहासको तथ्यका आधारमा सीमा छिनले बाईसौं राजा भनेर स्वीकार गरेका छन् ।

वु डिङको शासन काल करिव १२५० देखि ११९२ बी.सी. को हो भन्ने छ । परम्परागत पात्रो अनुसार १३२४ देखि १२६६ बी.सी. भन्ने छ । जे होस वु डिङले ५८ वर्ष शासन चलाएको कुरा यस अनुसार प्रष्ट हुन आउँछ । तर साङ्ग राजवंशको ‘२१औं राजा वु डिङ गेम चेञ्जर ‘नोबल’को विशेष अधिकार र चीनको इतिहास’मा २३औं राजा (१२५० बी.सी. देखि १२९२ बी.सी.) सम्म शासन गरेको हुन भन्ने उल्लेख भएको देखिन्छ । उनै राजा वु डिङका दोश्रो श्रीमती फु हाव (वु इ ह्याली नाङसिरी म्हा मु)को मृत्यु १२०० बी.सी मा भएको थियो । उनको चिहान सन् १९७६ मा यिन सु, अन्याङ् हेनान प्रान्त चाइनामा प’रातत्वविद् झिङ्ग झेसियाङ्गको समूहले उत्खनन गरेको थियो ।

 चिहान उत्खननबाट प्राप्त ऐतिहासिक तथ्य

फु हावको स्वर्गारोहण १२०० बी.सी. मा भएको थियो । राजा वु डिङ आफू जीवितै हुँदा नै फु हाव लीको स्वर्गारोहण भएकाले आफ्नो मनोभावना पूरा हुने गरी उच्च सम्मान साथ आफ्नो प्रिय रानीको अन्त्यष्टी गरेका थिए । वु डिङले परम्परागत राजकीय चिहान भन्दा अलग उनको मात्रै एक लौटी राजकीय चिहान बनाई फु हाव लीलाई अन्त्यष्टी गरिए कै कारणले फु हावको चिहान बारे कसैलाई थाहा पनि भएन । त्यसैले उत्खनन, अनुसन्धान वा कुनै किसिमले चोरी चकारी नभई चिहान जस्ताको त्यस्तै रहेर सबै पुरातात्वीक वस्तुहरु प्राप्त भयो । यहाँ सम्म कि फु हावको पार्थिव शरिरको सम्पूर्ण अंग प्रत्यङ्गहरु समेत प्राकृतिक रुपमा हावापानी आदि र धेरै लामो समय भएकाले भौतिक शरिर गलेर भष्म भै धुलो भएको भए पनि सर्वाङ्ग जस्ताको त्यस्तै देखिन्थ्यो । यतिसम्म व्यवस्थित गरिएर गाडिएको थियो की भने फु हावको यौनाङ्गको वरिपरीका आकार प्रकार समेत प्रस्टै देखिने टुक्रा टाक्री अवस्थामा भेटिएको थियो । जसले गर्दा फु हाव कै चिहान हो भन्ने यकिन भयो । त्यहाँ प्राप्त वस्तुहरु र अन्य चिजहरुले त्यस अवस्थाको समाज व्यवस्था, विज्ञान, प्रविधीको विकास सामाजिक, राजनीतिक व्यवस्था बारे प्रष्टै पढ्न, बुझ्न सकिन्थ्यो ।

चिहानमा तत्कालिन प्राचीन चित्र लिपीमा लेखिएको ‘बोन अनाल ‘पिन ईन’ अक्षरमा लेखिएको वस्तुले त्यो बेला अक्षरको विकास भएको, लेख्य भाषामा इतिहासको रेकर्ड राख्ने चलनको विकास भै सकेको भन्ने प्रष्टै बुझिन्थ्यो । बी.सी को आठौं शताब्दी अगाडिको अवधीलाई ‘युद्ध अवधी’(वार पिरियड) भनिन्छ । यहीबेला चीनमा धेरै जनजाति (ट्राइभ) हरु अलग थलग भए । यही बेला धेरै दर्शन, संस्कृती र सभ्यताको विकास भयो र स–साना राज्यहरुमा विभाजित भए । यही अवस्थामा नै बसन्त, शरद ऋतुहरुको अवधि भन्ने शुरु भएको हो ।

बी.सी को ७७१ वर्ष पहिले साङ्ग वंश कालमा नै तामाङहरुको हृुइ (थर) विभाजन र पात्रोको चलन अन्तिम रुपमा प्रष्ट विभाजित गरेका थिए । जुन राजा वु डिङले शुरु गरेको पितृसत्तात्मक समाज, हृुइ (थर) वर्ग विभाजन र अहिले चलनमा आएको (लुनार) चन्द्र पात्रोको आविष्कार त्यहि बेला भएको थियो । त्यही अवसरको खुशीयालीमा अहिलेसम्म पनि चीन, जापान, कोरिया लगायत धेरै देशहरुले लुनार न्यु एयर (स्प्रिङ फेस्टीवल) भनेर र नेपालका तामाङ जाति लगायतका धेरै मंगोल मूलका जातिहरुले ‘सोनाम ल्होछार’ र अन्य नामले भव्य रुपमा पर्व मनाउँदै आएका छन् ।

 ‘फु हाव ली मु’ को चिहान

फु हावको स्वर्गारोहण पछि धेरै समयसम्म यस बारे जनता अनभिज्ञ नै थिए । उनको चिहान हेनान प्रान्त, अन्याङ शहरको यीन गाउँमा इस्वी सन् १९७६ मा फेला प¥यो । यो पुरातत्विक स्थानको प’रातत्वविद् झिङ् झेसियङ्को समूहले उत्खनन् गरेपछि त्यहाँ उपलब्ध भएको पुरातत्विक वस्तुहरुको तथ्यहरु उजागर भयो । राजा वु डिङले फु हावको अन्तिम संस्कार गर्दा फु हावको चिहानमा फु हाव नै हो भन्ने प्रष्ट बुझिने चिन्हहरु र उनको जीवनीबारे बृतान्त छोडिएको समेत सूचनाहरु प्राप्त भएको भन्ने पुष्टि गरेका छन् । फु हाव ‘वु इ ह्याली नाङसिरी म्हा मु’को स्वर्गारोहण नदीको पारी भागमा भएको थियो । साङ्गहरुको परम्परागत राजकीय चिहान नदी वारी भए पनि नदी पारी नै राजा वु डिङले उनको सदगत राजकीय सम्मानका साथ गरेको तथ्यले देखाएको छ । फु हावको चिहानले ओगटेको जमीन सानै थियो । करिव २० स्क्वार मिटर भाग मात्रै ओगटेको थियो ।

राजकीय चिहान परम्परागत रुपमा अर्कै ठाउँमा भए पनि उनलाई उनी फु हाव आफ्नै जमिन नदी पारी नै लगेर सदगत गरिएको थियो, तथापि राज परिवारहरुको एकै ठाउँमा सदगत गर्ने चलन भए पनि उनको चाही नदी पारी लगिएको थियो । साङ्ग राजवंशका सबैको राजकीय चिहानमा नै फु हावको सदगत नगरिएको कारण एंवम् उनको चिहान अलग भएकोले नै उनको चिहान कसैले थाहा नपाएर गोप्य नै रहेको थियो । वु डिङको मृत्यु पछि राजनितीक रुपमा विभिन्न राज्य सत्ताले शासन गरेको भए पनि वंशगत रुपमा साङ्ग वंशको राज्य सत्ता हान जातिले केही महिना (१२५ बी.सी. देखि १११ बी.सी., १०९ बी.सी.) मा हमला गरी एकीकरण गरे भन्ने त्यो तथ्य पनि बाहिर आयो ।

१०९ बी.सी. मा साङ्ग वंशको शासनको यस तथ्यानुसार साङ्गहरुको अन्त्य भएको भन्ने पनि मत रहेको छ । त्यही कारण फु हावको चिहान जस्ताको तस्तै रहन सम्भव भएको थियो । साङ्ग वंशका जनताले फु हावलाई मु ल्हान भनि पुजा गर्थे । उनी मरेपछि पनि उनको चिहानमा साङ्ग वंशका राजाहरुले पुजा गर्ने गरेको भन्ने कुराहरु उनको चिहानमा पाइएको मानिस, कुकुर जस्ता जीवको पुजा गरेको जीवाश्महरु प्राप्त भएकाले पनि ज्ञात हुन आएको कुरा विज्ञहरुले बताएका छन् । त्यो चिहानमा पाइएको मानिस र कुकुर जस्ता जीवहरुको शरिरको अवषेशहरु एकै साथ प्राप्त हुनुले के कुरा आंकलन गरेको छ भने ती मानिसहरुका अवशेषहरु त्यस बेलाका दासहरुको हो र उनीहरुलाई पशु सरह कै व्यवहार गरिन्थ्यो । तसर्थ पशुसँगै उनीहरुलाई भाकलको रुपमा मान्छे कुकरसँगै पुजा गर्थे भन्ने सावित हुन्छ । यही पुजा गरी प्राप्त भएको आशिर्वाद एवम् बरदानको कारणले शक्तिशाली ‘गङ्ग ट्राइवहरुलाइ पराश्त गर्न सफल भएका थिए । त्यो सफलता पाउनुको कारण नै उपरोक्त पूजा गरी प्राप्त वरदानको कारणले नै ग्वाङ्गहरुलाई हराउन सकिएको भन्ने जनविश्वास थियो ।

‘ग्वाङ्ग’ अर्थात् ‘गाङ्ग को अर्थ चाइनिज भाषामा खोला हुन्छ र तामाङ भाषमा पनि हृुइ (थर) गङदान, स्योङदान भन्ने हृुइ (थर) पनि हन्छ । स्योङको अर्थ खोला नै हो तसर्थ चाइनिज ग्वाङ जाति र तामाङको स्योङदान एकै वंश परम्पराका जातिहरु हुन भन्न सकिन्छ । त्यहि ग्वाङ्हरुसँगको युद्धमा वु डिङले युद्ध जितेको भन्ने उपरोक्त मान्यता त्यस बेला थियो । चिहानको खाल्डोले ओगटेको भाग ५.६ मिटर लामो र ४ मिटर चौडा (१६ फिट, १३ फिट) को खाल्डो मात्रै थियो । त्यो खाल्डो भित्र ५ मिटर (१६ फिट लामो र १३ फिट चौडा) १.३ मिटर (४.३ फिट) अग्लो काठको बाकस खाल्डो भित्र थियो र त्यो बाकसमा फु हाव ‘वु इ ह्याली नाङसिरी म्हा मु’को पार्थिव शरिरका साथ थुप्रै (कलाकृति) प्राचीन पूरात्तात्विक वस्तुहरु एक साथै जस्ताको त्यस्तै पाइएको थियो भन्ने उत्खनन कर्ता पूरातत्ववीद झिङ् झेसियाङ्ले तथ्य बाहिर ल्याएका थिए । यही तथ्यले पनि आफ्नो समयमा राजा वु ले धेरै पटक कोशिस गर्दा पनि जित्न नसकेको वायु राज्य थियो । उक्त वायुइ (वाइ) राज्य हान जातिले मिन यु, नान यु, दाई, क्रमश (१२५ बि.सी., १११ बि.सी., १०९ बि.सी.) मा हमला गरी एकीकरण गरे । भन्ने तथ्य पनि प्राप्त भएको छ । उपरोक्त वायुइ राज्यहरुको १०९ बि.सी. मा वायइु राज्यलाई हान वंशले जिते पछि साङ्ग वंशको शाासनको अन्त्य भएको भन्ने इतिहासकारहरुको भनाई रहेको छ ।

वु डिङको मृत्यु पछि राजनितीक रुपमा विभिन्न राज्य सत्ताले शासन गरेको भए पनि वंशगत रुपमा साङ्ग वंशको राज्य सत्ता हान जातिले केही महिना (१२५ बी.सी. देखि १११ बी.सी., १०९ बी.सी.) मा हमला गरी एकीकरण गरे भन्ने त्यो तथ्य पनि बाहिर आयो । १०९ बी.सी. मा साङ्ग वंशको शासनको यस तथ्यानुसार साङ्गहरुको अन्त्य भएको भन्ने पनि मत रहेको छ । ए.डी को ०९ मा वाङ मिङ् सिनले दावी गरे की मलाई स्वर्गले शासन गर्ने अधिकार दिएको छ भनि स्व घोषणा गरी हान राज्यसत्ताको अन्त भएको घोषणा गरे र मिङ्को उदय भयो । त्यस पछि सिन राज्यसत्ता छोटो अवधिको लागी स्थापित गरे । वाङ मिङ्ले उनको छोटो अवधिको शासन कालमा महत्वपूर्ण परिवर्तन एवम् विकास गरे । जसमा दास प्रथाको खारेजी, सवै जमिन राष्टियकरणको घोषणा, जमिन माथि जनताको अधिकार, जमिन वितरण गरी दिनुका साथै अर्थतन्त्रको विकास गरे । वंशगत रुपमा साङ् वंशको शाासनको वास्तविक अन्त ए.डि को ०९ सम्म रहेको भन्ने यस तथ्यले देखिन्छ ।

 चिहान उत्खनन्मा भेटिएका सामग्रीहरुः

पुरातत्वविद् झिङ् झेयाङ्को नेतृत्वको समूहले १९७६ मा फु हावको चिहान उत्खनन् बारे माथि नै सविस्तार उल्लेख गरिएको छ । उत्खनन गर्दा तपशिलमा उल्लेखित फु हावका जीवाश्माका अवशेषहरु र ऐतिहासिक पुरातात्विक प्राचीन महत्वका वस्तुहरु फेला परेका थिए ।

– १६ वटा मानिसका खप्परहरु ।

– ६ वटा कुकुरको खप्परहरु ।

– ७५५ वटा श्रृंगारका सामग्री तथा गरगहनाहरु ।

– ५६४ वटा हड्डिका सामग्रीहरु ।

– ५०० वटा हाडका कपालमा लगाउने चिम्टी अर्थात् काटाहरु ।

– २० वटा धनुषकाँधहरु ।

– ४६८ वटा पित्तल धातुका भाँडाहरु ।

– २०० वटा रितिरिवाज चलन चल्तिको संस्कारगतका पित्तल धातुका सामग्रीहरु तथा प्यालाहरु ।

– १३० वटा हातहतियारहरु ।

– २३ वटा घण्टीहरु ।

– २७ वटा चक्कुहरु ।

– ४ वटा ऐनाहरु ।

– ४ वटा बाघको खप्पर तथा दाँतहरु ।

– ६३ वटा ढुङ्गका हतियारहरु ।

– ११ वटा माटाका भाँडाहरु ।

– ५ वटा हात्तिका दॉतहरु ।

– ६,९०० थान सामुन्द्रिक शिल्पिका गरगहनाहरु वा काउरी जुन पैसाको रुपमा चलाउने चलन थियो ।

 राजा वु डिङको फु हाव लीसँगको प्रेम

साङ्ग राज्यकालमा मातृसत्तात्मक समाज व्यवस्था थियो । त्यही वंशका २१औं राजा वु डिङ थिए । राजा वु का ४ भाइ थिए । ४ भाइको एक जना श्रीमती थियो । वु डिङको एक छोरा थिए । यति हुँदा–हुँदै पनि उनको छिमेकी एक कविलाको छोरीसँग पे्रम सम्बन्ध भएको थियो । त्यो पे्रम सम्बन्ध भएको त्यस बेलाको सामाजिक रितिथिती विपरित व्यवहार भएको कारण वु डिङलाई कविला समाजले कार्वाही गरी वहिष्कार गर्यो । उनी राजा हुनु पूर्व नाम वु भनिन्थ्यो ।

पौराणिक इतिहासको पात्रो अनुसार भेडा वर्ष (ग्यु–ल्हो) मा राजा भएको हुँदा (उनी) वु लाई ‘वु डिङ वइ’ भन्ने नामाकरण भएको थियो । राजा वु आफ्ना वंशजले त्यस बखतको मातृसत्तात्मक समाजको रितिथिती उलङ्घन गरी ४ भाइको एक श्रीमती हुँदाहुँदै अर्कोसँग छुट्टै प्रेम सम्बन्ध कायम गर्ने अपराध गरेका कारण कार्वाहीमा परी साङ्ग समाजले वहिष्कार गरेका थिए । पछि ‘एल्लो रिभर’ (ह्वाङ्हो नदी) को दक्षिण पट्टि, हालको यिन झी बाई क्षेत्र तिर निर्वासित भएका थिए । त्यस पछि त्यहि ठाउँ वु डिङको राजधानी भयो । त्यस ठाउँका कविलाका साङ्ग (मुर्मी) प्रमुख सम्भवतः फापा चेङ्रेसीको छोरी फु हाव हो भन्ने मत नेपाली लाप्तापा, लोवोन (कुल पुजारी) प्राचीन इतिहासकारहरुको मत छ । उनै फु हावसँगै वु को पे्रम सम्बन्ध भएको थियो । वु डिङ र फु हाव ली आफ्नो पे्रमिका कै गाउँमा निर्वासित जीवन बिताउन गएका थिए ।

तामाङ जातिमा विषेश गरी सिङ्दान, सिङ्तान, सिन्थानहरुले कुल पुजा गर्दा मुख्य आमा तिरका प्राचीन पुर्खाको प्रतिमा बनाई कुल पुजा गर्दा लोवोन लाप्तापा, ताम्वा, लामा, घान्वा, घान्सुम, मुर्मी (साङ्ग) हरुले सबैका पितृ देवहरुको नाम लिई पुजा पाठ गर्ने चलन रहेको छ । त्यस बखत ‘ओराकल ग्राण्ड हिस्टोरियन’ लोवोन, लाप्तापाहरुले सबभन्दा शुरुमा प्रमुखता दिएर आफ्नो पितृको नाम लिंदा वु इ ह्याली नाङसिरी म्हा मु भनि प्रथम पुर्खाको नाम लिन्छन् । तसर्थ फु हाव नै नाङ्गसिरी म्हा मु हुन् भन्ने प्रष्ट हुन्छ ।

 देवदूत फु हाव लीको कुटनीति

वु डिङ निर्वासनमा वु इ ह्याली नाङसिरी म्हा मु कै गाउँमा गए र उनीसँगै बसे । वु डिङ र फु हावलाई व‘हा कै बुवाको जग्गा जमिन सम्पत्ति पनि उनीहरुलाई नै प्राप्त भएको थियो । नुवाकोट ल्हाच्याङका छ्यूर्की गुम्बाका लामा लाप्तापा काइँला लामा सिङ्दान, दिपक कृष्ण सिङ्दान र फार्की गुम्बाका लामा लाप्तापा शिकारे कान्छा गोले र मान बहादुर गोले द्वयको भनाई अनुसार नाङसिरी म्हा मु, बौद्धमार्गीहरु सबैले मान्ने गरेका देवता फापा चेङ्रेसीका छोरी भएको बताउँछन ।

राजा वु श्रीमान र वु इ ह्याली नाङसिरी म्हा मु दुबै विलक्षण प्रतिभाका धनी थिए । विशेषतः प्राचीन कालमा पनि फु हाव र वु इ ह्याली नाङसिरी म्हा मुको कुटनीतिक चातुर्यता आज पर्यन्त प्रशंसनीय मानिन्छ । वु इ ह्याली नाङसिरी म्हा मुसँग कै प्रेम सम्बन्धको कारण वु डिङ वइ निर्वासनमा जानु परेको हो र साङ्ग समाजबाट वहिष्कृत भएका हुन । पे्रमी वु लाई उनको कुटनीतीको कारण नै पुनः साङ्गहरुले स्वीकार गरी वु लाई पुनः राजासम्म बनाउनु फु हाव (वु इ ह्याली नाङसिरी म्हा मु) को कुटनीतिक सफलताको कारण हो । फु हाव (वु इ ह्याली नाङसिरी म्हा मु) दोश्रो श्रीमतीको रुपमा भित्रिएर पनि मर्यादा क्रममा अरु श्रीमतीहरुलाई उनी भन्दा पछाडी पार्न सफल हुनु फु हावको कुटनीतिक चालको सफलता कै कारण थियो । त्यति मात्रै नभएर त्यस समय अनुसार साङ्ग राज परिवारको ‘दैवि शक्ति प्राप्त कुल पुजारी’ हुने अवसर प्राप्त गर्न सफल हुनु वहाको कुटनीतिक कौशलताको ज्वलन्त उद्दाहरण हो ।

फु हाव ‘वु इ ह्याली नाङसिरी म्हा मु’को मृत्यु इसा पूर्व १२०० बी.सी. मा भएको थियो । साङ्ग राज्यको फु हाव मार्शल आर्टकी (मार्शल) महासेनानी जस्तो शक्तिशाली पद हाँसिल गरी सफलताका साथ जिम्मेवारी पुरा गरेकी थिइन । उनको पालामा धेरै कविला राज्यसँगको युद्धमा सजिलै फु हावको कमाण्डमा युद्ध जितेको थियो । साङ्ग राज्यमा थुप्रै कविलाहरुको राज्यलाई पराजय गरेर आफ्नो राज्य विस्तार गरिएको थियो । जनताले ज्यादै सम्मान गर्ने भएकोले उनलाई ‘लेडी हाव’ भनि सम्बोधन गर्थे । जनता तथा छिमेकी कविलाका मानिसहरु फु हावलाई साच्चिकै ‘दैवी शक्ति प्राप्त भगवान’ नै मान्थे । सबैले ‘मु ल्हान’ भनि सम्बोधन गर्थे । ईसा पूर्व १३०० शताब्दीको अन्तिम प्राचिन अवस्थामा पनि (पित्तल) धातुका हातहतियार, रेशम उद्योग, चिया उद्योग र कपासको खेती त्यस्तै माटाका भाँडाहरुको उद्योग थियो । त्यस बखत भारतसम्म पनि व्यापारिक सम्बन्ध थियो ।

वु डिङ र पछिल्लो साङ्ग राज्य काललाई चीनको इतिहासमा स्वर्णकाल नै भन्ने गरिन्छ । उनैको पालामा ‘चित्र लिपी’ अक्षरको आविश्कार भएको थियो र थरहरु (हृअी)को विभाजनको शुरुवात र वर्ग विभाजन यही बेला भएको थियो । राजा वु डिङ कै पाला देखि मातृसत्तात्मक समाज व्यवस्थाबाट पितृसत्तात्मक समाजको शुरुवात भएको थियो । कागजको आविष्कार पनि यही वेला भएको थियो । वु इ ह्याली नाङसिरी म्हा मुुले त्यस बखतको रिततिथिती अनुसार वु डिङ लगायत उनका चारै भाइसँग विवाह गर्ने स्वीकार गरेको भन्ने भनाई पनि पाइन्छ । वु डिङ नेपाली ‘ओरेकल ग्राण्ड हिस्टोरियन’ लोवोन, लाप्तापा, ताम्वा र अन्य गान्वा, गानसुम अनुसार (साङ्गदा) मूल, मी अर्थात् मुर्मी (कविलाको प्रमुख) र अर्को भाइ हिृक्दा (सेनाका अफिसर) थिए ।

वु डिङका ६०–६३ जना श्रीमती मध्ये दोश्रो श्रीमती फु हाव र जेठी श्रीमती जिया पनि सेनामा नै काम गर्थिन र तेश्रो श्रीमती पनि सेनामा नै भए पनि फु हावको चतुर्र्याइको अगाडी उनीहरु फिका (ओझेलमा) परेका थिए । फु हावकोे एउटा छोरा थियो । त्यसैका कारण पनि फु हावलाई प्रमुख रानी बन्नको लागि बल पुगेको थियो । जेठी श्रीमतीको पनि एउटा छोरा थियो, तर उनको कलिलै उमेरमा मृत्यु भएको थियो । त्यस बखतको चलन अनुसार जो रानी भयो उही देवदूत दैवि शक्ति प्राप्त पूजारी हुने हुँदा फु हावलाई महत्वपूर्ण पदहरु ग्रहण गर्न सहज परिस्थिती श्रृजना भएकोले वु ले पनि उनलाई साथ दिएका थिए । फु हावको निधन १२०० बी.सी मा भएको थियो । वु डिङको मृत्यु ११९२ बी.सी. मा भएको थियो । फु हावको मृत्यु भन्दा पछि वु डिङको मृत्यु भएकाले वु डिङले फु हावको अन्त्यष्टी राजकीय सम्मानका साथ, उच्च सम्मान एवम् भव्य तरिकाले गरिएको थियो भन्ने चिहान उत्खनन् पछि अध्ययनबाट प्रष्ट भएको छ ।

 वु इ ह्याली नाङसिरी म्हा मु

फु हाव (वु इ ह्याली नाङसिरी म्हा मु) को चिहान चीनको हेनान प्रान्त आन्यान शहरको यिन्सु हो भन्ने पत्ता लाग्यो । उक्त कुराको सन् १९७६ मा कोे चिहान उत्खनन् गर्दा पनि त्यहा पाएको पूरात्तात्वीक वस्तुले पनि उक्त कुराको फु हाव कै चिहान हो भन्ने थप पुष्टी भयो । अहिले उक्त चिहानमा मन्दिर बनेको छ । उक्त मन्दिरको नाम मु ल्हान को मन्दिरले प्रचलित छ । उक्त मन्दिरको बाहिर चीनिया सरकारले मु ल्हानको पूर्ण कदको मूर्ति प्रतिष्थापन गरिएको छ । मु ल्हानको चिहान विश्व सम्पदा सुचीमा समेत सुचीकृत भएको छ । साङ्ग राजवंशको महारानी, विश्वको पहिलो महिला महासेनानी, कुल महिला पुजारी, देवदूत नै तामाङहरुले मान्दै आएका वु इ ह्याली नाङसिरी म्हा मु हो ।

 मु ल्हान र तामाङहरुको मातृ देव वु इ ह्याली नाङसिरी म्हा मु एकै हुन !

फु हावको छोटकरी नाम फु ली (झी) हो । त्यसैले उनलाई फु ली भनिन्थ्यो । पछि उनलाई ‘फु हाव ली’ भन्ने गरिन्थ्यो । यो नाम राजा वु डिङसँग विवाह भए पछि फु हाव भनेर भनिन थालियो । फु हाव साच्चिकै राम्री पनि भएको, व्यवहार पनि राम्रो र काम पनि राम्रो भएकोले चिनियाँ भाषामा ‘हाव’ भनेको राम्रो भएकोले उनलाई सबैले फु हाव ली भन्न थाले । उनै फु हाव नै वु इ ह्याली नाङसिरी म्हा मुपछि प्रमुख रानी र त्यस बखतको (पाङ्गिया संस्कृती) अनुसार साङ्ग वंशहरुको कुलका पुजारी मातृसत्तात्मक समाजमा उनी नै पुजारी बन्न सफल भइन् । र पुजारी, देवदूत मानिने र देवतालाई चढाउने सम्पूर्ण भाकलहरु उनी मार्फत नै देवतालाई बुझाउने चलन अनुसार उनैलाई देवताको प्रतिक रुपमा पुजा गरिन्थ्यो र उनलाई जीवित देविको रुपमा मानिन्थ्यो ।

साङ्ग वंशमा वु डिङ भन्दा धेरै अघिका वंश देखि नै मान्दै आएका वंशानुगत चलन थियो साङ्ग प्रथा मूल म्ह्री (मुर्मी) प्रथा थियो । त्यसैले यो जातिको नाम नै साङ्ग भनिएको हो । यहि साङ्ग जातिको चलन तथा देवदूत (पितृ देव) प्रथा परम्परा अनुसार फु हाव नाङसिरी म्हा मु ‘फु हाव’ भएकी थिइन । यो चलन नेपालको आदिवासी जनजातिमा पनि छ । जस्तै नेपालको कुमारी (जिउँदो देवता) त्यस्तै अजिमाको पुजा र साथै तामाङहरुमा सिङ्दान, सिन्थान, सिङ्तान हृुइ (थर) भएका तामाङहरुले वु इ ह्याली नाङसिरी म्हा मु भनेर नै कुल पुजा गर्ने चलन छ ।

चीनको हेनान प्रान्तको आन्यान शहरको यिङ शु शहरमा ऊनै वु इ ह्याली नाङसिरी म्हा मुको चिहानमा नै पुजा गर्ने मन्दिर बनाइएको छ । जुन मन्दिर युनेस्कोको विश्व सम्पदा सूचीमा समेत सूचिकृत भएको छ । त्यो मन्दिरको नाम मु ल्हान भन्दछन् । फु हाव ली (वु इ ह्याली नाङसिरी म्हा मु) लाई ‘मु ल्हान’ पनि भनिन्थ्यो र त्यसैले त्यस मन्दिरको नाम ‘मु ल्हान’ नामाकरण गरिएको हो ।

नेपालमा रहेका आदिवासी जनजाति मध्ये नेवार जातिलाई तामाङहरुले आफ्नो भाषामा (बाइ) भनि सम्बोधन गर्दछन् भने त्यसै गरी नेवारहरुले तामाङ भन्नेको लागि ‘से’ भनि सम्बोधन गर्दछन् । यी दुबै जातिहरु चीनमा पाइएको पूरात्तात्विक मानव अवशेषका जीवाश्महरु वैज्ञानिक नाम पेकिङ्सिस, ल्यान्थीयानसीस आदि लगायत झाउकाउडियन मानव, नानजिङ्ग मानव, युनानमाओ मानव, वु सान मानवको जीवाश्मलाइ होमो ईरेक्टस प्रजाति सबै ‘सीनानथ्रोपस’ भन्दछन । त्यहि ‘सीनानथ्रोपस’ समूहको प्रजातिहरु बाट आएका मानवहरु करिव पोलिलिओथिक युगको नियोलिथिक (नव पाषाण युग) युगमा आएर त्यस प्रजातिका मानिसहरुलाई ‘से’ भन्ने ठाउँमा बसेकाले ‘से ट्राइव’ (जाति) कविला भनियो । तिनै ‘से’ बाट धेरै जाति, प्रजातिहरु कालान्तरमा बने ।

त्यस मध्ये साङ्ग जाति पनि एक हो । त्यही साङ्ग जातिका मानिस से, जोङ्ग, झिङ्ग, झि, यी, बाइ, डेङ, क्वन, हान आदि धेरै उप–जातिको रुपमा धेरै जाति आज जुन मंगोल (भाषागत रुपमा तिब्बत वर्मिज भाषा परिवार) भित्र पर्ने छन् । ती सबै एउटै वंश परम्पराको पालना गर्ने भित्रका जाति हुन् । त्यसैले नेवारहरुको पूर्खा पति ‘‘से साङ्ग’ नै हो र पछि छुट्टिएर ‘वाई’मा बसे पछि वाइ जाति भए ।

नेपालमा यहि स,े वाइ डेङ, नासी आदि जातिहरु मध्ये से, डेङ झ्वाङ्ग, दोङ्ग, नासी, दाइ आदिहरु नेपालका तामाङहरु हुन र वाइ अहिलेका नेवारहरु हुन् । अहिले पनि तामाङहरु नेवारलाई वाइ भन्ने आधार यही हो । नेवारहरु तामाङलाई ‘से’ भन्दछन् । प्राचिनकालिन ‘से’ जातिहरु र हाम्रो तामाङ र नेवारको पौराणिक वंश परम्परा ‘से’ जातिसँग जोडिन्छ भन्ने प्रमाणिात हुन्छ ।

बुढानिलकण्ठमा रशियन पुरातत्ववीदहरुको टोलीसँगको नेपाली पूरातत्ववीदहरुको संयुक्त टोलीले उत्खनन् गरेर प्राप्त गरेका कलात्मक ढुंगे हतियार चलाउने मानिस पेकिङसिस प्रजातिको मानिस मानिएको छ । यो ३२ हजार वर्ष पुरानो ढुंगे हतियार बोक्ने मानिस तामाङहरुको पुर्खा हुन भन्ने पूरातत्ववीद् आनातोलीले भनेका कुराले पनि सिनानथ्रोपस प्रजातिका ‘‘से’ हरु नै नेपालमा रहेका तामाङ, नेवार जाति हुन भन्ने थप पुष्टी हुन्छ ।

‘नेपालको तामाङ समाज’ भन्ने शिर्षकमा साप्ताहिक ‘समिक्षा’को वर्ष १९, अंक ११ शुक्रबार मार्च १७, १९७८ को अंकमा रसियन पूरातत्ववीद् आनातोली सेन्टेन्गोको अन्तर्वातालाई उद्धिृत गर्दै जनक लाल र्शमाले भनेका छन्– ‘नेपालमा बसोवास गर्ने सबभन्दा पुरानो जाति हामी तामाङ नै हौं भन्ने कुरालाई बुढानिलकण्ठ, धोवीखोला किनारमा पाइएको गोवि मरुभूमी प्रकृतिको ईसा पूर्व ३० हजार वर्ष पुरानो पेकिङसीस मानवले चलाएको भनिएको हतियार चलाउने तामाङहरुको पुर्खाले नै चलाएको हुनु पर्दछ भनि उल्लेख गरेकोले तामाङहरु नै नेपालको सबभन्दा पूरानो र पहिलो जाति हो भन्ने पुष्टि हुन्छ ।’ तिनै तामाङहरु नेपालमा ‘से’ अन्तर्गतको उप–जाति सङ्ग, साङ्ग, झि, झोङ्गहरु मध्येका नै हुन । उनका देवदूत, महिला पूजारी फु हाव नै नेपालको सिङ्दान, सिङ्तान, सिन्थानहरुले आफ्नो फोला (कुल देवता) पुजा गर्दा मान्ने पितृ देव (वु इ ह्याली नाङसिरी म्हा मु) नै हुन । तसर्थ फु हाव ली र वु इ ह्याली नाङसिरी म्हा मु भन्ने एकै हुन भन्ने मान्यता रहेको छ ।

तामाङको फोला (कुल देवता) पुजा गर्दा लोवोन, लाप्तापाले वु इ ह्याली नाङसिरी म्हा मु को मन्दिर वा निवासको कोदोको पिठो र चामल पकाई त्यसको मन्दिर, मूर्ति तोर्मोको आकृतीहरु बनाउनुको साथै निंगालोको अरु विभिन्न आकृतिहरु बनाई न्हाङखाला धिङ म्हेन्दो (टटेलाको फुल) ले सजाई भव्य रुपमा पुजा गर्ने चलन रहेको छ । मूल पितृ देवको नाम लिदा वु इ ह्याली नाङसिरी म्हा मु नै भनि पहिलो प्राथमिकताका साथ नाम लिई अरु पूर्खा (पितृ) हरुको नामहरु क्रमशः उच्चारण गरी पूजा गर्ने चलन रहेको छ । साङ्ग वंश ०९औं शताब्दीसम्म रहेको तथ्यहरु पनि प्राप्त भएका छन् ।

तामाङ, चाइनिज र तिब्बतियन भाषामा वु इ ह्याली नाङसिरी म्हा मुको अर्थ चाइनिजमाः

Fu Hao Li (Mu Lhan)

फु हाव ली (Zi) मु ल्हान

फु = नाम (फु) हाव= सुन्दरी, राम्रो

ली = थर ली (झी)

मु = आमा

ल्हान = माहान

तिब्बतीयनमा:

Ning Tzemu निङ सेमु ली (झी)

निङ = राम्रो, सुन्दर, असल

सेमु = कुमारी, महिला छोरी मान्छे

(झी) ली = थर (झी) ली

सुन्दरी झी (ली)

तामाङमा:

वु इ ह्याली नाङसिरी म्हा मु

वु इ ह्याली नाङसिरी म्हा मु = वु वंशको सुन्दरी, मूल, (माहान आमा)

वु इ = वु वंशको (ओडारको)

ह्याली = ह्याल ली = ह्याली

ह्याल = उज्यालो (उजेली)

ली = थर

नाङसाल ली को अपभ्रंश नाङसिरी (तिवेती, वर्मिेली भाषामा र “र ल” को उच्चारण त्यति फरक हुन्न) ।

नाङसाल = वत्ति, सुन्दरी

ली = ली थर

म्हा = महान, ठूलो, मूल, केन्द्र

मु = आमा

यसरी फु हाव ली (झी) मु ल्हान र वु इ ह्याली नाङसिरी म्हा मु को अर्थ एकै हुन आउछ । फु हाव ली र वु इ ह्याली नाङसिरी म्हा मु भन्नु एकै भएको र अन्य प्रमाणहरु पनि मेल खाएकोले फु हाव नै नेपाली तामाङहरुको (कुल देवदूत) मूल आमा, पितृ देव हुन् । वु वंशको सुन्दरी ली मूल मुख्य आमा भन्ने हुन्छ । त्यसैले फु हाव ली ‘वु इ ह्याली नाङसिरी म्हा मु अर्थात् मु ल्हान’ नै वु इ ह्याली नाङसिरी म्हा मु हुन भन्ने पुष्टी हुन आउँछ । तसर्थ चीनको ‘से’ साङ्ग वंश अन्तर्गतका मानिसहरु नेपाली तामाङ र नेवारहरुका पुर्खा हुन भन्न सकिन्छ । यस लेखका सन्दर्भ सामग्रीहरु फ्रि इनसाइकोपेडियाका विभिन्न लेख का लेखकहरुका लेखहरु र तामाङ इतिहासकारहरुका ताम्बाकाइतेन, जिक्तेन तामछोइ लगायत विभिन्न हृुइ (थर) का वंशावलीहरुबाट लिइएका हुन । सन्दर्भ व्यक्तिहरु नुवाकोट जिल्ला ल्हाच्याङका ऐतिहासिक छ्युर्की तथा फार्कि गुम्वाका लामा लाप्तापा, लावोनहरु र काभ्रे, धादिङ, ललितपुर, मकवानपुरका लामा लाप्तापाहरु र सिङ्दान, सिङ्तान, सिङ्थानहरुको ऐतिहासिक कुल पुजा गर्ने छ्योइ (पुस्तक) भित्रबाट लिएको हो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution