इजरायलमा कोरोनाले नेपालीहरुलाई परेको असरबारे अन्तरक्रिया कार्यक्रम हुदै

तेलअविव – बिश्वब्यापी महामारी कोरोना भाइरस (covid_19)ले प्रवासमा कार्यरत नेपालीहरुलाई ब्यापक नकारात्मक असर पारेकोले तथा जन्मभूमि नेपालमा दिनानुदिन महामारीको रुपमा फैलिएकोले अवस्थामा प्रवासमा कार्यरत नेपालीहरुले कसरी सकारात्मक रुपमा सचेतना ,समाधान तथा न्यूनीकरण गर्न सकिन्छ भन्ने सवालमा प्रवासी नेपाली एकता मंच इजरायलले जुम भर्चुअल अनलाइन अन्तरक्रिया कार्यक्रम आगामी सेप्टेम्बर १० तारिख गर्ने भएको छ ।
प्रवासमा रहेका राजनीतिक संगठन तथा सामाजिक संस्थाहरुको मातृभूमि प्रतिको भुमिका र सहयोग सम्बन्धित अन्तरक्रिया हुने मंचले जनाएको छ ।
अन्तरक्रिया संम्बाद कार्यक्रममा इजरायलमा क्रियासिल राजनीतिक संगठनहरु, सामाजिक संस्थाहरु, धार्मिक संस्थाहरु, क्षेत्रीय संस्थाहरु, जातीयसंस्थाहरुको सहभागी रहने जानकारी दिएको छ ।
इजरायलमा कार्यरत नेपाली दाजुभाई तथा दीदीबहिनीहरुलाई अनलाइन कार्यक्रममा सहभागीको लागि हार्दिक निमन्त्रणा गरेको छ ।