हेडलाईन

दिल्लीस्थित इजरायलको दुतावास नजिकै बम विस्फोट         शेर्पा संघ इजरायलले अनलाइन मार्फत ग्याल्पो ल्होसारको शुभकामना आदानप्रदान गर्ने         नेपाल र इजरायल बीच अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न         नेपाल–इजरायलबीच अस्थायी रोजगारी सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने         तामाङ समाज जापानले ल्होछारको अबसरमा तामाङ पहिरन फोटो प्रतियोगिता गर्दै         नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको अधिवेशन सम्पन्न,अध्यक्षमा श्याम मम्बा तामाङ चयन         नेपाल तामाङ घेदुङ कुर्दिस्तानको दोस्रो अधिवेशन हुदै         आजदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ खुल्यो         तामाङहरूको मौलिक कला तथा संस्कृति बिषयक भर्चुअल संवाद तथा अन्तरक्रिया कार्यक्रम हुदै         आदिवासी जनजाति साहित्यकार महासंघ गठन,संयोजकमा राजन मुकारुङ         घेदुङ इजरायलद्वारा तामाङ पुरूष भेषभुषा प्रतियोगितामा भाग लिन आव्हान         यसपाली माघ १ गते सार्वजनिक बिदा हुने         नेपाल आदिवासी जनजाति महासंघ कतारको अध्यक्षमा पुरुषोत्तम सुनुवार चयन         तामाङ घेदुङ इजरायलले जुमअनलाइन मार्फत सोनाम ल्होछार २८५७ को शुभकामना आदानप्रदान गर्ने         इजरायलमा माघ्या सकराटी पर्व जुम अनलाइन मार्फत शुभकामना आदानप्रदान सहित मनाउदै        

भ्रामक समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ – कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७३ भदौ २९ को निर्णयबाट प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः ४ वर्षका लागि नियुक्त गरेको भ्रामक समाचार तथा सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

बिहीबार घिसिङले विज्ञप्ति जारी गर्दै मेरो ४ वर्षे कार्यकाल सकिनै लाग्दा अर्को कार्यकालका लागि पुनर्नियुक्तिको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनलाई जोडेर बिगत केही दिनदेखि विभिन्न संचार माध्यम, सामाजिक संजाल र गलत एकाउन्ट खडा गरी सम्प्रेषण भइरहेका भ्रामक समाचार तथा सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

‘मेरो अर्को कार्यकालको पुनर्नियुक्तिका विषयलाई लिएर सम्मानीय प्रधानमन्त्री, माननीय ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री र मलाई जोडेर आधार तथा तथ्यहीन गलत सूचना तथा समाचार सम्प्रेषण नगरिदिनु हुन अनुरोध गर्दछु ।’ घिसिङले लेखेका छन् ।

नेपाल विद्युत प्राधिकरण नेपाल सरकारको पूर्ण स्वामित्वको संस्था भएकाले प्रधानमन्त्री नेतृत्वको सरकारको निर्देशन एवं मार्गदर्शन र नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन मार्फत यस अवधिमा केही उल्लेखनीय उपलब्धीहरु हासिल भएको उनको भनाई छ ।

लोडसेडिङको अन्त्य गरी उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिश्पर्धी संस्था बनाउन प्रधानमन्त्री र ऊर्जा मन्त्रीको निर्देशन एवं मार्गदर्शन, प्रशासनिक संयन्त्र, अहोरात्र खटिने कर्मचारीहरु र आम उपभोक्ताको निरन्तरको सहयोग र हौसला नपाएको भए एकजना व्यक्तिको प्रयासबाट मात्रै लोडसेडिङको अन्त्य, संस्थालाई मुनाफामा लैजाने लगायतका उपलब्धीहरु हासिल गर्न सम्भव नभएको कुलमानको भनाई छ।

सबै नेपालीको घरमा उज्यालो पुर्याउने, ऊर्जा खपत बढाउने, उपभोक्तालाई गुणस्तरीय, भरपर्दो तथा पर्याप्त विद्युत् उपलब्ध गराउने, प्राधिकरणभित्र सुशासन कायम गर्दै प्रभावकारी सेवा संचालन गर्न प्रणालीलाई स्वचालित र डिजिटलाईजेसन गर्ने, नेपालको पानी जनताको लगानी हरेक घर विद्युतको शेयरधनी कार्यक्रमको प्रभाकारी कार्यन्वयन गर्ने, ठूला जलविद्युत तथा प्रसारण लाईन आयोजनाहरुको निर्माण गर्ने लगायतका नेपाल सरकारका निती तथा कार्यक्रमको कार्यान्वयन गर्न प्राधिकरण निरन्तर क्रियाशील रहेको समेत जानकारी गराउँदछु । घिसिङद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।






Related Posts

शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution